Friday 2nd October 2026

बाँसबारी प्रकरणमा पक्राउ परेका चौधरीसहित तीनै जना हिरासत्त मुक्त


बाँसबारी छालाजुत्ता प्रकरणमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहित तीनै जना हिरासत्त मुक्त भएका छन्।

जिल्ला अदालत काठमाडौँले हाजिरी जमानीमा छाड्न आदेश दिएपछि उनीहरू रिहा भएका हुन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चौधरीसहित छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक संजय ठाकुरलाई गत माघ १८ गते पक्राउ गरेको थियो। प्रहरी हिरासत भनिए पनि उनीहरू स्वास्थ्यको कारण देखाउँदै सुरुमा चिरायु र त्यसपछि ग्राण्डी अस्पतालमा उपचार गराइरहेका थिए।

पक्राउ परेका तीनै जना माथि बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोप छ। अदालतले प्रहरी अनुसन्धान यथावत् हुने गरी तीनै जनालाई रिहा गर्न आदेश दिएको हो। प्रहरी अनुसन्धान भने जारी छ।

जिल्ला अदालत, काठमाडौँका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले उक्त आदेश दिएको हो। इजलासले हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने नदेखिएको भनेपछि प्रहरीले तीनै जनालाई छाडेको हो।

मुलुकी अपराध संहितामा कुनै व्यक्तिलाई हिरासतमा राख्नुपर्ने नदेखिएमा सरकारी वकिलको सहमति अनुसार अनुसन्धान अधिकृतले ती व्यक्तिलाई हाजिर जमानी वा तारेखमा छाड्न सक्ने व्यवस्था छ। सिआइबीले यही दफा प्रयोग गरेर उनीहरूलाई रिहा गरेको हो।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसी राज्यमा १९९५ को हत्या अभियोगमा मृत्युदण्ड सजाय पाएकी ४९ वर्षीया क्रिस्टा पाइकमाथि विषाक्त औषधि प्रयोग गरेर मृत्युदण्ड दिने…

अमेरिकाले इरान नजिकको क्षेत्रमा अर्को युद्धपोत, हजारौं सैनिक र लडाकु विमान पठाउने निर्णय गरेको छ। यससँगै त्यस क्षेत्रमा अमेरिकी सैन्य…

अफगानिस्तानमा लामो समयदेखिको खडेरी र पानी अभावले जनजीवन संकटमा परेको छ। देशका आधाभन्दा बढी क्षेत्र प्रभावित भएका छन् भने १…

प्रतिकृयाहरू
...