Tuesday 10th June 2025

हमास ईजरायल युद्ध खतरनाक मोडमा -खाडी क्षेत्रमा तनाव बददै


तोयानाथ दाहाल, उपेक्षित, हमास ईजरायल युद्ध ले विकराल रुप लिने संकेत देखिएको छ । तेश्रो साता पुग्न लाग्दा ईजरायल ले जमिनी आक्रमण गाजाको दक्षिणी भागबाट शुरु गरेको छ भने वारप्लेनहरुले बम हान्ने क्रममा थप बृद्धी भएको छ । उसले हिजै पुन एक पटक उत्तरी गाजाका बासिन्दा लाई दक्षिण जान भनेको छ ।

गाजामा रहेको क्याथोलिक चर्च, मस्जिद, अस्पताल, क्याफे लगायतका सार्वजनिक स्थलहरु कुनै बाकी नराख्ने संकेत ईजरायल ले दिएको छ । हिजै दक्षिणी गाजामा एक ईजरायली सिपाई र टयांक लाई हमास लडाकुले उडाई दिए पछि ईजरायल थप आक्रोशमा आएको देखिन्छ । यसक्रममा ईजिप्टको बोर्डर मा समेत ईजरायली तोपको गोला ले लाग्दा त्यहाँका सुरक्षा गार्ड लगायत ७ जना घाईते भएका छन । ईजिप्टको पूर्ण प्रतिक्रिया आईसकेको छैन तर यो घटनाले ईजिप्टसँग निक्कै खटपटी बढने देखिन्छ । उक्त घटनाको कारण सो क्षेत्र हुदै आउने मानविय सहायता का १७ ट्रक मात्र गाजा प्रवेश गरेका छन । यस अघि २० वटा ट्रक भित्र पसेका थिए । सहायता सँस्थाका अनुसार २० ट्रक खाधान्न, ईन्धन, पानी , औषधी समुन्द्रमा पानीको थोपा खसे जस्तै भनेर आलोचना पनि भईरहेको छ । स्थिती विग्रदै जादा भरखर शुरु भएको मानविय साहायता समेत रोकिन हो की भन्ने त्रास पनि फैलिएको छ ।

हिजै मात्र हजबुल्ला र ईजरायल का विचमा लडाईको स्थिती बनेको छ । ईजरायलले दक्षिणी लेबनानको आईतरउन शहरमा हवाई हमला गरेको छ । उसले ईजरायलबाट नजिकै रहेको सिरियाको विमानस्थलमा समेत हवाई हमला गर्दै आएको छ । ईजरायल लाई उक्त विमानस्थल हुदै ईरान ले हमासका लागि हतियार पठाउने डर छ । हिजै ईजरायल ले प्रहार गरेको हवाई हमलामा परि गाजा स्थित जबलिया शरणार्थी क्याम्पबाट ३० जनाको शब भग्नावशेष बाट निकालेको बताईन्छ ।

तनाव का विच ईजरायली समुन्द्रमा अमेरिकाले सैन्य उपकरण, क्षेप्रास्त प्रतिरक्षा प्रणाली र हातहतियार थप गर्ने जनाएको छ । हजबुल्ला र ईरान युद्धमा मिसिए भने जोर्डन, ईजिप्ट र सिरिया समेत मिसिने देखिन्छ । यसरी नै मानविय सहायताका लागि अग्रसरता देखाएका मिडलिस्ट का देशहरु साउदी, दुवई, कतार, कुवेत, बहराईन ओमन ले के गर्छन भन्नेमा धेरै को चासो छ । अमेरिका र युरोप को व्याकफोर्स रहेको ईजरायल भने यस पटकको लडाई लाई अन्तिम लडाईको रुपमा युद्ध गर्ने सोचमा देखिन्छ । यसको बामबार्ड हेर्दा यस्तो लाग्दछ अब पुरै प्यालेस्टाईन लाई उसले कव्जा गर्नेछ ।

भोली फ्रान्स का राष्ट्रपति ले ईजरायलको भ्रमण गर्दैछन । उनले यसक्रममा प्यालेस्टाईन का सर्वोच्च नेता मोहमद अव्वास सँग समेत भेट गर्ने कार्यक्रम रहेको बताईन्छ । युद्ध चर्कदै जादा ईजरायल सरकारलाई समेत आफ्नै नागरिक बाट दवाव आईलागेको छ । हमास को कव्जामा रहेका करिब २०० सय जना नागरिकका आफन्तहरुले आफना प्रियजनको मुक्ति का लागि विरोध रयाली निकाले का छन । बमबार्ड नरोकिएसम्म हमास ले बन्दीहरु नछोड्ने बताई रहेको छ भने बन्दीहरु नछोडे सम्म बमबार्ड नरोकिने ईजरायल ले भन्दै आएको छ ।

ईजरायल यसपटक हमास लाई निमिटयान्न पार्ने उद्देश्यका साथ लडाईमा होमिएको छ । जतिसुकै बमबार्ड गरे पनि हमास लडाकु लाई नियन्त्रण गर्न सहज छैन । उनीहरुले जमिन मुनि विद्धयाएको सुरुंग का कारण हमास का लडाकु र हातहतियारहरु नष्ट पार्न ईजरायलले सक्ने छैन । घना बस्तीका कारण उसले आफू विरुद्ध हमासद्धारा पार्न सक्ने क्षति कम गर्न उसले हवाई हमला जारी राख्न पर्ने हुन्छ । अहिले सम्म सयौ भवनहरु ध्वस्त भईसकेका छन र दिनहुँ सय भन्दा धेरै प्यालेस्टाईनी सर्वसाधरण, महिला र बच्चाहरुले अकालमा ज्यान गुमाई रहेका छन ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सरकारको नीतिअनुसार त्यहाँ अवैधानिक आप्रवासीका रुपमा बसोबास गर्दै आएका ३७ नेपालीलाई चार्टड विमानद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको छ…

बिगत केही दिन देखि निक्कै चर्चामा रहेको  पाल्ल्पा  रम्भा गाउँपालिका वडा नम्बर ३ रिमिघा लेकमा भेटिएको जडीबुटी यार्सागुम्बा नै  भन्ने…

प्रेमा ढुंगाना - परदेशी आफैँमा एक पीडित शव्द हो। परदेशीले भोग्ने पीडा सायदै स्वदेशमा बस्नेले बुझ्न सक्छन्। यहाँ छोडिएको छ…

प्रतिकृयाहरू
...