Thursday 19th June 2025

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : पन्चान्नब्बेयौँ भाग (९५)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८०/०५/१८
………………………………..
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : आफूखुसी ।
दोहोरिने अन्तिम शब्द :- आफूखुसी ।
अक्षर संख्या :- १४
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
पञ्चाङ्ग १
जिन्दगीका खुसीहरू कमाएरै किनेँ
दुःख पीडा दर्दहरू जमाएरै किनेँ
हाँसेको त देख्छन् देख्ने जतिले यहाँ
आफ्नो हात आफ्नो साथ समाएरै यहाँ
जस्तो आयो उस्तै भोग्दै रमाएरै यहाँ ।
सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

समुन्दरमा नाउँ माझीको भर हुन्छ
उस्को श्रीसम्पत्ती सबै त्यही घर हुन्छ
बसालि सकेपछि त यात्रुहरू लाई
किनारा ओर्लाउंने उस्लाई कर हुन्छ
जोखिमको कमाई खाने रहर हुन्छ ।

सुरेशकुमार पाण्डे
दाङ घोराही १८

पञ्चाङ्ग ३

हुकुमी रसी बानेर सके सम्पूर्णले
मन मुटुमा हानेर सके सम्पूर्णले
केही गरेर जाऊँ भनेको धर्तीमाझ
आखिर आफै छानेर सके सम्पूर्णले
सोझाको खुट्टा तानेर सके सम्पूर्णले ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ४

जन्म दिन मनाइ खुशी साट्दै छ मान्छे
ह्याप्पी बर्थडे भन्दै केक काट्दै छ मान्छे
ताली ठोकेर बलेको बत्ती निभाउदै
आफ्नै जीवनलाई यहाँ ढाँट्दैछ मान्छे
भोलि बग्ने आँशु आज नै चाट्दैछ मान्छे ।

-पशपति राई खोटाङ ।

पञ्चाङ्ग ५

अभाव यस्तो,भनौ र कस्तो,बदर गर्दैन
आमाको दूध,खाएर होला ,असर गर्दैन
दुखेको मन,रुकेको तन,देखाउँ कसरी
लौ भन त नि खुसीले पनि, सफर गर्दैन
मृत्युले गनी, कहिल्यै पनि, खबर गर्दैन ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ६

पाउनु भन्दा धेरै गुमाउनु पर्यो आस लाग्दैन
पुनरावृत्ति भएको दिनदेखि उल्लास लाग्दैन
यो नियतीको खेल पनि बुझ्न गाह्रो पर्यो मलाई
निरन्तर संघर्ष गर्यो हात खाली खास लाग्दैन
कहिलेकाहीँ सोच्ने गर्छु नोक्सानी बिनास लाग्दैन ।

#पृथक प्रकृति,झापा

पञ्चाङ्ग ७

मनभरी पिरको भारी म बोकेकै छु
सुख र दु:ख के हो भन्ने त भोकेकै छु
तर पनि डर लाग्छ किन हो कुन्नि खै
नराम्रो लत सबै मैले त छोकेकै छु
पराइको लागि आफ्नो खुशी झोकेकै छु ।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ८

मनभरि पीडा मात्रै लिएर आएँ म
तिरस्कारको प्याला पाे पिएर आएँ म
पानी नहाल प्रिया म सुकेको रुख हुँ
फुटेको छ मुटु आफैँ सिएर आएँ म
जवानीको रङ्ग अन्तै दिएर आएँ म ।

श्रीकृष्ण शर्मा पोखरा

पञ्चाङ्ग ९

वनको बाघले भन्दा मनको बाघले खान्छ भन्छन्
काल आयो भने झ्याली पिट्दैन सुटुक्क लान्छ भन्छन्
त्यसैले जीवनमा आउने दु:ख सुख सहने हो
दु:ख पनि त सधैँ बस्दैन एकदिन जान्छ भन्छन्
सुखले पराई भन्छ दुख्खले आफ्नो ठान्छ भन्छन् ।
नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग १०

खुशी समीप आउला भनि सबै बाटो बारे मैले
तिम्रो खुशी जिताउन पटक पटक हारे मैले
इलाजरले मेट्ने भए भाग्यरेखा मेटाउनेथे
हिलोमा फुल्ने कमललाई बगरमा सारे मैले
सपनाका महलहरु कोपिलामानै झारे मैले ।

संगीता खरेल
मातातीर्थ काठमाडौं

पञ्चाङ्ग ११

जति तान्यो त्यति धेरै थर्किन्छ पहरा
बर्सतको पानीसङ्गै घर्किन्छ पहरा
पहीलेको जस्तै ऐले छैन केही पनि
चर्को घाम लाग्दा पनि चर्किन्छ पहरा
आफ्नै सौर गतिसङ्गै फर्किन्छ पहरा ।

घनश्याम पौडेल ,पोखरा

पञ्चाङ्ग १२

सपनाको खाल बुनाइमा नै देशको मिसिएछ जिम्मेवारी
मायामाया भन्छौ तिमी अर्को पो चिन्ताले चिसिएछ जिम्मेवारी
एक मान्छे बन्न हिँडेको खोजीमा बटोही साथमा अनेक छन्
नबनाऊ राधा बन्न देऊ नेपालकी छोरी रिझिएछ जिम्मेवारी
नुन मसला साथ प्राथमिकतासँगै पिसिएछ जिम्मेवारी ।

जमुना आचार्य सिन्धुपाल्चोक

पञ्चाङ्ग १३
आज किन किन जिन्दगी निरास लाग्दैछ
के गरौं कसो गरौं भन्दै हतास लाग्दैछ
अत्याधिक विमाराले पनि चापेर हो कि
खोइ किन हो कुन्नि जिन्दगी खास लाग्दैछ
औषधि मुलो गरे अनुसार आस लाग्दैछ ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग १४

म सक्दिन तिमीदेखि टाढा भएर बस्न अब
समाजको ढोकालाई चिरेर भित्र पस्न अब
कुरितीले गाँजेकोछ चेतनाको नै भयो कमि
कसैलाई पनि बोलिले सकिँदैन डस्न अब
अवस्था जटिल हुँदा नत सकिन्छ कस्न अब ।

सोमनाथ लुइटेल “रवि पाल्पाली”
पाल्पा हाल बर्दिया ।

पञ्चाङ्ग १५

तिमीलाई टाढा बनाएको झन् आसले होला
घुमाउँदै यहाँ सम्म ल्याएको खासले होला
सिघार्न खोजेर किंवदन्ती निर्णय शक्तिको
तपस्विनी गराउन लागेको गासले होला
अतालिन प्राचीनले दिएको त्रासले होला ।

डिल्ली राज घिमिरे
भूमिकास्थान९
अर्घाखाँची


सम्बन्धित शीर्षकहरु

अमेरिकी सरकारले नेपाललाई दिँदै आएको अमेरिकाको अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई निरन्तरता दिने भएको छ। अमेरिकी राष्ट्रपतिमा…

बुधबार, इरानले रातभरको आक्रमणको नयाँ चरणको रूपमा इजरायलमा हाइपरसोनिक मिसाइलहरू प्रहार गरेको दाबी गरेको छ। देशका शीर्ष नेता, अयातुल्लाह अली…

इरानको आणविक, सैन्य र अन्य साइटहरूमा इजरायली आक्रमणको प्रतिक्रियामा शुक्रबारदेखि लगातार छैटौं दिन इरानी क्षेप्यास्त्र प्रहार हुँदा इजरायलभरका शहरहरूमा साइरन…

प्रतिकृयाहरू
...