नारायण कोइराला – नेपाल रेडक्रस सोसाइटी श्रीनगर उपशाखा, गौतम बुद्ध उपशाखा, मणिमुकुन्द उपशाखा, भीमभैरव उपशाखा तानसेन, पाल्पाको आयोजना तानसेन नगर स्तरीय प्रथम युवा जुनियर रेडक्रस गोष्ठी सम्पन्न भएको छ । गोष्ठी स्थान
संयोजन प.प.न.मा.वि.यु.जु.रे.स.तानसेनमा भएको थियोे ।श्रीनगरउपशाखा तानसेनका सभापति पुष्कर राज रेग्मीको अध्यक्षतामा भएको गोष्ठीमा प्रमुख अतिथि
प्रेमलाल उदास , निवर्तमान सभापति, नेरेसो रूपन्देही शाखा, राष्ट्रिय प्रशिक्षक,अग्रज रेडक्रसकर्मी रहनु भएको थियो ।विशिष्ट अतिथिको रूपमा बाबुराम कार्की , सभापति पाल्पा शाखा,बुद्धिप्रसाद शर्मा ,निवर्तमान सभापति पाल्पा शाखा रहनु भएको थियोे ।
अतिथिहरूमा शकुन्तला वज्राचार्य ( सभापति मणिमुकुन्द उपशाखा)वीरेन्द्र काजी शाक्य ( सभापति भीमभैरव उपशाखा)तुमला बज्राचार्य (कावा सभापति गौतमबुध्द उपशाखा)सन्तवीर बराल ( प्र.अ. प.प.न.मा.वि.तानसेन )
शाखा उपसभापति भिमसेन कार्की, मन्त्री केशवराज नेपाल र शाखा अधिकृत विनोद भारती रहनु भएको थियोे ।
शकुन्तला वज्राचार्य ( सभापति,मणिमुकुन्द उपशाखा )द्वारा स्वागत पछि पानसमा दीप प्रज्वलन तथा हेनरीको तस्बिरमा पुष्पार्पण प्रमुख अतिथि तथा सभाध्यक्षज्यूद्वारा गरिएको थियोे ।
सात सिद्धान्त वाचन गराइएको थियोे । स्वागत नृत्य / सांस्कृतिक कार्यक्रम प.प.न.मा.वि.का यु.जु.रे.स.द्वारा
प्रस्तुत गरिएको थियोे ।
कार्यक्रममा प्रमुख अतिथि तथाअगुवा रेडक्रसकर्मी प्रेमलाल उदासलाई ५ दशकसम्म उहाले रेडक्रस अभियानमा पुर्याउनु भएको योगदानको कदर गर्दै आयोजक उपशाखाहरूको तर्फबाट दोसल्ला खादा पाल्पाली ढाका टोपी ,इष्टकोट सहित सम्मानपत्रद्वारा अभिनन्दित गरिएको थियोे ।
शिक्षक नायक युवराज पँगेनी, प्रधानाध्यापक सन्तवीर वराल, विशिष्ट अतिथि बुद्धिप्रसाद शर्मा , बिशिस्ट अतिथि एवं पाल्पा शाखाका सभापति बाबुराम कार्की र प्रमुख अतिथि अग्रज रेडक्रसकर्मी प्रेमलाल उदासद्वारा शुभकामना मन्तव्य व्यक्त गरिएको कार्यक्रमका संचालक संजित थापा उपकोषाध्यक्ष श्रीनगर उपशाखा रहनु भएको थियोे
प्रशिक्षण सत्रमा परिचय,रेडक्रस अभियान,सात सिद्धान्त ,उपशाखा गतिविधि , प्राथमिक उपचार सिमुलेसन,युजुरेस परिचालन कार्ययोजना बिषयमा प्रशिक्षण दिनुका साथै युजुरेसहरूले बार्षिक कार्ययोजना तय गरेका थिए ।
गोष्ठीमा२६ वटा सर्कलका : ८१ जनाको सहभागीता रहेको थियो जम्मा उपस्थिति ११२ जना रहेको थियो
कार्ययोजना पारित ,मूल्यांकन ,धन्यवाद सहित
सहभागीहरूलाई प्रमाणपत्र वितरण गरी श्रीनगर उपशाखाका सभापति पुष्कर राज रेग्मीद्वारा समापन गरिएको थियो ।