Friday 3rd May 2024

साप्ताहिक पञ्चाङ्ग चित्रपट, भाग – ६७ (वसन्त पञ्चमी विशेष )


मिति:- २०८०/११/ ०३ गते (११/०२गते वसन्त पञ्चमी परेको हुँदा वसन्त पञ्चमी विशेष लेख्नु हुन् अनुरोध छ)

आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:६७[सतसठीऔ] चित्रपटमा छौं।

प्रशिक्षक :
————
सोमनाथ लुइटेल “रवि पाल्पालि
गुणनिधि घिमिरे
सुशीला पाैडेल

चित्र संकलन
—————–
सुशीला पाैडेल

संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य

शुद्धीकरण
————–
भवानी घिमिरे
जमुना आचार्य
पशपती राई
पुष्पा नेपाल (सुवेदी )

संरचना
———
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी

समायोजक
————-

सोमनाथ लुइटेल “रवि पाल्पाली”
तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
————————

चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
~~~~~~~~~~~~~~~~~~~
चित्रमा पञ्चाङ्ग
~~~~~~~~
पञ्चाङ्ग:०१

भक्ति छरेर सरस्वतीकाे।
श्रद्धा भरेर सरस्वतीकाे
आराधना गराै सबै मिली,
पाउ परेर सरस्वतीकाे।
पूजा गरेर सरस्वतीकाे ।

✍️सुशीला पौडेल ।

पञ्चाङ्ग:०२

सधैँ जसो भक्ति छरेर सरस्वतीकाे।
मनै देखि श्रद्धा भरेर सरस्वतीकाे ।
बिहानै आराधना गर्नुछ सबै मिली,
बन्दना छ पाउ परेर सरस्वतीकाे।
दीप सँगै पूजा गरेर सरस्वतीकाे ।

✍️दुर्गा आचार्य , ।मोरङ ।

पञ्चाङ्ग:०३

बसौं भक्ति छरेर सरस्वती माताको।
राखौं विद्या भरेर सरस्वती माताको।
भित्र मन आराधनामा लगाउ अब ,
आएँ पाउ परेर सरस्वती माताको।
बस्छु नाम जपेर सरस्वती माताको।

✍️दुर्गा भट्टराई , मोरङ ।

पञ्चाङ्ग:०४

शुभ मुहर्त वसन्त पञ्चमीको दिन आज।
हामी अज्ञानी तत्पर आशिष लिन आज।
ब्रह्माजीद्वारा भयो सरस्वतीमाताको सृष्टि,
माता ज्ञान लिनेको कमी भो किन आज ?
किन भयो शिक्षाप्रति भावना हीन आज ?

✍️कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी ।

पञ्चाङ्ग:०५

शिक्षाको ज्याेति छरि दिने तिमी ज्ञानको खानी सरस्वती।
अज्ञानीलाई ज्ञान भरि दिने शिक्षाको रानी सरस्वती।
तिमी नै हौ सर्वश्री दीप ज्याेति सारा अँध्यारो हटाउने ,
सधै अघि बढ्छौ तिमीलाई शिराेधार्य ठानी सरस्वती।
पढ्छौँ लेख्छौँ सिक्छौँ तिम्रै दिव्य उपदेश मानी सरस्वती।

✍️राज कुमार राजभण्डारी “खाेटाङ्गे”
मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।

पञ्चाङ्ग:०६

माता हौ शिक्षाको ज्योति छरि दिने तिमी।
सबैमा विद्या सम नै भरी दिने तिमी ।
पूजाअर्चना गर्छौं हामी तिम्रो पाउमा ,
सबैका मनमनै मा सरि दिने तिमी ।
शिक्षा छर्दै सबै खुशी गरि दिने तिमी ।

✍️बेदु न्यौपाने ✍️🇳🇵 काठमाडौं ।

भक्ति पञ्चाङ्ग:०७

सरस्वती अम्बे ज्ञान म पाऊँ।
ज्ञान भएपछि मान म पाऊ।
शारदे माता भक्ति गर्छु तिम्रो,
मान ज्ञान अनि सान म पाऊँ।
विद्याको मन्दिर जान म पाऊँ ॥

✍️गुणनिधि घिमिरे, अमेरिका ।

पञ्चाङ्ग:०८

श्रीपञ्चमीको दिनमा सरस्वती माताको पाउ पर्नु पर्छ
बाँझो जमिन जोतेर आजैदेखि ज्ञानको बीउ छर्नु पर्छ
वास्तवमै सरस्वती मातालाई सधैं खुशी पार्न हामीले,
उनको पूजा भन्दा पनि पुस्तकको अध्ययन गर्नु पर्छ
खाली रहेको दिमागको दराज ज्ञान हालेर भर्नु पर्छ।

✍️पशपती राई, खोटाङ ।

पञ्चाङ्ग:०९

तिम्रै भक्ति लौ गर्छौं माता।
विद्या आफूमा भर्छौ माता।
सरस्वती विद्याकि खानी,
तिम्रो चरण पर्छौ माता।
पढ्न अगाडि सर्छौ माता।

✍️शोभा आचार्य गौतम ,काठमाडौँ ।

पञ्चाङ्ग:१०

ब्रह्माण्डकी रानी माता सरस्वती।
हो विद्याकी खानी माता सरस्वती।
पढ्ने चाहानेहरूलाई माताले,
बनाउँछिन् ज्ञानी माता सरस्वती।
सँगै राख्छिन् छानी माता सरस्वती।

✍️सीमा कार्की समर्पण , पर्सा जिल्ला
ठोरी गाउँ पालिका
वार्ड नं.४मेलचोक ।

पञ्चाङ्ग:११

फुलपाती चढाइ भक्ति गराैँ सरस्वती माताकाे।
विद्या लिनलाई शरण पराैँ सरस्वती माताकाे।
पूजा र अर्चना गर्छाै सरस्वतीलाई माता मान्छाैँ
लिई ज्ञानहरु सबैमा छराैँ सरस्वती माताकाे।
मनैदेखी सबैले श्रद्धा भराैँ सरस्वती माताकाे।

✍️उर्मिला के.शी. ,धनकुटा !

पञ्चाङ्ग १२

मनमा ज्ञान भरी देउ माता सरस्वती
पहिला बुद्धि छरि देउ माता सरस्वती
विवेक सकिँदैछ सबैलाई प्रकाश दिनु
दु:खका दिन हरि देउ माता सरस्वती
दिलमा सधैँ सरि देउ माता सरस्वती ।

✍️सन्ध्या गौतम , काठमाडौं


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...