Friday 23rd October 2026

कविताः मुहारिकामा साहित्यकारहरू -गुणनिधि घिमिरे


उठाई देश काँधमा म गर्छु भक्ति वन्दना
सुपुत्र हूँ म देशको छ आत्मग्लानी सम्झना ।
कदापि काहिँ चुक्दिन म आफ्नो तेज शक्तिमा
जहाँ जहाँ पुगे पनि म हुन्छु देशभक्तिमा ॥

चलेन देश शान्तिले र बोल्न थाल्यो सारिका
समाजवादी तन्त्र रे कता गयो इकारिका ।
म राज्य बोक्छु भन्दथिन् कहाँ लुकिन् ती तारिका
सहीद चाल हेर्दछन् पुगेर जो निहारिका ॥

नपार्नु धर्म सारथी चलाऊ देश न्यायले
सहिष्णु धीर स्थिर भै सुधार यो अध्यायले ।
असभ्य बोली पङ्क्तिमा हटाऊ शब्द भाषिका
रचेर वाल वालमा फिँजाऊ काव्यमालिका ॥

बनेन दण्डसंहिता बेहाल छन् कुमारिका
नेपाल कृष्णकाल झैँ बनेन हेर द्वारिका ।
व्युत्पन्न मातृभावले उठाई हात नारिका
चिनाऊँ देश विश्वमा सजाई यो मुहारिका ॥

-गुणनिधि घिमिरे
अमेरिका


सम्बन्धित शीर्षकहरु

तिब्बत क्षेत्रमा बिहीबार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन्।…

दक्षिण अफ्रिकाको तटीय सहर डरबनमा आप्रवासीविरोधी प्रदर्शनका क्रममा एक विदेशी नागरिकको कुटपिटबाट मृत्यु भएको छ। प्रहरीले बिहीबार दिएको जानकारी अनुसार…

जलवायु परिवर्तनका कारण हुने हानि–नोक्सानी सम्बोधन गर्न स्थापना गरिएको ‘हानि–नोक्सानी कोष’ (Loss and Damage Fund) ले नेपाललाई २० मिलियन अमेरिकी…

प्रतिकृयाहरू
...