Monday 30th March 2026

लघुकथा : खल्लो


-नारायण कोइराला
बुढीसँगको अनबनपछि दिदी रिसाएर हिँड्नु भयो । मनमा चसक्क घोँच्यो। न बुढीलाई सम्झाउन सकेँ,न दिदीलाई ।
तीजमा रमाइलो गरौंला भनेको कुरो उल्टो भयो ।
माइत आएकी दिदी घरजानु भएन होला भन्ने लाग्यो ।
भाइलाई फोन गरेँ ।
धन्य भगवान,दिदी भाइकोमा जानुभएछ।भाइसँग बजारमा भेट्ने कुरो भयो । दरखाने सामान किनियो। दिदीलाई रातो साडी किन्दा भाइको अनुहार मधुरो देखियाे ।
काउन्टरमा आएर सबै बिल बुझाएँ। भाइको घर नजिकै डहरमा पुगेर सबै सामान भाइलाई दिएँ।भाइ ढोकामा पुग्दा दिदी बाहिर निस्कनु भयो। दुबैको अनुहारमा खुसीको लहर देखेँ। धनको कमीमा दिदीको तीज खल्लो भएन ।

– तानसेन,पाल्पा


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...