Monday 30th March 2026

तानसेन नगर स्तरीय प्रथम युवा जुनियर रेडक्रस गोष्ठी सम्पन्न


नारायण कोइराला – नेपाल रेडक्रस सोसाइटी श्रीनगर उपशाखा, गौतम बुद्ध उपशाखा, मणिमुकुन्द उपशाखा, भीमभैरव उपशाखा तानसेन, पाल्पाको आयोजना तानसेन नगर स्तरीय प्रथम युवा जुनियर रेडक्रस गोष्ठी सम्पन्न भएको छ । गोष्ठी स्थान
संयोजन प.प.न.मा.वि.यु.जु.रे.स.तानसेनमा भएको थियोे ।श्रीनगरउपशाखा तानसेनका सभापति पुष्कर राज रेग्मीको अध्यक्षतामा भएको गोष्ठीमा प्रमुख अतिथि
प्रेमलाल उदास , निवर्तमान सभापति, नेरेसो रूपन्देही शाखा, राष्ट्रिय प्रशिक्षक,अग्रज रेडक्रसकर्मी रहनु भएको थियो ।विशिष्ट अतिथिको रूपमा बाबुराम कार्की , सभापति पाल्पा शाखा,बुद्धिप्रसाद शर्मा ,निवर्तमान सभापति पाल्पा शाखा रहनु भएको थियोे ।

अतिथिहरूमा शकुन्तला वज्राचार्य ( सभापति मणिमुकुन्द उपशाखा)वीरेन्द्र काजी शाक्य ( सभापति भीमभैरव उपशाखा)तुमला बज्राचार्य (कावा सभापति गौतमबुध्द उपशाखा)सन्तवीर बराल ( प्र.अ. प.प.न.मा.वि.तानसेन )
शाखा उपसभापति भिमसेन कार्की, मन्त्री केशवराज नेपाल र शाखा अधिकृत विनोद भारती रहनु भएको थियोे ।

शकुन्तला वज्राचार्य ( सभापति,मणिमुकुन्द उपशाखा )द्वारा स्वागत पछि पानसमा दीप प्रज्वलन तथा हेनरीको तस्बिरमा पुष्पार्पण प्रमुख अतिथि तथा सभाध्यक्षज्यूद्वारा गरिएको थियोे ।

सात सिद्धान्त वाचन गराइएको थियोे । स्वागत नृत्य / सांस्कृतिक कार्यक्रम प.प.न.मा.वि.का यु.जु.रे.स.द्वारा
प्रस्तुत गरिएको थियोे ।

कार्यक्रममा प्रमुख अतिथि तथाअगुवा रेडक्रसकर्मी प्रेमलाल उदासलाई ५ दशकसम्म उहाले रेडक्रस अभियानमा पुर्‍याउनु भएको योगदानको कदर गर्दै आयोजक उपशाखाहरूको तर्फबाट दोसल्ला खादा पाल्पाली ढाका टोपी ,इष्टकोट सहित सम्मानपत्रद्वारा अभिनन्दित गरिएको थियोे ।

शिक्षक नायक युवराज पँगेनी, प्रधानाध्यापक सन्तवीर वराल, विशिष्ट अतिथि बुद्धिप्रसाद शर्मा , बिशिस्ट अतिथि एवं पाल्पा शाखाका सभापति बाबुराम कार्की र प्रमुख अतिथि अग्रज रेडक्रसकर्मी प्रेमलाल उदासद्वारा शुभकामना मन्तव्य व्यक्त गरिएको कार्यक्रमका संचालक संजित थापा उपकोषाध्यक्ष श्रीनगर उपशाखा रहनु भएको थियोे

प्रशिक्षण सत्रमा परिचय,रेडक्रस अभियान,सात सिद्धान्त ,उपशाखा गतिविधि , प्राथमिक उपचार सिमुलेसन,युजुरेस परिचालन कार्ययोजना बिषयमा प्रशिक्षण दिनुका साथै युजुरेसहरूले बार्षिक कार्ययोजना तय गरेका थिए ।
गोष्ठीमा२६ वटा सर्कलका : ८१ जनाको सहभागीता रहेको थियो जम्मा उपस्थिति ११२ जना रहेको थियो
कार्ययोजना पारित ,मूल्यांकन ,धन्यवाद सहित
सहभागीहरूलाई प्रमाणपत्र वितरण गरी श्रीनगर उपशाखाका सभापति पुष्कर राज रेग्मीद्वारा समापन गरिएको थियो ।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...