Thursday 19th June 2025

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : छयान्नब्बेयौँ भाग (९६)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८०/०५/२५
……………………………….
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : छोडेर, खोजेर, सोचेर, मोसेर, गोडेर, फोडेर, रोएर आदि मिल्दो ।
दोहोरिने अन्तिम शब्द :- आफूखुसी ।
अक्षर संख्या :- ५ देखि २५ सम्म ।
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
पञ्चाङ्ग १
राम्रो होस् भन्ने चाहना छ, सोचेर हुँदैन रहेछ
आफ्नो सभ्यता हृदयले खोजेर हुँदैन रहेछ
बनिने होइन, बनाइनु पर्ने रहेछ बुझियो
भाग्य फेर्न आफ्नै टाउको फोरेर हुँदैन रहेछ
दुःख पीडा आपत भन्ने छोडेर हुँदैन रहेछ ।
सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।
पञ्चाङ्ग २
बिच बाटोमै अलपत्र छोडेर गयौ
थाहा थियो सुखी जीवन सोचेर गयौ
भने जस्तो हुँदो रहेनछ जिन्दगीमा
कोपिलामै फूलबारीमा जोतेर गयौ
हाँसेर जानुपर्ने थियो रोएर गयौ ।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग ३
जिन्दगीमा अशल साथी खोजेर हुँदैन यहाँ
आफू जस्तै त सबैलाई सोचेर हुँदैन यहाँ
धर्म कर्म दुःख सुख आफैँले गर्ने हो बुझ्नु है
कर्मफल स्वत पाईन्छ रोएर हुँदैन यहाँ
फोहोरी मन पनि सफा धोएर हुँदैन यहाँ ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग ४
चिन्ता र सोचाई फोडेर हेर
जीवनको बाटो मोडेर हेर
राम्रो कर्मले नै सन्तुष्ट मिल्छ
नकारात्मकता छोडेर हेर
मनको त्यो क्लेश गोडेर हेर ।
कमला देवकोटा
पाल्पा
पञ्चाङ्ग ५
दम्भको अगाडि अरु पछाडि छोडेर बस्छन्
नारी जातिलाई चाहिँ खेलौना सोचेर बस्छन्
सायद धरातल भुलेका हुन्छन् लाग्न थाल्यो
भएको बेवास्ता नभएको पो खोजेर बस्छन्
सिन्को नभाँच्नेले धेरै गुनासो पोखेर बस्छन् ।
#पृथक।प्रकृति ,झापा
पञ्चाङ्ग ६
धरतीमा नभएको कुरा खोजेर पाइन्न
असल कर्म नगरे भाग्य फोरेर पाइन्न
पटक पटक बिग्रेको सम्बन्ध मानिसका
पहिले जस्तोत जबर्जस्ति जोडेर पाइन्न
नसुनेको नदेखेको खुसी भोगेर पाइन्न ।
तारा घिमिरे स्वेच्छा
सङ्खुवासभा
पञ्चाङ्ग ७
मनमनै सोचेर के गर्नु
मुटुमुटु जोडेर के गर्नु
बिछोड हुँदा पोल्दो रहेछ
सम्झि मैले रोएर के गर्नु
दुखि सुख खोजेर के गर्नु ?
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग ८
बिच बाटोमा छोडेर गयौ
सुनको मार्ग रोजेर गयौ ‌
यो समय पनि कति निष्ठुरी
मलाई आर्त सोचेर गयौ
भएको खुसी पोखेर गयौ ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग ९
काम कार्वाही सधै खुबै सोचेर गर्नुपर्छ
आवस्याकता परे हिरा फोरेर गर्नुपर्छ
बिनाकाम कुनै सिन्को पनि नभाँच्नु कहिल्यै
जौना काम पनि प्रगती जोडेर गर्नुपर्छ
बिकास् गर्न आफ्नै पसिना पोखेर गर्नुपर्छ ।
सुरेशकुमार पाण्डे घोराही १८ दाङ
पञ्चाङ्ग १०
बरु नयाँ छाँटका गहना जोडेर रमाऊ
साना ठुला काँटका ती सारी रोजेर रमाऊ
नारी! चाड यो तीजको मनाऊ धुमधामले
माया साँट्ने ती दिदी बहिनी खोजेर रमाऊ
तर कुरा बुरा संस्कृतिका गोडेर रमाऊ ।
टीकाराम जोशी, टीकापुर।
पञ्चाङ्ग ११
झुक्काउने अनुप्रास आयो है हात जोडेर भन्नू पर्दा
तितो पाटी सधैं तितो मीठो नहुने मोडेर भन्नू पर्दा
मलिलो छौ धेरै उर्वरता पनि जून झैँ चम्किलो फेरि
मृग नयन सदा रहोस् यो सन्देश छोडेर भन्नू पर्दा
लगाउनु पर्छ पञ्चाङ्गका बिरुवा गोडेर भन्नू पर्दा ।
डिल्ली राज घिमिरे
भू न पा ९
अर्घाखाँची
पञ्चाङ्ग १२
तिमीले आखिर कमजोर सोचेर गयौ
चस्स मुटु दुखाइ काडाले घोचेर गयौ
धनकै खाडलमा भासिन्छौ होला सायद
बाहिरी सुकिलो मुकिलो रोजेर गयौ
संसारमै नभएको अनौठो खोजेर गयौ ।
प्रदीप के रिमाल
इटहरी, सुनसरी।
पञ्चाङ्ग १३
म छोरी माइतीघर छोडेर आए
सधैँ हिड्ने त्यो गोरेटो मोडेर आए
छोरीले जन्मघर छोड्नै पर्छ यहाँ
सपनाको फुलबारी गोडेर आए
बालापनको त्यो भुँड्की फोडेर आए ।
शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग १४
पीर सारा छोडेर नाच आज
खुशी आफ्ना खोजेर नाच आज
हरेकका आफ्ना दुःख हुन्छन
भाग्य फेर्छु सोचेर नाच आज
बाधा सबै फोडेर नाच आज ।
सुस्मिता अधिकारी ,काठमाडौँ
पञ्चाङ्ग १५
चिन्तामा छु म ईनै कुरा सोचेर कसो गर्ने होला
पाईन रहेछ जिन्दगी खोजेर कसो गर्ने होला
हो नरु भन्छु बेला बेलामा आँसु झर्ने गर्छ मेरो
हाँस्न खोजदा नि हुदैन आँसु रोकेर कसोगर्ने होला
तिमी गयौ आज एक्लै छोडेर कसो गर्ने होला ।
मनोज राना बन्गाड कुपिण्डे ३ सल्यान
पञ्चाङ्ग १६
साथमा साथ जोडेर जाऊ गन्तव्य विचारी
कठिन बाटो तोडेर जाऊ गन्तव्य विचारी
उहीँ छ विधा चलन चल्ती अगाडि बडन
विनीत बुद्धि गोडेर जाऊ गन्तव्य विचारी
विकृत सब छोडेर जाऊ गन्तव्य विचारी ।
अच्युत घिमिरे, सर्पाङ, भुटान
पञ्चाङ्ग १७
भलो गर्ने जमाना छैन सोचेर के गर्नु
विचार मात्रै मनभरी जोडेर के गर्नु
सहयोगको आसा दु:खीलाई कतै छैन
चारैतिर पाईन्छ भनी खोजेर के गर्नु
उसैको चित्र मनैभरी कोरेर के गर्नु ।
पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.३,काभ्रे
पञ्चाङ्ग १८
बेतुक कुरा सोचेर गर्यौ के
सौम्य मित्रता छोडेर गर्यौ के
देखियो तिम्रा हुँइया र फुर्ती
विषको वृक्ष रोपेर गर्यौ के
अनौठो मार्ग खोजेर गर्यौ के ?
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग १९
बीच बाटोमा छोडेर जानेलाई म के भनूँ
खालीअर्काको खोजेर जानेलाई म के भनूँ
नहुनु थियो भै गयो आखिर के छ जिन्दगी
नराम्रो साथी सोचेर जानेलाई म के भनूँ
मेरो खुशी नै खोसेर जानेलाई म के भनूँ ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग २०
अरूको देखेर के गर्नु
बेअर्थ सोचेर के गर्नु
आफ्नै छ कर्म र मर्म
छैन त खोजेर के गर्नु
उत्साह रोकेर के गर्नु?
होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
पञ्चाङ्ग २१
धनी या गरिब जानुपर्ने देश छोडेर हजुर
रहरले होकि बाध्यताले बाटो मोडेर हजुर
जीवित हुँदा एक्लै लासले बाटो कुर्दै छ रे
सपनाको पाइलाहरु धनले गोडेर हजुर
उन्मुक्ति कहिले पाईन्छ बन्धन तोडेर हजुर ।
संगीता खरेल
मातातिर्थ काठमाडौँ ।
पञ्चाङ्ग २२
जोड्ने बेला खै के सोचेर मुटु नै जोडेर गइन्
मुटु भरि माया नै माया उनले कोचेर गइन्
मेरो माया त हिरा थियो उनको रहेछ रुवा
उनले आफ्नै मायामा अगुल्टाले झोसेर गइन्
आखिर आफ्नै जस्तो हलुका माया रोजेर गइन् ।
-पशपति राई खोटाङ ।


सम्बन्धित शीर्षकहरु

एजेन्सी -अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान–इजरायल द्वन्द्वलाई लिएर ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा टोलीसँग बैठक गरेपछि मध्यपूर्वमा थप लडाकु विमान र…

इजरायलको आक्रमणको क्रममा इरानको नातान्ज आणविक स्थलको भूमिगत भागमा "प्रत्यक्ष प्रभाव" परेको देखिन्छ, संयुक्त राष्ट्रसंघको आणविक निगरानी संस्थाले भनेको छ।…

जेरुसेलम: इरानी वायुक्षेत्रको यहूदी कमाण्डले यसको विस्तारित बमबारी मार्गमा केही बाधाहरू छोडेको छ, यद्यपि अमेरिका आक्रमणमा सामेल नभएसम्म गहिरो रूपमा…

प्रतिकृयाहरू
...