Saturday 14th February 2026

सनातन गुठीको वार्षिक पूजा सम्पन्न


नारायण कोइराला – सनातन धर्म सेवा समिति मेहल्धारा तानसेनले हनुमान जयन्तीको अवसरमा हनुमान पूजा सम्पन्न गरेको छ ।

समितिका अध्यक्ष वरूण प्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न अडतिसौं वार्षिक साधारणसभामा सचिव पुष्कर राज रेग्मीद्वारा वार्षिक प्रतिवेदन र कोषाध्यक्ष विश्व राज रेग्मीद्वारा रू. ६,२३,४५७/- बराबरको आयव्यय प्रस्तुत गरिएको थियोे । गुठी सदस्य श्रीधर कुमार नेपालको सुपुत्री सिध्दता नेपाललाई एस इ इ परीक्षामा उत्कृष्ट अंक ल्याएबापत पुरस्कृत गरेको छ । श्रीधर कुमार नेपाल, पदम राज पौड्याल र देवराज शर्मालाई यश वर्षको सूचना वाहकको रूपमन नियुक्त गरेको छ ।

समितिले जेष्ठ नागरिकलाई सम्मान गर्ने निर्णय गरेको छ भने साधारणसभाले बरूण प्रसाद रेग्मीको अध्यक्षता रहेको बर्तमान कार्यसमितिलाई नै आगामी दुई वर्षका लागि पुन : निर्विरोध निर्वाचित गरेको छ । उपाध्यक्ष सरस्वती शर्माको स्वागत ,सल्लाहकार प्रा.डा. रामजी प्रसाद पौड्यालबाट शुभकामना मन्तव्य र सचिव पुष्कर राज रेग्मीद्वारा संचालित कार्यक्रममा सबैलाई धन्यवाद दिदै अध्यक्ष वरूण प्रसाद रेग्मीद्वारा सभा विसर्जन गरिएको थियोे ।

नारायणस्थान फूलवारी स्थित हनुमान मन्दिर सनातन धर्म सेवा समितिको इष्ट ( गुठ) देवता हुन्। यस वर्षको गुठी पूजा गुठी सदस्य सल्लाहकार केशव राज पौड्यालको घरमा भेला भइ मूल घरबाट मूल पूजा र सबैको घरबाट पूजा लिएर विहान ७.३० वजे हनुमान मन्दिर प्रस्थान गरिएको थियोे । हनुमानको प्राचीन मन्दिर निकै जिर्ण भएकोले सनातन धर्म सेवा समितिको पहलमा विभिन्न सहयोगीहातहरूको सहयोगमा मन्दिर पुनर्निर्माण भई अाजको अवस्थामा आएको हो ।

समितिले तानसेन श्रीनगरको पर्यटन बिकासका लागि गुठीबन्धुहरूकै पहलमा सहयोगी मनहरूलाई साथ लिई श्रीनगरमा मिति २०६७/०९/१० गतेका दिन बजरंगबली स्वरूपको हनुमानको मूर्ति स्थापना गरेको थियो । उक्त मूर्ति पुन मर्मत संभार गरी यस बर्ष हनुमान जयन्तीको अवसरमा रंगरोगन लगाउने काम सम्पन्न भएको छ । गुठले गरेको कामको प्रशंसा भक्तजन र यात्रीहरूले गरेका छन् । तानसेनको धार्मिक सम्पदाहरूको संरक्षण र सम्बर्द्धनका लागि नगर पालिका तथा सम्बन्धित वडाहरूले विशेष ध्यान दिनु अावश्यक छ ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १२औँ विश्व सम्मेलन, १२औँ बहुप्रतिक्षित अन्तर्राष्ट्रिय महाधिवेशन तथा वार्षिक साधारणसभा २०२५ काठमाडौंमा आयोजना गर्ने भएको…

अमेरिका र बंगलादेशबीच नयाँ व्यापार सम्झौता भएको केही घण्टामै मंगलबार भारतका प्रमुख कपडा कम्पनीहरूको सेयर मूल्यमा तीव्र गिरावट आएको छ।…

इस्फहान इरानको सबैभन्दा संवेदनशील आणविक स्थलहरूमध्ये एक हो। यहाँ युरेनियम रूपान्तरण, अनुसन्धान तथा भूमिगत संरचनाहरू रहेका छन्। विगत केही वर्षदेखि…

प्रतिकृयाहरू
...