Sunday 4th October 2026

एनआरएनएको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै


गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ।

नयाँ नेतृत्व चुन्न काठमाडौंमा भेला भएका एनआरएनए प्रतिनिधिहरूले आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान गर्ने गरी व्यवस्था मिलाइएको छ भने विदेशमा रहेका प्रतिनिधिले गए राति देखि नै अनलाइनबाट मतदान गरिरहेका छन्।
अध्यक्षमा चार जनाले उम्मेदवारी दर्ता गराए पनि अन्तिम समयमा अध्यक्षको एक मात्र महिला उम्मेदवार रविना थापाले उम्मेदवारी फिर्ता लिएर अर्का उम्मेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गरेकी छिन्। त्यसकारण अध्यक्षमा बद्री केसी, महेश श्रेष्ठ र राजेन्द्र कुमार शर्माबीच प्रतिस्पर्धा हुँदैछ।

एनआरएनएको ११औँ महाधिवेशनले अध्यक्ष, १ महिला र युवासहित ८ उपाध्यक्ष, १ महासचिव, ६ सचिव र कोषाध्यक्षसहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ।

७४ पदका लागि संसारभरबाट १ सय २० जनाले उम्मेदवारी दिएका छन्। जसमध्ये अध्यक्षका लागि ३ जना, ६ जना उपाध्यक्षका लागि १८ जना र १ महासचिवका लागि २ जनाबीच प्रतिस्पर्धा हुँदैछ। २ उपमहासचिवमा ५ जनाले र ६ सचिव पदका लागि १५ जनाले उम्मेदवारी दिएको जनाइएको छ।

अधिवेशनमा ४ हजार २ सय २७ प्रतिनिधिमध्ये झण्डै ९ सय प्रतिनिधिले नेपालबाट मतदान गर्ने निर्वाचन समितिले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...