Wednesday 21st October 2026

कुवेतका लागि नवनियुक्त नेपाली राजदूत लम्सालद्वारा ओहोदाको प्रमाणपत्र पेस


तितोपाटी -कुवेतका लागि नवनियुक्त नेपाली  राजदूत घनश्याम लम्सालले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।  राजदूत लम्सालले कुवेतका युवराजधिराज सेख मेसल अल अहमद अलजबेर अलसवाहसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन ।
बुधबार अपराह्न आयोजित विशेष समारोहमा राजदूत लम्सालले आफ्नो ओहोदाको प्रमाणपत्र पेस नेपाली दूतावासले जनाएको छ। ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट कुवेतका युवराजको सुख, शान्ति एवं सुस्वास्थ्यका साथै कुवेती जनताको निरन्तर प्रगतिको कामना गरेका थिए ।
राजदूत लम्साललाई स्वागत गर्दै कुवेतका राजकुमारले कुवेत अधिराज्यको आर्थिक विकासमा एक लाखभन्दा बढी नेपालीले गरेको योगदानको सराहना गर्दै राजदूत लम्सालको सफल कार्यकालका निम्ति हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कुवेती फण्डमार्फत नेपालमा लगानी बढाउने आश्वासन दिँदै कुवेती युवराजले आर्थिक सहयोगका माध्यमबाट द्विपक्षीय सम्बन्ध अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए ।

विविध कारणले लम्साल राजदुत नियुक्त भएर आएको धन्नै दुई महिना पुग्न लाग्दा अहोदाको प्रमाणपत्र पेस गर्ने अवसर जुरेको हो। नवनियुक्त राजदुत लम्साल भन्दा अघि मधुवन प्रसाद पौडेल, यज्ञ बहादुर हमाल र दुर्गा प्रसाद भन्डारीले कुवेत स्थित नेपाली राजदुतको भुमिका निभाईसकेका छ्न ।
नेपाली दूतावास कुवेतले जारी गरेको प्रेस बिज्ञप्ति


सम्बन्धित शीर्षकहरु

पश्चिम अफ्रिकी देश माली को पूर्वी मेनाका (Ménaka) क्षेत्रमा इस्लामिक स्टेट (आईएस) सँग सम्बद्ध उग्रवादी समूहले गरेको भीषण आक्रमणमा कम्तीमा…

अफ्रिकी मुलुक सुडानमा पछिल्ला केही दिनयता भएका ड्रोन आक्रमणहरूमा १६० भन्दा बढी मानिसको ज्यान गएको छ। चिकित्सक र मानवअधिकार समूहहरूले…

काठमाडौं महानगरपालिकाले नेपाली चलचित्र क्षेत्रको प्रवर्धन, स्थानीय रचनात्मक उद्योगको विकास र समुदायसँग चलचित्रलाई जोड्ने उद्देश्यसहित कात्तिक १३, १४ र १५…

प्रतिकृयाहरू
...