Thursday 26th February 2026

गाँजामा हमाससँग युद्ध गरिरहेको ईजरायल लेबनानमा हजबुल्लाहसँग पनि भिडदै


इजरायलका रक्षामन्त्री योभ गालान्टले लेबनानको सीमामा इजरायल र हिजबुल्लाहबीच गोली हानाहान बढेको बताएका छन् ।

इजरायली सेनाले बुधबार दक्षिणी लेबनानका धेरै क्षेत्रमा हवाई आक्रमण गरेको र हिजबुल्लाह कमाण्डर मारिएको बताएको छ । यी आक्रमणमा पाँच बालबालिकाको पनि मृत्यु भएको छ । हिजबुल्लाहका एक वरिष्ठ अधिकारी हसन फदलाल्लाहले इजरायलले यसको मूल्य चुकाउनु पर्ने बताए।

लेबनानले आफ्नो सैन्य कमाण्डको मुख्यालयमा आक्रमण गरेपछि इजरायलले बुधबार ठूलो जवाफी हवाई हमला गरेको छ। अहिलेसम्म यी आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको पुष्टि भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार लेबनानी अधिकारीहरूले दक्षिणी लेबनानमा बुधबार भएको आक्रमणमा एकै परिवारका पाँच जनाको मृत्यु भएको र एक बालकलाई भग्नावशेषबाट जिउँदै निकालिएको जानकारी दिएका छन्।

लेबनानको आधिकारिक मिडिया र हिजबुल्लाहले बुधबारको आक्रमणमा कुल १० जनाको मृत्यु भएको जनाएका छन्, जसमध्ये आठ जना सर्वसाधारण थिए।
इजरायल र हिजबुल्लाह बीचको भिडन्त सुरु भएदेखि लेबनानी पक्षमा ३८ नागरिकसहित २५४ जनाको ज्यान गएको छ भने इजरायली पक्षमा १० सैनिक र ६ नागरिकको मृत्यु भएको छ ।


सम्बन्धित शीर्षकहरु

बंगलादेश का गृहमन्त्री सलाहुद्दीन अहमद ले व्यक्तिगत लाभका लागि दायर गरिएका नक्कली मुद्दाहरूको पुनः अनुसन्धान गर्न निर्देशन दिएका छन्। ढाका…

 पोखराबाट काठमाडौँ जाँदै गरेको बस त्रिशूली नदीमा खस्यो। दुर्घटनामा अठार जनाको मृत्यु भयो भने २७ जना घाइते भए, घटनास्थलबाट उद्धार…

आइतबार बिहान युक्रेनको राजधानी **किभ**मा शक्तिशाली विस्फोटहरूको श्रृंखला सुन्निएको छ। अधिकारीहरूले रूसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको चेतावनी दिएका छन्। यो…

प्रतिकृयाहरू
...