Thursday 18th December 2025

किन आन्दोलित भए महिला कामदार?


वैदेशिक रोजगार आय आर्जनका लागि आफ्नो देश भन्दा बाहिर गएर शारिरीक अथवा मानसिक श्रम गर्ने रोजगारी हो। विश्व बजारमा वैदेशिक रोजगारीका लागि विभिन्न देशका जनशक्तिहरू खपत हुने गर्दछन्।बर्तमान नेपाली अर्थतन्त्र वैदेशिक रोजागारको बिप्रेषणले धानिरहेको अवस्था छ। नेपालले अन्तर्राष्ट्रिय श्रम बजारमा आवश्यकता अनुरुपका युवा जनशक्तिहरूलाई सिमित समयका लागि आधिकारिक तवरले पठाउँदै आएको छ।

नेपाली युवा युवती श्रमिक कामदारहरूको रोजगारीको आकर्षक गन्तब्यको रूपमा रहेका मुलुकहरूमा मलेसिया , दुबई , साउदी अरब , कुबेत, बहराइन आदि मुलुकहरू रहेका छन। पछिलाे समय वैदेशिक रोजगारमा जाने नेपालीहरूको संख्यामा वृद्धि भएको छ। कुवेतमा केही दिनदेखि एउटा कम्पनीमा परेको समस्या निकै भाइरल बनेको छ।

कुवेतको एक कम्पनीमा कार्यरत  ५सय देखि ६ सय हाराहारीमा नेपाली महिला चेलिबेटीहरु आन्दोलनमा क्म्पनिको अफिस घेरी रहेको छन । त्यहाँ सामान्य हातपात र तोडफोड पनि भएको जानकारी छ।

कामदारको अाईडी नवीकरण गर्न २६० देखि ४०० के डि कम्पनिले मागेको नत्र नेपाल फर्किनु भन्ने कुरा र नेपालबाट आएको ९ महिना सम्म ७५ के डि मात्र दिएर एक जना  पिडितले बताए।

पछिल्लो समय हामीले कुवेतमा एउटा कम्पनीमा भएको समस्या टिकटक देख्न सक्छौं।वास्तवमा यो समस्या किन र कसरी आयो त भनेर हामीले पिडित मेनपावर व्यवसायी तथा नेपाली दुतावास कुबेतका श्रम सहचारी हेमकुमार अधिकारीसँग पनि कुराकानी गरेका थियाै।कुवेतमा एक  कम्पनीमा काम गर्दै आएकाे कामदारमाथि कम्पनीले २६० के डि भिसाकाे  लागि  भनेर  रकम मागेपछि यो समस्या आएको हो। अनि कम्पनीमा काम गर्ने महिला कामदारले कम्पनीकाे अपिसमा नै तोडफोड गरेको समेत एकजना पीडित कामदारले स्वीकार गरे।

टिक टिकमा निकै भाइरल भएपछि हामीले नेपाली दुताबास कुवेतका श्रम सहचारी हेमकुमार अधिकारीसँग केही कुरा सोध्दा  हेमकुमार अधिकारीको जवाफ यस्तो थियो। कम्पनीमा काम गरिरहेका महिला कामदारको माग जायज थियो तर उनीहरुले कम्पनीमा तोडफोड तथा आम हड्ताल गर्नु हुने थिएन भनेर जवाफ दिए। कुनै पनि कामदारको सम्झौता विचैमा टुडे नेपाल फर्किनु परेमा मेनपावरले क्षतिपूर्ति व्यहोर्नुपर्ने समेत बताए।

याे समस्याकाे बारेमा मेनपावर व्यवसायीका सञ्चालकलाई समेत हामीले टेलिफोनमा कुराकानी गरेका थियौं। हामीले राखेको प्रश्नको उत्तर दिने क्रममा मेनपावर व्यवसायकाे सञ्चालकले कम्पनीमा भएकाे समस्याकाे समाधान जसरी पनि गर्नेछु भनेर भने। यदि मैले समस्याको समाधान गर्न सकिन भने अनि त्यसपछि नेपाली दूताबास कुबेतलाई भनेछु भनेर भने।

मेनपावरका सञ्चालकले नेपाली कामदारको माग जायज रहेको तर उनीहरुले कम्पनीमा तोडफोड तथा आम हड्ताल गर्नु हुने थिएन।  आमहडताल गरेर बसेका कामदारहरुलाई काममा जान आग्रह गर्दै जसरी पनि यो समस्याको समाधान गर्ने  मेनपावर सञ्चालकले  बताए।    कम्पनीमा काम गर्ने नेपाली महिला कामदारकाे मासिक तलब ७५ केडि छ तर ७५ केडिमा खाना तथा सम्पुर्ण खर्च गरेर ४० केडि अाउछ ३० के डि मात्रै बचने छ। याे भनेकाे एकदम न्यूनतम तलब हाे।


सम्बन्धित शीर्षकहरु

सिरियाली सरकारले मंगलबार आफ्नो सेनाले ISIS सँग सम्बन्धित सेलको नेतालाई मारेको र गत हप्ता सुरक्षाकर्मीमाथि भएको घातक आक्रमणमा संलग्न रहेको…

नेकपा (एमाले)को ११औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । महाधिवेशनको निर्वाचन…

तीतोपाटी – जन जागृति युवा समाज कुवेतले सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका समाजका कृयाशिल सदस्य लाल बहादुर तामाङलाइ १ लाख…

प्रतिकृयाहरू
...