Saturday 4th May 2024

साप्ताहिक पञ्चाङ्ग, भाग-८२


“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: बयासीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-८२ ——————————-

विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८०/१०/२९गते
बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल

………………………
भाषा शुद्धीकरण:-
———–
पुष्पा सुवेदी नेपाल
भवानी घिमिरे
जमुना आचार्य
पशपती राई

सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य

संयोजक:-
=====
सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
घमण्डीहरुको घमण्ड तोडिने छ एकदिन।
आफ्नै कारण बाटोहरू मोडिने छ एकदिन।
किन गहिराे खाल्टाे खन्छाै दुख दिन अरूलाई,
नराम्रो गर्नेको टाउको फोडिने छ एकदिन।
बहिष्कृत गरि एक्लै नै छाेडिने छ एकदिन ।
सुशीला पाैडेल

पञ्चाङ्ग:०२
सधैंभरि अर्काको धोती मात्रै खोलेर हुदैन होला नि।
आफु बचेर अरुलाई मात्रै पोलेर हुदैन होला नि।
हामी आफैं जुट्नुपर्छ घर हाम्रो सुन्दर बनाउन त,
लिप्नु पर्छ आफैं कमेरो मात्रै घोलेर हुँदैन होला नि।
व्यवहार पनि देखाऔं न है बोलेर मात्रै हुँदैन होला नि।
-पशपती राई खोटाङ ।

👉समपञ्चाङ्ग🇧🇹
१//
उपयुक्त साथ समाउन सकौँ।
विश्वासमा मन थमाउन सकौँ।
यस्तै रहेछ जीवनको चाहाना,
अलिकति धन कमाउन सकौँ ।
आफै स्वतन्त्रले रमाउन सकौँ ।
२//
आयुलाई सके लमाउन सकौँ
बिफल सपना घमाउन सकौँ ।
सचेत भएर जीवनमा मैले,
नचाहिँदोलाई जमाउन सकौँ।
सबै ठिकसँग ठमाउन सकौँ ।

✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

पञ्चाङ्ग:०३
देश नेपालको नाम नै समाउन मन छ।
हाम्रो हिन्दु संस्कार धर्म जमाउन मन छ।
महल भएर के गर्नु मर्दा सँगै जाँदैन,
सधैँ राम्रो नाम विश्वमा कमाउन मन छ।
आफ्नै संस्कार संस्कृतिमा रमाउन मन छ।
बेदु न्यौपाने ✍️🇳🇵

पञ्चाङ्ग:०४
साथ उनको हुदा मलाई यात्राको आस पलायो ।
अब आँधिबेरी जे आएपनि लड्ने सास पलायो।
म सधैँ यस्तै गरेर सगै हुन्छु हुन्न के थाहा र ,
त्यसैले त मनमा उनलाई राख्ने बास पलायो।
उनी संगको जिन्दगी बिताउने आभास पलायो।

दुर्गा आचार्य
मोरङ

पञ्चाङ्ग:०५
जीवनका उतार,चढाव सँगै मनमा प्रीत भरेर l
रमाउँदै जानुपर्छहै जीवनमा मिठो गीत भरेर।
राेकिन खाेजेता पनि पाइलाहरु कुनै दिन यात्रामा,
चालिराख्नु पर्छ कदमहरु साहस र जीत भरेर।
एउटा आगाे भएनी अर्काे पानी झैँ गरी शीत भरेर।

उर्मिला के.शी.
धनकुटा

पञ्चाङ्ग:०६

सत्य बोलेमा बोली बिकाउ हुन सक्छ।
नजाने पनि कार्य सिकाउ हुन सक्छ।
निरुत्साहित गर्न दिनु हुन्न हौसला,
विश्वास छैन भने झिकाउ हुन सक्छ ।
नपत्याएको पनि टिकाउ हुन सक्छ।

सन्ध्या गौतम , काठमाडौं ।

पञ्चाङ्ग:०७
हात हेराउँदा ज्योतिषीले मर्छस् भन्छ।
केही दिनमै गलत काम गर्छस् भन्छ।
हरे गरिब हुँ पैसाको लोभ गर्दिन म,
त्यसैले किन पैसाकै पछि पर्छस् भन्छ।
किन सत्य कुरा बोल्नपछि सर्छस् भन्छ ।

✍️सुष्मा मगर

पञ्चाङ्ग:०८

पाेखरी त छ पानी छैन ।
पैसा निकाल्ने खानी छैन ।
जाे सँग अथाह धन छ ,
उसकाे मन दानी छैन ।
बाँडेर खाने बानी छैन ।

भवानी घिमिरे
सर्लाही ।

पञ्चाङ्ग:०९

तिम्रो लागि परेको बेला रुपियाँ झिक्न सक्छु
खर्चपानी नभए नि समाजमा बिक्न सक्छु
मौका मिलेमा कर्तव्यबाट हट्ने छैन पछि
पूर्णता दिन परि आएमा काम सिक्न सक्छु
दु:ख कष्ट जस्तै परे पनि सधैँ टिक्न सक्छु ।

✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...