Friday 13th March 2026

नेदरल्याण्डसमाथि नेपालको शानदार जित


नेपालले नेदरल्याण्डसमाथि शानदार जित हासिल गरेको छ । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा नेपाल ले शनिबार टियु मैदानमा सम्पन्न खेलमा नेपालले नेदरल्याण्डसलाई ६ विकेटले पराजित गरेको हो । नेदरल्याण्डसले दिएको १२१ रनको लक्ष्य पछाएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपालका लागि लागि कप्तान रोहित पौडेलले ४६ रन बनाए भने गुलशन झाले ३८ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तलेले १२ र आसिफ सेखले ८ रन बनाएका थिए । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले १९.३ ओभरमा अल आउट हुदै १२० रन बनाएको थियो ।

नेदरल्याण्डसका लागि म्याक्स ओ दाउदले सर्बाधिक ३१ रन बनाए भने टिम भान डेर मार्वेले २४ रन बनाएका थिए । त्यस्तै रोएलोफ भान डेर मार्वेले २३ तथा कप्तान स्कट एडवार्डसले १८ रन बनाएका थिए ।


सम्बन्धित शीर्षकहरु

पाल्पा । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले युवा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ सक्रिय भएका…

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

प्रतिकृयाहरू
...