Friday 23rd October 2026

दैनिक ६ घण्टाभन्दा कम सुत्दा यस्तो जोखिम


के तपाई दैनिक ६ घण्टाभन्दा पनि कम सुत्ने गर्नुहुन्छ ? यदि त्यस्तो छ भने त्यो तपाईको स्वास्थ्यका लागि खतरनाक पनि हुनसक्छ । एक रातमा ६ घन्टाभन्दा कम सुत्दा अर्को दिनको लागि व्यक्तिको अल्पकालीन स्मरणशक्ति कमजोर हुन सक्छ ।

२४ घन्टाभन्दा बढी सुत्दा मानिसलाई नशा लाग्न सक्ने अमेरिकी वैज्ञानिक र डाक्टरहरूले निद्राको सन्दर्भमा यस्तो दाबी गरेका छन् ।

युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्नियाको मेडिसिन विभागका निद्रा विशेषज्ञ डा. रिचर्ड क्यास्ट्रियोटाका अनुसार राति ६ घण्टाभन्दा कम सुत्दा मानिसको स्मरणशक्तिमा ह्रास आउने बताएका छन् ।

निद्राको कमीले सबैलाई एकै किसिमले असर गर्दैन, तर यसले मस्तिष्कमा अवश्य असर गर्छ । पेन मेडिसिनकी निद्रा विशेषज्ञ डा इन्दिरा गुरुभगवतुला भन्छिन् ‘निद्रा कम भयो भने हामी साना साना कुराहरू बिर्सन सक्छौं, जस्तै चाबी कहाँ राखिन्छ, चिनेजानेको व्यक्तिको नाम के हो आदि ।’

वाशिंगटन स्कूल अफ मेडिसिनका बिहेवियरल न्यूरोलोजिस्ट डा. माइकल रोजेनब्लुमका अनुसार निद्राको कमीले दिमागमा नकारात्मक असर पार्छ र त्यसको असर लामो समयसम्म रहन सक्छ ।

डा. गुरुभागवतुलाका अनुसार एक रातको खराब निन्द्राले हुने क्षतिलाई हटाउन धेरै रात ठोस निद्रा आवश्यक हुन्छ । उमेर बढ्दै जाँदा सुधार हुन अझै समय लाग्न सक्छ ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

प्रतिकृयाहरू
...