Friday 2nd October 2026

एसीसी महिला प्रिमियर लिग क्रिकेटमा नेपाल २१४ रनले विजयी – माल्दिभ्स १३ रनमा अलआउट


एसीसी महिला प्रिमियर लिग क्रिकेटमा नेपालले मङ्गलवार माल्दिभ्सलाई २ सय १४ रनले हराएको छ । २ सय २८ रनको लक्ष्य पाएको माल्दिभ्स १३ रनमा अलआउट भयो । मलेसियाको बांगीमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २२७ रन बनाएको थियो ।

नेपाली महिला टिमले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर हो । भने रुबिना क्षेत्रीले टी ट्वान्टी क्रिकेटमा ऐतिहासिक शतक प्रहार गरिन् । महिला क्रिकेटको इतिहासमा टी ट्वान्टी क्रिकेटमा रुबिनाले बनाएको शतक पहिलो हो । उनले ५९ बल खेल्दै १ सय १८ रनको शतकीय इनिङ्स खेलेकी हुन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको कर्नेल विश्वविद्यालयमा एक महिलामाथि भएको भनिएको सामूहिक बलात्कार घटनाको अनुसन्धानका लागि न्युयोर्क राज्यकी महान्यायाधिवक्ता लेटिशिया जेम्सलाई विशेष अभियोजक नियुक्त…

साउदी अरब नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीले मदिनाको एक विद्युत् केन्द्रमा ड्रोन आक्रमण गरेको आरोप लगाएको छ। साउदी अरब नेतृत्वको…

जापानको ओसाकास्थित अस्पतालमा गम्भीर मुटुरोगबाट पीडित ५० वर्षीया महिलाको iPS स्टेम सेलबाट तयार गरिएको मुटुको मांसपेशी प्रयोग गरी विश्वकै पहिलो…

प्रतिकृयाहरू
...