Friday 3rd May 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : एक सय सत्र भाग (११७)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८०/१०/२८
………………………………..
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : हजुरको चाहना अनुसार मिल्दो ।
दोहोरिने अन्तिम शब्द :- आफू खुसी ।
अक्षर संख्या :- ५ देखि २५ सम्म ।
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
पञ्चाङ्ग १

टालाटुली बटुलेर मन सिएर नहुने रहेछ
भोकाएको पेटलाई पानी पिएर नहुने रहेछ
जिन्दगी बाँच्न साथ सहयोग र सहानुभूति देऊ
आफू नाङ्गै हुने गरी दान दिएर नहुने रहेछ
आफन्तले छाडी गए एक्लै जिएर नहुने रहेछ ।

सविता के.सी.

पञ्चाङ्ग २

यो मन सधैँ भगवानको नाममा हुनुपर्छ
भौतिक ज्ञान मात्र नभइ राममा हुनुपर्छ
मनुष्य चोला पाएर यस धरामा आए पछि
भर्सक मुखमा राम हात काममा हुनुपर्छ
जलथल हैन कृष्ण चार धाममा हुनुपर्छ ।

सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग ३

एकपटक पाएको जीवन अमूल्य छ जान तिमी
त्यसैले केही त नूतन कर्म गर्नु पर्छ मान तिमी
मात्र मोज मस्तीमा रमाएर हुन्न हेर! जीवनमा
विगतका पुर्खाको जोगाउनु पर्छ पक्कै सान तिमी
जति थुपार द्रव्व मृत्युपछि सक्ने छैनौ लान तिमी ।

तेजप्रसाद खनाल लमही दाङ।

पञ्चाङ्ग ४

नगर्नेका धेरै थरी कुरा हुन सक्छन्
गर्यो भने सबै काम पूरा हुन सक्छन्
हुँदैन उद्देश्यका माला बुनेर मात्र
तिनै बचन कहिले छुरा हुन सक्छन्
देखेका सपना नी अधुरा हुन सक्छन् ।

सूर्य गिरी – पोखरा

पञ्चाङ्ग ५

परदेशमा बस्ने दाजुभाइको घर छैन
सबैसँग बोल्नुपर्छ भन्ने कुनै कर छैन
साथ दिन्छु भनेर फेरी सम्बन्ध तोडे पछि,
सम्बन्ध तोड्नेको विश्रास अनि भर छैन
विना गल्तीमा यसै कसैको पनि डर छैन !

: श्रीकृष्ण धामी – सुदूरपश्चिम -–बझाङ

पञ्चाङ्ग ६

स्वस्थानी माताको ध्यान गर्नु छ
यो सञ्जालबाट पारी तर्नु छ
मातालाई छल्न कस्ले सक्छ र
तिनै भवानीको आड सर्नु छ
अन्त्यमा शरण उन्कै पर्नु छ ।

घनश्याम पौडेल,पोखरा

पञ्चाङ्ग ७
यो फूलबारीमा माली छ
दिल भित्र ठाउँ खाली छ
बुझ्नै नसकिने यो मन
भिनाजुको साली काली छ
सालीको भिनाजु जाली छ ।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ८

जस्को क्षमताले जति भ्याउँछ उति सोच्ने रैछन्
हतियारले भन्दा पनि बचनले घोच्ने रैछन्
जन्म खालि जानुछ रित्तै सबै लान्छु जस्तो किन
मनमा अंहकारको भावाना कति कोच्ने रैछन्
सामन्तीले निमुखालाई पाइलै दबोच्ने रैछन् ।

संगीता खरेल
चन्द्रागिरी ८ काठमाडौं

पञ्चाङ्ग ९

मुखै सिपालु भयो हातले बुन्ने त जमाना गएछ हजुर
अचेल बोल्छन् मात्रै सबैले सुन्ने त जमाना गएछ हजुर
बल्लतल्ल एक कानले सुनेको पनि अर्कोले उडाइदिन्छ
हल्लैहल्लाले मनमा कुरा गुन्ने त जमाना गएछ हजुर
आफैं सर्वेसर्वा अरुलाई चुन्ने त जमाना गएछ हजुर ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग १०

असत् कर्म गर्नेहरू गरिरहे सधैँभरि
न्याय धर्म गर्नेहरू मरिरहे सधैँभरि
जसरी नि आफ्नो मात्र दुनो सोझ्याउनु छ
पालो पर्म गर्नेहरू सरिरहे सधैँभरि
छोडी सर्म गर्नेहरू झरिरहे सधैँभरि ।

चन्द्रावती अधिकारी

पञ्चाङ्ग ११

न भरी न छ खाली,बिर्सन पर्ने कस्तो बाध्यता
आफ्नो यो मन टाली बिर्सन पर्ने कस्तो बाध्यता
सकिएन भने भन्न , यो मन हुनेछ खनन्न
आफ्नो पुर्खौली बाली बिर्सन पर्ने कस्तो बाध्यता
आफन्तको त्यो गाली, बिर्सन पर्ने कस्तो बाध्यता ?

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग १२

अन्धकार भित्र सधैँ बसनु भएन साथी
हामि नलडेर अँध्यारो पनि गएन साथी
महंगी र भ्रष्टाचारले भरिएको समाज
यो मेर मनले त कत्तिपनि सएन साथी
आज मानभित्र मानवता नै रएन सथी ।

सुरेशकुमार पाण्डे
दाङ घोराही १८

पञ्चाङ्ग १३
मन सिएर कति बाँच्ने
आँसु पिएर कति बाँच्ने
आफ्नो मान्छे नभएपछि
दु:ख दिएर कति बाँच्ने
ऋण लिएर कति बाँच्ने ।

पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा-३,काभ्रे

पञ्चाङ्ग १४

तिमी त फेरियौ त्यो मन फेरियो
एकाएक कसरी धन फेरियो
यो समय पनि कति निष्ठुरी छ
वनको हरियाली पन फेरियो
समय फेरियो जीवन फेरियो ।

– आर्त अकुलीन

पञ्चाङ्ग १५

कसैले परिचय गरौँ भन्दा गरेँ मैले पनि
यो मनमा जिज्ञासा एकदम भरेँ मैले पनि
सफरमा सँगै भएको हुनाले साथ मागेर
गन्तव्य पुग्नुपर्ने थियो खोला तरेँ मैले पनि
एउटा आई लागेको झन्झट हरेँ मैले पनि ।

#पृथक प्रकृति ,झापा

पञ्चाङ्ग १६

कहिले लाग्छ यो जिन्दगी अपार छ
केही गर्न सकेमा आफैंमा सार छ
नाटक रुपी यो जीवनलाई हेर्दा
लाग्छ लीएर हिड्न यो गह्रौ भार छ
कहिलेकाहीँ जीत त धेरै हार छ ।

शोभा आचार्य गौतम
काठमाडौँ

पञ्चङ्ग १७

मनको कुरा खोल्ने एउटा साथी हुन्छ
हृदय भित्री बोल्ने एउटा साथी हुन्छ
मैले भने आफ्नो कुरा मन परेन कि
मायाले दिल मोल्ने एउटा साथी हुन्छ
मुटुलाई नै घोल्ने एउटा साथी हुन्छ ।

सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा

समपञ्चाङ्ग १८
१//
कहिलेकाहीँ यो जिन्दगीले हँसाउने गर्छ
कहिले चाहिँ गम्भीर गरि फसाउने गर्छ
यतिमात्रै कहाँ हो र यहाँ, जोरी खोज्छ धेरै
कहिलेकाहीँ त यतिकैमा खसाउने गर्छ
कहिले चाहिँ ठाउँको ठाउँ बसाउने गर्छ ।
२//
भावनाको कुम्लो कुम्लयाई कसाउने गर्छ
जहिले तहिले मायाले नै ‌ रसाउने गर्छ
बुझ्न पनि कति गाह्रो यो जिन्दगीको चाहाना
कहिले दिलको ढोका भित्र पसाउने गर्छ
मनपरेको मान्छे दिलमै टसाउने गर्छ ।

अच्युत घिमिरे, सर्पाङ, भुटान
पञ्चाङ्ग १९

भन्छ मलाई माया गर्ने काली हुनुपर्छ
रङ्ग कालो भएनी मन खाली हुनुपर्छ
छाप्रो भएनी महल बनाउँला मिलेर
दुबैले खाने एउटै त्यो थाली हुनुपर्छ
जहिल्यै भन्ने गर्छ तिमी माली हुनुपर्छ ।

सिमा कार्की समर्पण
पर्सा

पञ्चाङ्ग २०

अनियन्त्रित मन यता उता हराउँछ हाम्रो
प्रभु कृपा भए असत कर्म हटाउँछ हाम्रो
मिठो वचनले सबैको मन द्रवित गर्ने गरौँ
मन पवित्र भए अङ्गपनि रमाउँछ हाम्रो
प्रभु कृपाले आत्मालाईनै बचाउँछ हाम्रो ।

कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी

पञ्चाङ्ग २१

मबाट टाढा भएर नि आँखा जुधाई सहवास गुमायौ
मेरै साथ हुँदा नयन बाउँटिएर घरवास गुमायौ
न रह्यो ॠतु न रह्यो यौवन हर पल पालुवा झैं फेर्दा
दोष तिम्रो पनि मेरो पनि थिए नि, क्षणमै मधुमास गुमायौ
बदन दुबैको, अरे यार पुकारबाट बिस्वास गुमायौ ।

टिकारा पुन पुकार
छत्रेश्वरी गाउँपालिका २
सल्यान


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...