Saturday 27th April 2024

नेपाली दूतावास कुवेतले राहदानी नवीकरण सम्बन्धी सेवा बारे नयाँ सूचना जारी गरेको छ


तीतोपाटी- कुवेतमा रहेको नेपाली दूतावासले राहदानी नवीकरण, तथा कागजात प्रमाणीकरण बारे  तीन दिनका लागी सेवा बन्द गरेको छ।

कुवेतका अमिर अल सबाको हिजो शनिवारको दिन ८६ वर्षको उमेरमा निधन भएकोले नेपाली दूतावास कुवेतले तीन दिन अर्थात आज देखी आगामी मंगलबार सम्म बन्द रहने दूतावासले एक सूचना जारी गर्दै सेवाग्राही लाई जानकारी गराएको हो।

जानकारीका अनुसार उक्त तीन दिन दूतावास बन्द रहने भएकोले राहदानी सम्बन्धी समय तालिका फेरबदल गरिएको जनाएको छ।

दूतावासले जारी गरेको सूचना अनुसार, राहदानी नवीकरण सम्बन्धी समय तालिका, १७-डिसेम्बरको लागी तय गरिएको सम्बन्धित व्यक्तिले २०- डिसेम्बरमा उपस्थित हुनु पर्ने। १८- डिसेम्बरको दिन समय तय  भएका सम्बन्धित व्यक्तिले, २५- डिसेम्बरमा उपस्थित हुनु पर्ने साथै १९- डिसेम्बरको दिन समय तय भएका सम्बन्धित व्यक्तिले
यही २६- डिसेम्बरको दिन उपस्थित हुन अनुरोध गरेको छ।


सम्बन्धित शीर्षकहरु

कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेस्टइन्डिज ए लाई ४ विकेटले हराएको छ । २ सय ५ रनको…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतको साताैं अधिवेशन तथा चाैधाैं वार्षिक उत्सव सम्पन्न भएको छ । कुवेतको फरवानिया स्थित द्वाही…

तीतोपाटी -पत्रकार नबराज पन्थी कुवेतमा सम्मानित भएका छन् । कुवेत स्थित जन-जागृति युवा समाज कुवेतले पत्रकारीता क्षेत्रमा पुर्याएको योगदानको कदर…

प्रतिकृयाहरू
...