Sunday 5th April 2026

अस्कर २०२४: सबैभन्दा धेरै ‘ओपनहाइमर’ लाई नोमिनेशन


एजेन्सि-हलिवुडको सबैभन्दा प्रतिष्ठित अवार्ड अस्करको नोमिनेशन सार्वजनिक भएको छ। मङ्गलवार ज्याजी विट्ज र ज्याक क्वैदले अस्कर २०२४ को नोमिनेशन घोषणा गरेका हुन्।

सन् २०२४ को अस्करमा सबैभन्दा धेरै विधामा ‘ओपेनहाइमर’ नोमिनेट भएको छ। यस्तै चलचित्र ‘पूअर थिङ्ग्स’ सबैभन्दा धेरै विधामा नोमिनेट हुनेमा दोस्रो स्थानमा रहेको छ।

क्रिस्टोफर नोलनको निर्देशनमा बनेको ओपनहाइमर १३ विधामा नोमिनेट भएको छ भने योर्गस ल्यान्थिमद्वारा निर्देशित चलचित्र पूअर थिङ्ग्स ११ विधामा नोमिनेट भएको छ। जबकी लियोनार्डो डिकेप्रियोको चलचित्र किलर अफ द फ्लावर मून १० विधामा नोमिनेट हुँदा ग्रेटा गेरविगको चलचित्र बार्बी ८ विधामा नोमिनेट भएको छ।

ओपेनहाइमरले गोल्डन ग्लब्समा पनि सबैभन्दा धेरै विधामा अवार्ड हात पारेको थियो।

यस्तै बार्बीकी मुख्य नायिका मार्गोट रबीलाई सर्वश्रेष्ठ अभिनेत्रीका लागि पनि नोमिनेट गरिएको छ भने चलचित्रका निर्देशक ग्रेटा गेरविगलाई बेस्ट डायरेक्टरको श्रेणीमा नोमिनेट गरिएको छ।

बार्बी सन् २०२३ मा सबैभन्दा धेरै आम्दानी गर्ने चलचित्र हो। बार्बीले विश्वभर १.४४ अर्ब डलरको आम्दानी गरेको थियो।

यस वर्षको अस्करमा बलिवुड चलचित्र टुवेल्थ फेल नोमिनेशनमा जाने चर्चा थियो। तर, टुवेल्थ फेलले अस्करमा स्थान बनाउन सकेन। वास्तविक कथामा आधारित चलचित्र टुवेल्थ फेल बलिवुडमा यस वर्ष बनेका चलचित्रहरुमध्ये निकै रुचाइएको चलचित्र मध्यको एक हो।


सम्बन्धित शीर्षकहरु

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

प्रतिकृयाहरू
...