Wednesday 22nd July 2026

७ महिनादेखि अलपत्र नेपाली चेलीको शव कल्याणकारीको सहयोगमा नेपाल पुग्यो


७ महिनादेखि अलपत्र नेपाली चेलीको शव कल्याणकारी नेपाली युवा समाज कुवेतको सहयोगमा नेपाल पुगेको छ । नेपालको सुनसरी घर भइ घरेलु कामदारका रूपमा काम गर्दै रहेकी ३३ वर्षीया चन्द्रकला राइले अवैधानिक अबस्थामा ज्यान गुमाएपछि अलपत्र परेको शव कल्याणकारी नेपाली युवा समाजले पार्थिक शरीर नेपाल पठाउने खर्च जुटाएपछि गत बिहिबार बिहान नेपाल पुगेको हो । अबैध बाटो हुँदै कुवेत आइ घरेलु कामदारको रूपमा रहेकी र गत २ वर्ष अगाडिदेखि रोजगारदाता छोडेर स्वतन्त्र रूपमा काम गर्दै रहेकी चन्द्रकलाको करिब ७ महिना अघि कुवेतको माहबुल्लामा मृत्यु भए पश्चात शव अलपत्र परेपछि कल्याणकारी नेपाली युवा समाजको पहलमा सहयोग रकम जुटाएर दूतावासलाइ हस्तान्तरण गरेपछि स्वः राइको शव नेपाल पुगेको कुरा समाजका महासचिव आङ नोर्बु शेर्पाले तीतोपाटी डट कमलाइ बताए।

के कारणले मृत्यु भएको हो भन्ने तथ्यगत जानकारी नपाए पनि एक नेपाली श्रमिकको ज्यान जाँदा अर्को नेपाली श्रमिकलाइ पीडा हुन्छ, त्यसमा पनि ७ महिनादेखि शव अलपत्र रहेको थाहा भएपछि कल्याणकारीले सहयोग संकलन गरेर शव नेपाल पठाउनको लागि दूतावासलाइ रकम उपलब्ध गराएको समाजका अध्यक्ष सुवाश श्रेष्ठले बताए । उनले थपे, संस्थाले स्थापनाकाल देखि नै खेलकुदका अतिरिक्त सामाजिक र मानविय सेवाका कार्यहरू गरिरहेको बताउँदै निज राइको शव नेपाल पठाउन पनि सोही मानविय सेवा स्वरूप रकम उपलब्ध गराएर शव नेपाल पठाउन दूतावाससँग सहजीकरण गरेको बताए ।

वैदेशिक रोजगारीमा गएका श्रमिकहरूले विदेशमा ज्यान गुमाएमा नेपाल सरकारले शव नेपाल पठाउने व्यवस्था गरेपनि श्रम स्वीकृति नलिइ वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको मृत्यु भएमा वैदेशिक रोजगार बोर्डले शव नेपाल पठाउन पैसा निकाशा नगर्ने हुँदा त्यस्ता शवहरु अलपत्र पर्ने गर्दछन् ।

नेपाली राजदूतावासले अन्य सबै कानुनी प्रकृया र कागजी प्रकृया पुरा गरेपनि रकम अभागका कारण शव नेपाल पठाउन नसकिएकोमा कल्याणकारी नेपाली युवा समाज कुवेतको पहलमा रकम संकलन गरी एनअारएनए कुवेतका अध्यक्षको रोहबरमा गत सोमबार ८ जनवरी २०२४ का दिन शव नेपाल पठाउन अावश्यक पर्ने रकम ३८५ कुवेती दिनार नेपाली राजदूतावासमा जम्मा गरेपछि शव नेपाल पठाउन सम्भव भएको हो ।

स्मरण रहोसः वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूले श्रम स्वीकृति नलिइ अवैधानिक माध्यमबाट वैदेशिक रोजगारीमा गएर अवैधानिक अवस्थामा ज्यान गुमाउँदा यस अघि पनि धेरै शवहरू पठाउन नेपाली समाज कुवेतका विभिन्न संघ संस्थाले सहयोग संकलन गरेर दूतावासलाइ रकम हस्तान्तरण गरेपछि मात्रै शव नेपाल ल्याउन सम्भव हुने गरेकोले वैदेशिक रोजगारीमा जाने जो कोहीले पनि विना श्रम इजाजत वैदेशिक रोजगारीमा नजान पनि यसै समाचारका साथ जानकारी गराइन्छ ।


सम्बन्धित शीर्षकहरु

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १२ वर्षभन्दा बढी समयदेखि सत्तामा छन्। यस अवधिमा विपक्षी दलहरूले पटक–पटक विभिन्न मुद्दामा सरकारसँग छलफल र…

भारतीय राजनीतिज्ञ, लेखक तथा कूटनीतिज्ञ शशि थरूरद्वारा लिखित Why I Am a Hindu समकालीन भारतमा हिन्दू धर्म, हिन्दुत्व र धर्मनिरपेक्षताको…

इरान–अमेरिका वार्तामा मध्यस्थको भूमिका निर्वाह गरेपछि पाकिस्तानले अमेरिकासँग १० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता सुविधा (Exchange Stabilisation Support Facility)…

प्रतिकृयाहरू
...