Monday 29th April 2024

नेपाली युवाले विदेशिएको ३ महिना नहुँदै गरे आत्महत्या


तीतोपाटी – एक नेपाली युवाले विदेशिएको ३ महिना नहुँदै आत्महत्या गरेका छन् । धनुषाका ३२ वर्षीय राम सेवक दासले कुवेत आएको ३ महिना नहुदै आत्महत्या गरेका हुन्।

धनुषा जनक नन्दनी गाउँपालिका महुवा वार्ड न. ४ घर भई वैदेशिक रोजगारीको लागि २७ नोभेम्बर २०२३ मा कुवेत आएका राम सेबक दासले २७ जनवरी २०२४ मा कुवेतस्थित माहबुलामा आत्महत्या गरेका हुन ।

कुवेतको अल निसेफ युनाईटेड कन्ट्र्याक्टिङ (Al Nesef United Contracting ) कम्पनीमा दास कार्यरत थिए । घरमा तीन छोराछोरी र श्रीमती रहेका दासको आत्महत्या बारे खुल्न सकेको छैन |

घटनाबारे नेपाली राजदूतावास कुवेतमा प्रारम्भिक जानकारी मिलेको र आवश्यक कानुनी प्रक्रिया पुरा गरि छिट्टै शव नेपाल पठाउने प्रथम सचिब प्रेमराज गौतमले जानकारी दिएका छन ।


सम्बन्धित शीर्षकहरु

कुवेत/नेपाल कुबेत सरोकार समाजले आफ्नो पाँचौ साँगितिक धमाका यहि आँउदो 31 मे 2024 शूक्रबार को दिन नेपालबाट आमन्त्रित ख्यातिप्राप्त अथिति…

मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउने उद्धेश्यले आजबाट तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच…

कुवेत/नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको जनाएको छ । समितिको  हिजो सम्पन्न…

प्रतिकृयाहरू
...