Thursday 22nd January 2026

ईजरायलले ईरानी कमाण्डरलाई सिरियामा मार्यो


इरानले सिरियाको हवाई आक्रमणमा आईआरजीसीका कमाण्डर मारिएपछि इजरायललाई बदला लिने चेतावनी दिएको छ । इरानी सरकारी मिडियाले सिरियामा वरिष्ठ सल्लाहकार भनेर चिनिने आईआरजीसी कमाण्डर सैयद राजी मौसावीको मृत्यु भएको पुष्टि गरेको छ।

इरानले सोमबार सिरियाको राजधानी दमास्कस नजिकै भएको इजरायली हवाई हमलामा इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीका वरिष्ठ कमाण्डर सय्यद रेजा मौसावीको हत्याको लागि इजरायलले त्यसको मुल्य चुकाउनु पर्ने बाँचा गरेको छ । स्थानीय सञ्चारमाध्यमहरूले दमास्कसको ग्रामीण इलाकाको सेट जायनाब क्षेत्रमा विस्फोटको आवाज सुनिएको बताएका थिए ।

सामाजिक सञ्जालमा साझा गरिएको फुटेजले दमास्कस अन्तर्राष्ट्रिय विमानस्थल नजिकै धुवाँको बादल देखिएको थियो । यो क्षेत्रलाई इरानी प्रोक्सीहरूले प्रयोग गरेको कारणले बारम्बार लक्षित गरिएको साइटमा पर्दछ, जहाँ ती ईरानी कमाण्डर मारिएका थिए ।

इरानी सरकारी मिडियाले सिरियामा वरिष्ठ सल्लाहकारको रूपमा चिनिने आईआरजीसी कमाण्डर सय्यद राजी मौसावीको मृत्यु भएको पुष्टि गरेको छ । इरानी विपक्षी मिडियाका अपुष्ट रिपोर्टहरूका अनुसार, मौसावीले सिरियामा तेहरानबाट इरानी प्रोक्सीहरूलाई वित्त पोषण र रसद हस्तान्तरणको समन्वय गर्ने जिम्मेवारी समालेका थिए।

इरानी मिडियाका अनुसार जनवरी २०२० मा अमेरिकी ड्रोनबाट मारिएका कुड्स फोर्सका पूर्व प्रमुख कासिम सुलेमानीको नजिक मौसवीलाई मानिन्थ्यो। इजरायली मिडियाले मौसावीलाई सुलेमानी पछिको सबैभन्दा उच्च प्रोफाइल लक्षित हत्याको रूपमा उल्लेख गरेको छ।
उक्त हमलामा अन्य कुनै हताहत भएको थिएन ।


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...