Monday 12th January 2026

रियल म्याड्रिडले जित्यो स्पेनिस सुपर कोपाको उपाधि


रियल म्याड्रिडले स्पेनिस सुपर कोपाको उपाधि जितेको छ ।

गएराती सम्पन्न एल क्लासिकोमा बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिडले यस बर्षको सुपर कोपा जितेको हो ।

रियल म्याड्रिडको जितमा भिनिसियस जुनियरले ह्याट्रिक गरेका थिए । उनले खेलको पहिलो हाफमा नै आफ्नो ह्याट्रिक पुरा गरेका थिए । त्यस्तै अर्को गोल रोड्रीगोले गरेका थिए ।

त्यस्तै बार्सिलोनाका लागि एक गोल रोबेर्ट लेवानडोस्कीले गरेका थिए ।

यस खेलको खेलको ७१औं मिनेटमा बार्सिलोनाका रोनाल्ड अराउजोले रातो कार्ड पाएर मैदान छोडेपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।

योसँगै रियल म्याड्रिडले स्पेनिस सुपर कोपाको उपाधि १३ पटक जितेको छ । सुपर कोपा सबैभन्दा बढी पटक जित्ने टिम भने बार्सिलोना रहेको छ ।

डिफेन्डिङ च्याम्पियन समेत रहेको बार्सिलोनाले यो उपाधि १४ पटक जितेको छ ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...