Friday 13th March 2026

एसिया कप क्रिकेटको फाइनलमा आज भारत र श्रीलंका भिड्दै


एसिया कप क्रिकेट प्रतियोगिताको फाइनल खेल आज श्रीलङ्काको राजधानी कोलम्बोमा खेलिँदै छ । १६औँ संस्करणको उपाधिका लागि भारत र श्रीलङ्काबीच भिडन्त हुँदै छ । फाइनल खेल स्थानीय समयअनुसार, दिउँसो ३ः०० बजे सुरु हुनेछ । ‘सुपर फोर’ चरणको तालिकामा भारत पहिलो र श्रीलङ्का दोस्रो हुँदै फाइनलमा पुगेका हुन् ।

भारत आठौँ पटक उपाधि जित्ने धुनमा छ भने श्रीलङ्का पनि सातौँ उपाधि हात पार्ने अभियानमा छ । जारी प्रतियोगितामा दुवै टोलीको प्रदर्शन उत्कृष्ट देखिएको छ । हालसम्म भारतले एक खेलमा मात्र हार भोगेको छ । ‘सुपर फोर’ चरणको अन्तिम खेलमा बङ्गलादेशले भारतलाई ६ रनले हराएको थियो ।

यसैगरी श्रीलङ्काले पनि जारी प्रतियोगितामा एक खेलमात्र हारेको छ । ‘सुपर फोर’ चरणको खेलमा भारतले नै श्रीलङ्कालाई ४१ रनले हराएको थियो ।


सम्बन्धित शीर्षकहरु

पाल्पा । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले युवा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ सक्रिय भएका…

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

प्रतिकृयाहरू
...