Friday 3rd May 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : एक सय सोह्र भाग (११६)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८०/१०/२२
………………………………..
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : काममा, खाममा, गाममा, घाममा, ठाममा, दाममा, धाममा, नाममा, राममा, तामझाममा आदि मिल्दो ।
दोहोरिने अन्तिम शब्द :- आफू खुसी ।
अक्षर संख्या :- ५ देखि २५ सम्म ।
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
पञ्चाङ्ग १
(स्रग्विणी छन्द)
जोत्न झन् यो हलो काममा चाहिने
सिन्दुरे रङ्ग यो धाममा चाहिने
फूलको पत्रले लोभमा रङ्गियो
बाँच्नु नै धर्म हो नाममा चाहिने
जिन्दगी कर्म हो दाममा चाहिने ।

सविता के.सी.

पञ्चाङ्ग २

म अहिले गरिखाने काममा छु
चिठी लेखेर पठाउने खाममा छु
समय र परिस्थिति आएपछि
परिचय पाँउनु अघि नाममा छु
काम गरेपछि लिने दाममा छु !

श्री कृष्ण धामी
सुन्दर सुदूरपश्चिम बझाङ

पञ्चाङ्ग ३

घर गाममा रहेछ तिम्रो
नाम खाममा रहेछ तिम्रो
बल्ल राम्रोसँग चिने मैले
मन काममा रहेछ तिम्रो
ध्यान राममा रहेछ तिम्रो ।

सूर्य गिरी,पोखरा

पञ्चाङ्ग ४

हाम्रो सस्कार अनौठाको काममा चलेको छ
बिना विधिले कर्मकाण्ड दाममा चलेको छ
श्रोतले भरिपुर्ण हाम्रो देशमा बेहाल छ
किसान त पसिना काढि घाममा चलेको छ
मूल्य उसको पेट पाल्ने नाममा चलेको छ ।

गणेश पौडेल
कालिका ६ चितवन ।

पञ्चाङ्ग ५

बिर्सियो भनी नसोच्नु काममा छु
तिम्रो शहर नजिकै गाममा छु
परिश्रम गरेको छु तिम्रै लागि
चालीस डिग्री तापको घाममा छु
घाम नमानेर तिम्रो नाममा छु ।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ६

हिजोआज आफ्नै गाममा छु म त
इष्ट मित्र भेट्ने काममा छु म त
कोही देखिदैनन् युवाहरू यहाँ
आफै जन्मिएको ठाममा छु म त
स्वर्ग जस्तो प्यारो धाममा छु म त ।

घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग ७

किसानको छोरो नेता भयो बुढा बाउ भने काममा देखिन्छ
भ्रष्टाचार अघिअघि गुड्या छ विकास भने जाममा देखिन्छ
आदर्श नैतिकता र शिष्टाचार भन्ने कुरा बिर्स्यो समाजले
कस्तो जमाना आयो आजभोलि मर्यादा पनि खाममा देखिन्छ
खामभित्र बिटो -बिटो पारेको रुपैयाँ पैसा दाममा देखिन्छ ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग ८

नबोलाउनु है काममा छु म
अहिले त नयाँ ठाममा छु म
छोरी माइती बस्न नपाईने
के हुन्थ्यो र छिटो जाममा छु म
चिसो बढेकोले घाममा छु म ।

ऊ त्यो जाममा छ हेर
चिट्ठी खाममा छ हेर
दुखीको जिवन न हो
घर गाममा छ हेर
मन धाममा छ हेर ।

दुर्गा भट्टराई

पञ्चाङ्ग ९

बस्न छाडे गाममा मान्छे के भन्नु
पुगे राम्रै ठाममा मान्छे के भन्नु
गाउँ छोडेर शहर गए पाछि
परेनन् नि जाममा मान्छे के भन्नु
गएनन् नि काममा मान्छे के भन्नु ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग १०

हुलाकीले खवर दिन्थे नाममा हेरेर
कस्को र किन चिठ्ठी आयो खाममा हरेर
प्रबिधिले सुबिधा दियो सम्बन्ध खोसियो
किन्न सबै पाउँछ भन्छन् दाममा हेरेर
समय हेर्थे हजुरबा घाममा हेरेर ।

संगीता खरेल
चन्द्रागिरी ८ काठमाडौँ

पञ्चाङ्ग ११

मधुर घाममा र्याल चुहायौ किन
अर्कैको नाममा र्याल चुहायौ किन
आफ्नै अस्तित्व राख्न सक्दैनौ र लोभी
अकुत दाममा र्याल चुहायौ किन
बेतुक काममा र्याल चुहायौ किन ?

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग १२

गर्नुसम्म दु:ख गरेर के हुँदो रहेछ र
दुनियाँको भर परेर के हुँदो रहेछ र
बाँचुन्जेल खुवसँग गोजी मात्रै भर्न खोज्यौ
खोइ गोजी टन्न भरेर के हुँदो रहेछ र
कमाउने सबै मरेर के हुँदो रहेछ र ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङ्कृत”
पनौती न.पा.-३,काभ्रे

पञ्चाङ्ग १३

यो देश नै देशभक्तको नाममा हुनुपर्छ
सबै युवा आफ्नै देशको काममा हुनुपर्छ
किर्षि प्रधान देश हो आत्मा निर्भर गराऊँ
चाहिने अन्न जतिको गोदाममा हुनुपर्छ
आपसमा प्रेमको पत्र खाममा हुनुपर्छ ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पञ्चाङ्ग १४

मैले अन्तिम सत्य रामको नाममा देख्छु
त्यस्तै प्रेमपत्र, पैसा भित्र खाममा देख्छु
सत्य सत्यनै लुकाउन सकिन्न कहिले
जता गएपनि भर सबै दाममा देख्छु
भेटी धेरै चढेको अयोध्या धाममा देख्छु ।
नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग १५

सुनौलो बिहानी घाममा रहेछ
मान्छेको चिनारी काममा रहेछ
मेरो राष्ट्रियता मेरो पहिचान
वीर गोर्खालीको नाममा रहेछ
लेक बेसी अनि गाममा रहेछ ।

– आर्त अकुलीन

पञ्चाङ्ग १६

अलपत्र भएको थियो चिट्ठी खाम नभएर
सायद पाउनेको पनि सहि नाम नभएर
नितान्त विडम्बना भन्नुपर्छ भनैपर्दा साथी
पानी परि ओसिएर च्यातियो घाम नभएर
सुरक्षाको हिसाब गर्न नि लगाम नभएर ।

#पृथक प्रकृति,झापा

पञ्चाङ्ग १७

शोषकले हेरत काममा पेल्ने भयो
यसैगरी ठामको ठाममा पेल्ने भयो
पीडा र दु:खका दिन कैले अन्त हुन्छ
कहिलेकाहीँ आफ्नै नाममा पेल्ने भयो
पैसा छैन भनेर दाममा पेल्ने भयो ।

सोमनाथ लुइटेल “रवि पाल्पाली”

पञ्चाङ्ग १८

प्रिया आउँदैछु म तिम्रो गाममा
तिमीलाई लिएर जाने नाममा
हाम्रो मायाका बिरोधिबाट बचाइ
अनन्त अनन्त प्रेमील ठाममा
चोखो मायाको ट्राफिक जाममा ।

प्रदीप के रिमाल

पञ्चाङ्ग १९
१//
कति मान्छे त व्यस्त भई काममा फसेँ
कति त मात्र दुई छाक माममा फसेँ
कति स्वार्थ छ यो संस्कारको चरित्र
कति निर्दोष चाहिँ यहाँ दाममा फसेँ
कति त आश देखाउने नाममा फसेँ ।
२//
कति मानिसहरू न्यानो घाममा बसे
कति चाहिँ नि प्यारो आफ्नै गाममा बसे
जति बस्यो अझै बसौँ लाग्ने घरगाउँ
कति ले चाहिँ आफ्नो आफ्नै ठाममा बसे
कति ले चाहिँ हाँसीखुसी धाममा बसे ।

अच्युत घिमिरे, सर्पाङ, भुटान

पञ्चाङ्ग २०

हात्तीवनको गाममा छु
मेडिसिटिको ठाममा छु
रातो रगत कालो पारी
सफाई गर्ने काममा छु
पीचको यात्रा जाममा छु ।

सीमा कार्की समर्पण
पर्सा

पञ्चाङ्ग २१

सधैँ आफ्नो काममा रहनु पर्दछ
पत्रहरू सधैँ खाममा रहनु पर्दछ
उपकार गर्न सधैं अभिप्रेरित रहौँ
गरेर सुकर्म नै नाममा रहनु पर्दछ
अन्तरात्मापनि राममा रहनु पर्दछ ।

कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी

पञ्चाङ्ग २२

तिम्रो घर शहरको बजारमा मेरो गाममा सानी
मसित जान्छौभने जिन्दगी राख्छु तिम्रै नाममा सानी
जिन्दगीमा पीडा र दुखका दिन मिलेर अन्त्य हुन्छन्
तिम्रो मेरो सुकर्म छ, घर बनाउँला ठाममा सानी
धन नै ठूलो हैन, हामी मिले पर्दैन जाममा सानी ।

टिकाराम पुन पुकार
सल्यान
छत्रेश्वरी गाउँपालिका २

पञ्चाङ्ग २३

आज जाँदै छु म परदेशको काम्मा आयो भने आमा
कैयौँ साथीहरु मरे खारीको घाम्मा आयो भने आमा
सुनौला सपना मनमा बोकेर म परदेश जाँदै छु
मेरो दुःखको खबर तिम्रो नाम्मा आयो भने आमा
कतै धागोले बाँधेर चिठी खाम्मा आयो भने आमा ।

Manoj Rana बन्गाड कुपिण्डे नगर पालिका ३ सल्यान

पञ्चाङ्ग २४

मेरो नामको पहिलो अक्षर हेरेर जाऊ
साचो मनले खुसिको सांस फेरेर जाऊ
सकेसम्म चाँडै फर्की आए हुन्थ्यो बरु
मेरो नाम पछी त्यो तिम्रो थर केरेर जाऊ
जानुभन्दा पहिले मेरो हालत सेरेर जाऊ ।

नाम सुष्मा मगर रोल्पा
Sabita
Sabita Khatri


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...