Saturday 17th October 2026

कुवेतमा घरेलु महिला कामदारको पटक पटक मानव तस्करी हुने गर्दछ


कुवेत शहर, नोभेम्बर, मादक पदार्थ वा लागु औषध र अन्य अबैध भनिएका कुराहरु तस्करी हुने गर्दछन तर यहाँ त घरेलु महिला कामदारहरुलाई कार्यरत साहुको घरबाट तस्करी गर्ने गिरोह नै सक्रिय हुने गरेको कुरा नयाँ होईन । कसैले प्रत्यक्ष भगाउने भूमिका खेल्दछन त कसैले अप्रत्यक्ष । त्यसरी भगाएर ल्याए पछि उनीहरुलाई छुट्टै लुकाएर राख्ने गरिन्छ र लुकाएर नै अन्यत्र साहुकोमा पठाईन्छ । त्यसरी भगाईएका घरेलु कामदार लाने लाई पनि सस्तो पर्दछ र बेच्ने लाई पनि विना लगानी नेट फाईदा हुन्छ । हिजो एउटा त्यस्तै कार्यमा संलघन सिरियन नागरिक पक्राउ परेको समाचार स्थानिय मुलधारको अंग्रेजी दैनिक अरबटाईम्सले छापेको छ ।

आन्तरिक मन्त्रालयका अधिकारीहरू, विशेष गरी आप्रवासी कामदार आश्रय विभागले एक आपराधिक इतिहास भएका सिरियाली प्रवासीलाई पक्राउ गरेको छ जो आप्रवासी महिला कामदारहरूलाई उनीहरूका साहुका घरबाट टाढा भगाएर लैजाने गर्दथ्यो । र अवैध गतिविधीमा कार्य गर्न लगाउने गर्दथ्यो । त्यसरी भगाएकाहरुलाई कसैलाई दैनिक त कसैलाई मासिक ज्यालादारीमा लगाईने गरिन्छ । दैनिक ज्यालादारी गर्ने का लागि उनीहरुले आवासको व्यवस्था कुनै गोप्य स्थानमा लिने गरेका हुन्छन ।

समाचार अनुसार धेरै जसो कुवेतीहरुबाट आएका उजुरी पछि रेसिडेन्सी मामिला अनुसन्धान टोलीलाई कामदारहरू आफ्ना प्रायोजकहरूको घरबाट भागेको घटनाहरूको बारेमा सचेत गराएको थियो । फलस्वरूप, जासूसहरूको एक टोलीले रिपोर्टहरूसँग सम्बन्धित क्षेत्रहरूलाई पिनपोइन्ट गर्ने र निगरानी बढाउने कार्य गर्दै आएको थियो । यसै क्रममा सिरियाली नागरिक जाबेर अल(अहमद क्षेत्रमा स्पोन्सरको घरबाट भगाउदै गर्दा रंगेहात पक्राउ परेको थियो ।

स्रोतले थप भन्यो, “आरोपीहरूले लामो समयसम्म यस प्रकारका आपराधिक गतिविधिमा संलग्न रहेको स्वीकार गरेका छन्। उनले जासूसहरूलाई जलेब अल(शुयुख क्षेत्रको एउटा अपार्टमेन्टमा मा समेत पुरयाएको थियो जहा चार महिला कामदारहरु लुकाएर राखिएको थियो । यस प्रकारको कार्यमा नेपाली एजेन्टहरु पनि संलघन रहने गरेको बताईन्छ । उनीहरु साल्मिया, जीलिप र हवाली क्षेत्रमा विशेष रुपमा सक्रिय रहेका छन ।


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...