Thursday 15th January 2026

विमानस्थलबाट १४ किलो सुनसहित १ जना पक्राउ


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले फ्लाइ दुबईको फ्लाइटमा बिहीवार राति काठमाडौं आएका गोरखाका चन्द्र बहादुर घलेलाई पक्राउ गरेको जनाएको छ । उनको साथबाट प्रहरीले २ किलो ग्रामका दरले ७ वठा विस्कुट बरामद गरेको छ ।

चन्द्र डेढ हप्ता अघि मात्र दुबई गएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुन तस्करी कै लागि चन्द्र एक वर्षमा ३ पटक दुबई ओहोरदोहोर गरेको प्रहरीले जनाएको छ ।

विशेष सुराकीका आधारमा चन्द्रलाई पक्राउ गरेपछि अनुसन्धानका क्रममा उनले मिन बहादुर घलेका लागि सुन ल्याइदिएको बताएपछि मिन बहादुरलाई प्रहरीले धुम्बाराहीबाट पक्राउ गरेको छ । उनीमाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...