Monday 6th May 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : एक सय उन्नाइस भाग (११९)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८०/११/१४
………………………………….
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : हजुरको चाहना अनुसार मिल्दो ।
दोहोरिने अन्तिम शब्द :- आफू खुसी ।
अक्षर संख्या :- ५ देखि २५ सम्म ।
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
आज प्रजातन्त्र दिवसको अवसरमा पञ्चाङ्ग राख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १

मुखले बोल्दैनन् व्यवहारले होच्याउँछन् साथीहरू
ह्याकुलामा कुहिनाले ताकेर घोच्याउँछन् साथीहरू
बुझेर पनि बुझ पचाउनु ठीक लाग्छ बोल्नु भन्दा
विष त शब्दको सहायताले कोच्याउँछन् साथीहरू
नाटकीय हुन् व्यवहार चिप्ला खोच्याउँछन् साथीहरू ।

सविता के.सी.

पञ्चाङ्ग २
साथ सहयोग जोड्न पाए खुसी
नराम्रो बानी त छोड्न पाए खुसी
कुविचार कुसत्कार हटाउनु
नराम्रो त्यो बाटो मोड्न पाए खुसी
कुभलोको साथ तोड्न पाए खुसी ।
: श्री कृष्ण धामी – सुदूरपश्चिम -–बझाङ

पञ्चाङ्ग ३

छैन मन थीरमा के गरुँ
आजकल पीरमा के गरुँ
उपाय भई दिए पाउन
चिलाउँछ शीरमा के गरुँ
अड्केकोछु भीरमा के गरुँ?

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा-३,काभ्रे

पञ्चाङ्ग ४

फैलियो आई एन जि ओ देश धेरै बिमार भयो
सहकारी ठेकेदार यो देशको सरकार भयो
गाउँमा हिंड्दै छन् ठेकेदार धर्म परिवर्तनका
किन सधै हाम्रो देशका व्यवस्था नै लाचार हुन्छ
बिडम्बना नागरिकतामा समेत व्यापार भयो ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पञ्चाङ्ग ५
समिपमा बर कस्तो
चुहिने त्यो घर कस्तो
आखिरमा बुझ्नु छैन
वर अनि पर कस्तो
आर्तलाई डर कस्तो ।

– आर्त अजुलीन

पञ्चाङ्ग ६

म मरेपछि स्वर्गमा भेट्नेछु त्यहीँ गएर
मनको कुरा र प्यास मेट्नेछु त्यहीँ गएर
मरेको दिन पक्कै होला रुवाबासी घरमा
धर्तीमा अन्तिम खुट्टा टेक्नेछु त्यहीँ गएर
चिताको बाटो स्वर्गमा लेट्नेछु त्यहीँ गएर ।

सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।

पञ्चाङ्ग ७

साधनाभित्र पौडेर हराऊँ म सधैँ यता
आफ्नै यो मनमा गैह्री कराऊँ म सधैँ यता!
जो गर्छन् बाहिरी हल्ला विनाचासो हुने हऊँ
कलामा जिन्दगी रम्ने गराऊँ म सधैँ यता
रन्का सम्पूर्णसौन्दर्य भराऊँ म सधैँ यता!!

कलानिधि दाहाल

पञ्चाङ्ग ८

बात भएको धेरै भयो
दिन र रात मेरै भयो
मस्त निन्द्रा कसैको याद
जुनेली रात खेरै भयो
नआए जित तेरै भयो ।।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ९

उहिलेको कुरा खुइले भन्दै पुरानो रीति छोडिँदै गयो
आफ्नो मौलिकता मारेर अर्काको संस्कार पो गोडिँदै गयो
मुल्य मान्यता जताततै भत्काए मात्रै थिति दिन सकेनन्
भ्रष्टलाई गाली गर्दै समाज भ्रष्टाचारमै जोडिँदै गयो
टल्केको नया देखेपछि आँखा पनि त्यतै नै मोडिँदै गयो ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग १०

अनुसाशीत डर राम्रो
सितल दिने वर राम्रो
बाँचुन्जेलको लागि त हो ,
घाम पानीमा घर राम्रो
दही दूधमा तर राम्रो ।

दुर्गा भट्टराई
मोरङ

पञ्चाङ्ग ११

पिरमा उनेको झै जिन्दगी भयो के गरुँ
झूठा माया लाएर ऊ पर गयो के गरुँ
बुनेको थिए अनेकौं सपनाहरु मैले
आज सबै सपना हावाले लयो के गरुँ
उद्यो न उभो को जिन्दगी छ यो के गरुँ ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग १२

भ्रष्टाचार घटाउने भनेर कुर्लंदै कुरा गर्यौ किन
चाप्लुसी सारा गरेर आफ्नो मात्र भुँडी भर्यौ किन
नि:स्वार्थको बाटो हिडेनौ कहिल्यै,उत्तर देऊ अहिल्यै
विदेशी सामू घुँडा टेकी ज्यूहजुरीमा पछि सर्यौ किन
यता फेरि लाजै नमानी उल्टोसुल्टो भ्रम नै छर्यौ किन ?

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग १३

किन अतालिन्छ मन आज
सिथिलता छायो तन आज
जीवनको उकालो ओरालो
गाह्राे लाग्यो किन झन आज
हरियो छैन खै बन आज ।

शोभा आचार्य गौतम
काठमाडौँ

पञ्चाङ्ग १४

अझैसम्म नाडी चलेकै छ मेरो
खै तालुमा आलु फलेकै छ मेरो
भाग्यको सिकन्दर हुँ म पनि त
जताततै आगो बलेकै छ मेरो
चाकरीमा खुट्टा मलेकै छ मेरो ।

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग १५

जहाँ बस्यो त्यहीँ ठाउँको माया लाग्ने
झनै पखेराको नाउँको माया लाग्ने
बा-आमा अनि त्यो गाँउठाउँ भन्नु नै
झुक्याउने बोली हाउँको माया लाग्ने
अलि टाढा पुग्यो गाउँको माया लाग्ने ।

अच्युत घिमिरे, सर्पाङ, भुटान

पञ्चाङ्ग १६

पञ्चायती प्रजातन्त्र फलेर गयो
बहुदल प्रजातन्त्र गलेर गयो
व्यवस्था ठुलो होइन आचरण है
गणतन्त्र अहंकार सरेर गयो
सबै व्यवस्थाले भ्रष्ट भरेर गयो ।

प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।

पञ्चाङ्ग १७

सधैँ कल्पनामा हराउँछु म
उसैलाई मन पराउँछु म
चहान्छु दुई मुटु एक बन्न
फेरी कुरा भन्न डराउँछु म
सम्झनामै अश्रु भराउँछु म ।

सिमा कार्की “समर्पण”
हाल काठमाडौँ ।

पञ्चाङ्ग १८

यो कस्तो अभ्यास हो प्रजातन्त्र भन्ने
विकास छैन कस्तो हो जादुमन्त्र भन्ने
प्रजातन्त्रको अनुभूति छैन यहाँ किन
शासन विरुद्ध हुन्छ षड्यन्त्र भन्ने
देश चल्ने प्रभु दिनुहोस् जन्त्र भन्ने ।

कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी

पञ्चाङ्ग १९
समिपमा छैन चौतारीको वर हजुर
न्यास्रो लाग्छ किन हो ऊविना घर हजुर
गाउँ गाउँमा हिड्दै छन् ठेकेदार दलाल
फकाई फसाई जानु पर्ने कर हजुर
उन्मातको जोस्मा हुन्न रैछ डर हजुर ।

टिकाराम पुन पुकार
छत्रेश्वरी गाउँपालिका २
सल्यान

पञ्चाङ्ग २०
हिजोआज सम्बन्ध गाँस्छन् चित्र हेरेर
पछुतोमा दु:खी हुन्छन् चरित्र हेरेर
रूप भन्दा बानी हेर्ने नजर बदलौँ
दिगो बन्छ नाता असल मित्र हेरेर
विरक्त लाग्छ संसार विचित्र हेरेर ।
संगीता खरेल
चन्द्रागिरी ८ काठमाडौँ


सम्बन्धित शीर्षकहरु

एजेन्सि- इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच इजिप्टमा भएको वार्ता निष्कर्षविहीन भएको छ । वार्ता निष्कर्षविहीन हुनुको दोष इजरायली प्रधानमन्त्री…

ब्राजिलको दक्षिणी भेगमा भारी वर्षापछि आएको बाढीमा परेर ७५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । बाढीमा परेर १०३ जना अझै…

सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उप्न्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष…

प्रतिकृयाहरू
...