Saturday 4th May 2024

चित्रमा पञ्चाङ्ग, भाग-९९


चित्रमा पञ्चाङ्ग
===========
भाग: ९९
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८०/१०/२४
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रावती अधिकारी
चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको उनान्सयौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
चित्रमा पञ्चाङ्ग
===========

पञ्चाङ्ग १

व्याधालाई मानेँ मैले मुटुभित्र हान्यो आज
कस्तो राम्रो छ निसाना आफूलाई मान्यो आज
छट्पटिएर खसेँ भूमिमा, उड्दै थिएँ माथि
छान्न पनि यता बचेराको आमा छान्यो आज
कहिले होला ज्ञान लिएको यस्तो जान्यो आज ।

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

कसले कहाँबाट आज गोली हान्यो मलाई
संसारले एक्कासी कमजोर ठान्यो मलाई
जिउँने रहर हुदाँ छुट्टिने दिन आउँदा
मुत्युको मुखमा किन जिन्दगी छान्यो मलाई
हिजोआज मनैदेखि सबैले मान्यो मलाई ।

श्री कृष्ण धामी – बझाङ

पञ्चाङ्ग ३

तिमी रहेछौ सारै निष्ठुरी गोली ठोक्यौ मलाई
उड्नै नसक्ने बनाई आकाशमा रोक्यौ मलाई
बाँच्न र बचेरा हुर्काउन मन थियो छ न त
व्यर्थ दया , धर्म अनि मानवता खोक्यौ मलाई
पारी जीवन मेरो लिलाम तिमी टोक्यौ मलाई ।

तेजप्रसाद खनाल दाङ

पञ्चाङ्ग ४

न्याउली रोएको दु:खी वन हुन्छ
पीडाले घाइते एक तन हुन्छ
सिकारी बनेका बुझाएर सारा
संस्कारले युक्त सौम्य धन हुन्छ
चराको पनि त आफ्नो मन हुन्छ ।

– आर्त अकुलीन

पञ्चाङ्ग ५

चरीको पनि मन हुँदो हो
परिवार र जन हुँदो हो
सिकारीको गोली लागेछ नि,
जिबीका धान्ने पन हुँदो हो
उडेर रम्ने वन हुँदो हो ।।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ६

गोली लागेर घाइते बनेको चरी जस्तै
स्वर्ग छोडेर धरती झरेकी परी जस्तै
के गर्नु र कसो गर्नु थाहै पाइनॅ मैले
मादलबाट झरेको त्यो कालो खरी जस्तै
हप्तादिनभरि हुने झर्झर झरी जस्तै ।

घनश्याम पौडेल,पोखरा

पञ्चाङ्ग ७

बगाएर रगत मानवताको मुहान सुकायौ मनुज
खोपडीमा दिमाग हुँदाहुँदै ज्ञान कता लुकायौ मनुज
ब्रह्माण्ड जित्न सक्नेथ्यौ यदि कलमले लक्ष्य ताकेको भए
दुर्भाग्य, गुलेलीले ताकेर आफ्नै शिर पो झुकायौ मनुज
निशाना त लायौ लक्ष्य भने नराम्रो सित चुकायौ मनुज ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग ८

आउन ढिला गरेर अन्त कतै सर्यौ कि त
चारो लिन गएकि आमा पासोमा पर्यौ कि त
भोजन खोज्दा आफै अरुको भोजन भयौकि
गुलेलिको मटयाङ्ग्रोले चोट लागि झर्यौ कि त
टुहुरा बनाइ आमा अकालमा मर्यौ कि त ।

संगीता खरेल
चन्द्रागिरी ८ काठमाडौं

पञ्चाङ्ग ९

मेरो आँसू पिएर तिम्रो तिर्खा मेटिन्छ र
मेरो भुत्ला सिएर तिम्रो लाज छेकिन्छ र
स्वतन्त्र भई आकाशमा उड्ने चरीलाई
घाइते पार्दा आखिर तिम्रो के बेरिन्छ र
चरा चुरुङ्गी मार्दा के पुर्साथ देखिन्छ र?

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग १०

केही न केही कर्म गर्नु पर्दो रहेछ
बाँच्नको लागि पेट भर्नु पर्दो रहेछ
आहारा खोज्न उड्दैथिएँ रन र वन,
गन्तव्यमा नपुग्दै झर्नु पर्दो रहेछ
व्याधाको गोली खाई मर्नु पर्दो रहेछ ।

सूर्य गिरी
माछापुच्छ्रे ५, रिभान, कास्की

पञ्चाङ्ग ११

अघाउँछौ र मेरो आँसु पिएर तिमीले
लगाउँछौ र मेरो भुत्ला सिएर तिमीले
पवित्र यो मानव चोला रद्दी बनायौ
पशुप्राणीमाथि घात दिएर तिमीले
खुसी हुन्छौ यसै गरी जिएर तिमीले ।

चन्द्रावती अधिकारी

पञ्चाङ्ग १२

सबैको ज्यान एउटै हो बिचरा मरेर गयो
बचेराहरू थिए होला गुँडमा झरेर गयो
शिकारी दाईको मन न मर्म बिचराको कर्म
ऊ बच्चाको माउ हुन सक्छ पार तरेर गयो
आकासमा चारो खोज्दैमा अभर परेर गयो ॥

गुणनिधि घिमिरे अमेरिका

पञ्चाङ्ग १३

आँसुको तालमा खसाएर के पायौ
सान्निध्य इज्जत हटाएर के पायौ
अरुको पनि जीवन थाहा नपाइ
अनर्गल वाँण लगाएर के पायौ
भएको दिमाग तताएर के पायौ ?

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग १४

शिकारीले लायो निसाना बेकार
सुन्नु पर्यो रोएको गाना बेकार
बाँच्नलाई दिएनन् स्वतन्त्र रुपमा
न पेटभरी भयो खाना बेकार
घाईते भयो तानाबाना बेकार ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती -३,काभ्रे

पञ्चाङ्ग १५
मानव समाज मात्र होइन सिखारी धेरैछन्
अरूलाई खान मृत्युको घाट उतारी धेरैछन्
सानालाई ठुलाले निर्वललाई बलबान ले
आफ्नै भोक मिटाउँनलाई खाने मारी धेरैछन्
हो सकेको सम्म उसलाई तल पारी धेरैछन् ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पञ्चाङ्ग १६

मैले केही बिगारेको थिएन किन हान्यो मलाई
कि पापी शिकारीले साह्रै कमजोर ठान्यो मलाई
मेरा बचेरा सबै चाराेखान बाटो कुराका थिए
मभन्दा अरु ठुला हुँदाहुँदै किन छान्यो मलाई
कि त अरुभन्दा खानलाई स्वादिलो मान्यो मलाई ।

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग १७

बलियोले निर्बललाई खाने गर्छन्
यसैमा कतिको त प्राण जाने गर्छन्
यस्तै छ संसारमा बाँच्दछ बलियो
आहारा बनाउन किरा लाने गर्छन्
मानवले नि आफ्नैलाई आने गर्छन् ।

सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।

पञ्चाङ्ग १८

मट्याङ्राको फेला परेछ हेर
उड्ने प्रयास त गरेछ हेर
पापी व्याधाले मारेर के पायो
चोट लागेपछि झरेछ हेर
चरिले अकालै मरेछ हेर ।

अच्युत घिमिरे, सर्पाङ, भुटान

पञ्चाङ्ग १९

कति निष्ठुरीको हातमा परेछु ओहो
शिकारीको निशानाले मरेछु ओहो
आकाशमा स्वतन्त्र हुदै उड्ने म सधैँ
कसलाई के नै नोक्सान गरेछु ओहो
चोटले त्यो निष्ठुरीको कर्तुत छरेछु ।

शोभा आचार्य गौतम
काठमाडौँ

पञ्चाङ २०

बचेराको मै एउटा सार थिएँ
रक्षा गर्ने दरिलो मै बार थिएँ
देखेन बाजले मेरो पीडालाई
हो ठान्यो उसको मै अहार थिएँ
बचेराको मनै परिवार थिएँ ।

सीमा कार्की समर्पण
पर्सा

पञ्चाङ्ग २१

लहरालाई पहराको आस हुन्छ
पहरालाई लहराको खास हुन्छ
नलुट्नु चराको बाँच्ने अधिकार छ
गुण भित्र त बचेराको बास हुन्छ
सबैमा बाँच्न आहाराको गाँस हुन्छ ।

प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।

पञ्चाङ्ग २२

हे कति निस्टुरी व्याधा रैछौ तिमी मारी खान्छौ मलाई
नमानी लाज नमानी डर तिमी झारी खान्छौ मलाई
नपुग्छ छाक टार्न नपुग्छ भुतला सिलाएर ढाक्न
पर्खेका ति बच्चा के भन्लान् लगेर तारी खान्छौ मलाई
गरेर कुकर्म अधर्मी हारेर बाँरि खान्छौ मलाई ।

टिकाराम पुन पुकार
छत्रेश्वरी गा पा २
सल्यान

पञ्चाङ्ग २३

आकाशमा उड्दै थिए भुइँतिर झारिस
मसँग के दुश्मनी थियो र मलाई मारिस
मानवताको धर्म सरकार बिर्सिएर तैले
तिरसँगै निशाना तागेर मुटु छिरपारीस
तैले मेरा बालबच्चाको भविष्य बिगारिस

Manoj Rana सल्यान


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...