Monday 6th April 2026

एसियाली खेलको क्रिकेटमा नेपालले भारतसँग खेल्ने


एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारत प्रतिद्वन्द्वी पाएको छ । भारतसँग नेपालले भोलि बिहान नेपाली समयअनुसार पौने ७ बजे खेल्नेछ ।

समूहचरणमा मंगोलियाविरुद्ध थुप्रै विश्वकीर्तिमान तोड्ने इनिङ खेल्दै क्वाटरफाइनल पुगेको नेपालले एसियाडको उपाधि दाबेदार भारतसँग अब क्वाटरफाइनलमा भिड्ने तय भएको हो। नेपाली कप्तान रोहित पौडेलले ड्रको गोलाप्रथामा चिठ्ठा तान्दा भारत प्रतिद्वन्द्वी परेको हो ।

एसियाका ५ टेस्ट राष्ट्रहरू भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सोझै स्वाटरफाइनल पुगेका थिए । यी टेस्ट राष्ट्रहरू मध्येमा क्वाटरफाइनल प्रतिद्वन्द्वी गोलाप्रथाबाट चयन गरिएको थियो। नेपालका कप्तान रोहित पौडेलले तानेको चिठ्ठामा भारत प्रतिद्वन्द्वीका रूपमा परेको हो ।

क्वाटरफाइनलमा नेपालले भारत प्रतिद्वन्द्वी पाउँदा हङकङले पाकिस्तान प्रतिद्वन्द्वी पाएको छ । यस्तै अन्य क्वाटरफाइनलमा श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसिया खेल्नेछन् ।


सम्बन्धित शीर्षकहरु

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

प्रतिकृयाहरू
...