Tuesday 6th October 2026

कुवेतका लागि नवनियुक्त नेपाली राजदूत लम्सालद्वारा ओहोदाको प्रमाणपत्र पेस


तितोपाटी -कुवेतका लागि नवनियुक्त नेपाली  राजदूत घनश्याम लम्सालले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।  राजदूत लम्सालले कुवेतका युवराजधिराज सेख मेसल अल अहमद अलजबेर अलसवाहसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन ।
बुधबार अपराह्न आयोजित विशेष समारोहमा राजदूत लम्सालले आफ्नो ओहोदाको प्रमाणपत्र पेस नेपाली दूतावासले जनाएको छ। ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट कुवेतका युवराजको सुख, शान्ति एवं सुस्वास्थ्यका साथै कुवेती जनताको निरन्तर प्रगतिको कामना गरेका थिए ।
राजदूत लम्साललाई स्वागत गर्दै कुवेतका राजकुमारले कुवेत अधिराज्यको आर्थिक विकासमा एक लाखभन्दा बढी नेपालीले गरेको योगदानको सराहना गर्दै राजदूत लम्सालको सफल कार्यकालका निम्ति हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कुवेती फण्डमार्फत नेपालमा लगानी बढाउने आश्वासन दिँदै कुवेती युवराजले आर्थिक सहयोगका माध्यमबाट द्विपक्षीय सम्बन्ध अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए ।

विविध कारणले लम्साल राजदुत नियुक्त भएर आएको धन्नै दुई महिना पुग्न लाग्दा अहोदाको प्रमाणपत्र पेस गर्ने अवसर जुरेको हो। नवनियुक्त राजदुत लम्साल भन्दा अघि मधुवन प्रसाद पौडेल, यज्ञ बहादुर हमाल र दुर्गा प्रसाद भन्डारीले कुवेत स्थित नेपाली राजदुतको भुमिका निभाईसकेका छ्न ।
नेपाली दूतावास कुवेतले जारी गरेको प्रेस बिज्ञप्ति


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...