Sunday 29th March 2026

पूर्व बेलायती प्रधानमन्त्री विदेश सचिव भएर काम गर्न सहमत


काम गर्नका लागि एक पटक ठुलो पदमा बसेको मानिस पुन सानो पदमा जान हुन्न भन्ने हाम्रो देशका नपुंसक नेताहरुको अहमतालाई बेलायतका पूर्व प्रधानमन्त्री डेभिट क्यामरुन ले दहो झापड दिएका छन । बर्तमान बेलायती प्रधानमन्त्री ऋषी सनक को प्रस्ताव मा पूर्व प्रम डेभिड क्यामरुन विदेश सचिव भएर सुनक सँग काम गर्नेछन ।

बेलायती मतदाताले ईयूबाट बाहिरिने ऐतिहासिक निर्णय गरेपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । उनले भने कि जनताले उनको तर्कलाई अस्वीकार गरेपछि र ५१ दशमलब ९ प्रतिशतले बाहिरिने छनौट गरेपछि देशलाई नयाँ नेतृत्व चाहिन्छ भन्दै नैतिकताको आधारमा राजीनामा दिएका थिए ।

५७ वर्षीय अब ऋषि सुनकको नयाँ विदेश सचिव बनेका छन्, जसले जेम्स क्लिभरलीबाट भूमिका लिएका छन्, जसले सुएला ब्रेभरम्यानलाई गृह सचिवको रूपमा बदलेका छन्। उनले ईजारायल विरोधी रयाली र दंगाहरुमा नरम निती अपनाएको भन्दै सुनक ले उनको बर्खास्ती गरेका थिए ।

पूर्व प्रधानमन्त्री क्यामरुन ले भने कि केही व्यक्तिगत निर्णयहरु संग असहमत को बावजुद ऋषि सुनक को प्रस्ताव को खुशी साथ स्वीकार छ उनले भनेका छन ।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...