Friday 3rd May 2024

साप्ताहिक पञ्चाङ्ग, भाग – त्रियासी (८३)


“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: त्रियासीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-८३

विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८०/११/०७
बुधबार बेलुका ९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल

………………………
भाषा शुद्धीकरण:-
———–
पुष्पा सुवेदी नेपाल
भवानी घिमिरे
जमुना आचार्य
पशपती राई

सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य

संयोजक:-
=====
सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य

पञ्चाङ्ग:०१

कसम नि खाएकाे छ देशमा।
स्वतन्त्रता पाएकाे छ देशमा।
भ्रष्टाचारीहरू भए तापनि
प्रजातन्त्र आएकाे छ देशमा।
खुशीयाली छाएकाे छ देशमा।

(प्रजातन्त्र दिवसकाे शुभकामना 🙏🙏🙏)
✍️सुशीला पाैडेल

पञ्चाङ्ग:०२

अन्यायमा परे भान्नू पर्छ ।
नियम कानुन मान्नु पर्छ ।
प्रजातन्त्रलाई सम्मान छ ,
मत प्रयोगले छान्नु पर्छ ।
असल खराब जान्नु पर्छ ।

✍️धनमाया चौधरी, कैलाली ।

पञ्चाङ्ग ०३

हल्ला मात्रै गरेको छ प्रजातन्त्र आफ्नै भुँडी भर्न ठिक्क
जसरी पनि खान पाउनु पर्यो जता पनि सर्न ठिक्क
यो लाचार प्रजातन्त्र रैतीबाट जनता बन्ने कहिले
मान्छे पनि हुन सकेन बरु पशु भएर चर्न ठिक्क
उकालो चढ्दा त अचम्मै सास बढ्ने ओरालै झर्न ठिक्क।

✍️पशपती राई, खोटाङ ।

पञ्चाङ्ग :०४

मातृभूमिको टीका लगाएर सबै जना।
हो एकताको शक्ति जगाएर सबै जना।
लडे शहिदहरू क्रुर राणाहरूसँग,
हो रगतकै बलि बगाएर सबै जना।
हर्षित प्रजातन्त्र मगाएर सबै जना ।

✍️सिमा कार्की, समर्पण ।

पञ्चाङ्ग:०५

प्रजातन्त्र देशमा आएकै हो
ल्याउन नि जनता धाएकै हो
तरअहिले देश कता गयो
जनताले त दुःख पाएकै हो
अनगिन्ती स्वार्थले खाएकै हो।

✍️शोभा आचार्य गौतम, काठमाडौँ ।

पञ्चाङ्ग:०६

अन्याय परेकालाई तान्ने गरौँ ।
ती सद्भाव कार्य गर्न जान्ने गरौँ।
प्रजातन्त्रलाई एकताबद्ध हौँ ,
न्याय निसाफ के कस्तो छान्ने गरौँ।
देशको कानुनलाई मान्ने गरौँ।

✍️बेदु न्यौपाने ✍️🇳🇵

पञ्चाङ्ग ०७

नेपाल आमा रोइ रहेकी छन् आँसु लुट्नुपर्छ आजैदेखि ,
हिमाल,पहाड अनि तराई सबै जुट्नुपर्छ आजैदेखि ,
धेरै मिचिदैछन् सिमाहरु पूर्व पश्चिम तल माथि किन?
कुविचार भएकाहरु राज्य बाट छुट्नुपर्छ आजैदेखि,
अब भ्रष्टाचार गर्नेहरुको मन टुट्नुपर्छ आजैदेखि ।

✍️दुर्गा आचार्य, मोरङ ।

पञ्चाङ्ग ०८

कहाँ छ स्वतन्त्र कस्तोलाई भनुँ प्रजातन्त्र
नारा र जुलुस सस्तोलाई भनुँ प्रजातन्त्र
प्रजातन्त्र त आयो यिनै नेताहरूलाई नै
अधिकार छैन त्यस्तोलाई भनुँ प्रजातन्त्र
अस्ताउने नेता अस्तोलाई भनुँ प्रजातन्त्र।

✍️सन्ध्या गौतम , काठमाडौं ।

पञ्चाङ्ग ०९

गौ मातालाई सेवा गर्नु धर्म हो हाम्रो
दानापानी सबैले भर्नु धर्म हो हाम्रो
गाईबाट हामीले धेरै कुरा पाउछौँ
गौमुत्र चोखो मानी छर्नु धर्म हो हाम्रो
संस्कृति जोगाउन मर्नु धर्म हो हाम्रो ।

✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”

पञ्चाङ्ग १०
०१)
चोखो माया गर्छु भनी ढाटेर गयौ
आजफेरि अन्त माया साटेर गयौ
मेरो मनमा तिमीले राजगर्यो नी
हृदयलाई तिमीले काटेर गयौ
मेरो चोखो मायाले हो बाटेर गयौ ।
०२)
फूलसँग सम्बन्ध गाँस्न,मन छ
दुः‌ख पीडा लुकाई हाँस्न,मन छ
कुरा काट्न सुरु गर्दछन‌् दुनियाँ
म आफ्नै ईच्छाहरू नास्न मन छ
दिलमा‌‌ तिम्रो चित्र टाँस्न,मन छ ।

✍️सुस्मा मगर, रोल्पा ।

पञ्चाङ्ग ११

लालीगुराँस बनैभरी रातै फुल्यो हेर
यता रातै‌ उता रातै मन नै भुल्यो हेर
बसन्त ऋतुमा त्यो प्रकृतिको बहारले
पहाडै फुलेतिर दृष्टिकोण खुल्यो हेर
वर्षौँदेखि फुलिरहँदा मनै झुल्यो हेर ।

✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹 ।

पञ्चाङ्ग १२

मीठोनमीठाे जस्ताे भएनी बाँच्नलाई हाे खानै पर्छ
मरेपछि शरीर बाँधेर आर्यघाटमा लानै पर्छ
असमानताका नजरले फरक देखेपछि पनि,
धनी गरीब सबै आखिर खाडलमै हाे जान्नै पर्छ
जिन्दगी नि त एउटा सपना पाे रहेछ ठान्नै पर्छ ।

✍️सूर्य गिरी, पाेखरा ।
Somnath


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...