Thursday 19th June 2025

चित्रमा पञ्चाङ्ग, भाग – ७७


चित्रमा पञ्चाङ्ग
===========
भाग: ७७
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८०/०५/०६
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रावती अधिकारी
चित्र सङ्कलन
———————–
डिल्ली राज घिमिरे
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको सतहत्तरौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १
हर कुराको समाधान खोज्ने टोली लिएर आऊ
खुल्ला मुखमा टालटुल गर्ने झोली लिएर आऊ
पुराना ती सामानहरू जतन गरी सजाउँदै
प्रसिद्ध हुन्छ भित्र्याउनलाई बोली लिएर आऊ
पहिचानको मस्यौदामा रङ्ग घोली लिएर आऊ ।
डिल्ली राज घिमिरे
भूमिकास्थान ९
अर्घाखाँची
पञ्चाङ्ग २
खोई किन हो कुन्नि आउनजान मन्द भयो
पैसाकै कारण उनीसँग नाता बन्द भयो
धेरैपछि आज आमाको सुर्के थैली सम्झिएँ
हाँगा, पात अनि फूल बिना मात्रै कन्द भयो
यो जिन्दगी कवितामा नमिलेको छन्द भयो ।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग ३
जताततै पैसा चालाउँने इञ्जन भयो
मिलाउँने छुटाउँने यो मात्र धन भयो
नातागोता सहि गलत तौल्ने यही तुला
यसको कब्जामा आज धर्ति गगन भयो
सकिन केहि गर्न धोधारमा मन भयो ।
सुरेशकुमार पाण्डे
दाङ घोराही १८
पञ्चाङ्ग ४
पैसा राख्ने झोला पनि आज थैली भयो
पुरानै रीतिरिवाज कस्तो शैली भयो
बाकसभन्दा बलियो थियो सुर्के थैली
आजभोली परम्परा किन छैली भयो
सोच्दा सोच्दै विचार पनि त घैली भयो ।
सोमनाथ लुइटेल “रवि पाल्पाली”
पञ्चाङ्ग ५
गोजी राखे पनि कात्रोको काम छैन
दौरा विनाको खल्तीको नि नाम छैन
संसारनै पैसामा अडेको छ आज
पैसाविना सुर्के थैलीको ठाम छैन
थोरै कुरामा नि आफ्नैको दाम छैन ।
देबकी के.सी.
पञ्चाङ्ग ६
अब पर्स होइन सुर्के थैलीको काम आयो
थैलीको भाग्य हेर त्यसमा सधैं दाम आयो
चोलो माथि पटुकी बाध्नेलाई छ प्यारो थैली
सबैले बिर्सिएको भएपनि त नाम आयो
बल्ल मान्छेहरूको घैँटोमा फेरि घाम आयो ।
नवराज भट्ट
कञचनपुर
पञ्चाङ्ग ७
सुर्के थैलीको राम्रो कुरा भयो
सारा अर्थ सुन्दा अधुरा भयो
प्राचीन संस्कृतिको याद आयो
आधुनिक कालमा पुरा भयो
यस्ता प्राचीन सबै झुरा भयो ।
शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा
पञ्चाङ्ग ८
आजकाल त पैसा राख्ने सुर्के थैली आउन थालेछन्
गाउँ शहर सबै तिर सुर्के थैली छाउन थालेछन्
पुरानो रिती रीवाजको जगेर्ना गर्नु राम्रो कुरा हो
महिला दिदी बहिनीले थैली किन्न धाउन थालेछन्
कलाकारले नि थैलीको मीठो गीत गाउन थालेछन् ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग ९
पीडामा मन दुःखी रहेको बेलामा हाँसु कसरी
आफ्नो मनका यी रहरहरू पनि मासु कसरी
तिमी त मलाई बीचबाटोमै छोडी गएकी थियौ
फेरि गाँसौ भन्छ्यौ प्रेमको सम्बन्ध गाँसु कसरी
छुटि सकेको माया थियो अङालोमा टाँसु कसरी ।

भरिन थाल्यो पैसाले भुर्के सिलाई दिनु पर्यो
सुन्नु न टेलर दाइ दुर्के सिलाई दिनु पर्यो
दिदी बहिनी लाई धरै बढि रहर भयो रे
जसरी हुन्छ थैली यो सुर्के सिलाई दिनु पर्यो
रङ्गी चङ्गी झाले माले फुर्के सिलाई दिनु पर्यो ।

भन्छिन प्रिया हेर्नुहोस् न पैसाको झोलि हरायो
राखेर म खोजन थाले बोकेको डोलि हरायो
देशमा बिदेसि फेसन आयदेखी त आचेल
पुरानो पहिरन मखमली त्यो चोलि हरायो
सबै हरायो बाँकी केही थिएन बोली हरायो ।

मनोज राना बन्गाड
कुपिण्डे ३सल्यान
पञ्चाङ्ग १०
१.
आधुनिक जमाना आयो बजारमा थैली हरायो
विदेशी पर्स पनि पायो बजारमा थैली हरायो
यसर्थ बेवास्ता गर्नु हुँदैन परम्परा कहिले
नेपाली पोसाक सकायो बजारमा थैली हरायो
आयातित कपडा लायो बजारमा थैली हरायो ।
२.
साँच्चै अब नेपाली पोशाक कथामा जिवित भयो
विदेशी कम्पनीलाई मात्रै फाइदा बिनित भयो
बर्ष दिनमा मनाइने सांस्कृतिक कार्यक्रममा
हाम्रो गुन्यु चोली,पटुका अनि थैली सिमित भयो
आफ्नोपन घट्दै आधुनिक जमानाको जित भयो ।
#पृथक प्रकृति ,झापा
पञ्चाङ्ग ११
आफ्नोलाई बिर्सिदै जाने अनि अर्कालाई सम्झिने गरायो आज
वर्षाैपछि हजुरआमालाई भेट्दा नातिनातिना डरायो आज
हामी र हाम्रो समाजको बारेमा केही सिकाउने चाहना थियो
हजुरआमाले केहि भन्नै लाग्दा नातिनातिना त करायो आज
आना,सुकी,मोहर पैसा थियो थैलीमा थैली नै पो हरायो आज ।
-पशपति राई खोटाङ ।
पञ्चाङ्ग १२
पुरानो चिज हो सुर्के थैलि हाम्रा केटाकेटीको टाँचो यो
ख्याल राख्नु दु: ख आपतमा खास काम लाग्ने साँचो यो
पुराना चिजको पनि काम आउँछ संग्रहालयमा सजाउन
कुनै दिन पर्सको विकल्पमा सबैलाई आउने छ खाँचो यो
बुढापाकाको अगाडि सुर्के थैलि केटाकेटीलाई काँचो यो ।
पारू अर्याल नेपाल
भरतपुर ,चितवन ।
पञ्चाङ्ग १३
सुर्के थैली कता हरायो आजकाल
आधुनिकताले भरायो आजकाल
प्राचीन बस्तुको विस्थापित हुँदैछ
नयाँ राम्रो भान गरायो आजकाल
प्राचीन नयाँमा सरायोआजकाल ।
शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग १४
कम्मरमा लुकाएको हुने गरेको सधैँ
गाँठो खोलाउन पनि गाह्रो परेको सधैँ
सुर्के थैलीको रहस्य रहन्थ्यो नि जहिल्यै
हेर्न चाहन्थ्यौं मोहर पनि झरेको सधैँ
बज्यैको गालीमा हुन्थ्यो खुसी दरेको सधैँ ।
टीकाराम जोशी, इमाडोल।
पञ्चाङ्ग १५
रीतिरिवाज चालचलन शैली फेरिएछ
मनको व्याथा लुकाउने त्यो थैली फेरिएछ
ढाकाको उत्तम बस्त्रले बनाएको सुन्दर
पटुकीमा बाँध्थीन आमाले मैली फेरिएछ
नासो पूर्खाको सन्ततिलाई कैली फेरिएछ ।
सरिता काफ्ले कोहलपुर ८ पिपरी बाँके
पञ्चाङ्ग १६
अचेल राष्ट्रिय गाई हराए कैलीहरू
जन गीतिका भाकाका हराए भैलीहरू
संरक्षक पनि अझ भक्षक भएपछि
एकार्काका सहयोगी हराए शैलीहरू
प्राचीन सङ्गालो राख्ने हराए थैलीहरू ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग १७
आमाले भन्नू हुन्थ्यो पैसा जम्मा गर्न सुर्के थैली चाहिन्छ
जोहो गर्नु पर्दछ हरेक काममा पैसा पैलि चाहिन्छ
अहिले जवाना फेरियो नविन प्रबिधिहरूले जित्यो
राम्रो काम कर्म र व्यवहारमा बोलिने शैली चाहिन्छ
आमाको मीठो उपाहार सगाँलेको राख्ने घैली चाहिन्छ ।
चेतना पोखरेल
मोरङ
पञ्चाङ्ग १८
पैसाको अभावले हराएको थैली
देखाउन कै लागि सजाएको थैली
बागमुखे थैली भोकै छ अचेल त
यदाकदा कन्तुरमा पाएको थैली
पसिनाको गन्धले अघाएको थैली ।
सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।
पञ्चाङ्ग १९
मेरि आमाले बोक्ने थैलि हराएको छ
आधुनिकले पर्स मन पराएको छ
ढिकि जातो सुपो हलो पुर्खाको निशानी
कला जोगाउ इतिहास कराएको छ
पहिचान गुम्दैछ प्रथा डराएको छ ।
संगीता खरेल
काठमाडौँ ।
पञ्चाङ्ग २०
कापी फेरियो किताबका ती पाना फेरियो
आधुनिकता छायो हेर जमाना फेरियो
देखिन्न प्रयोग कतै सुर्के थैलीको अब
काल गतिसँगै मान्छेको चाहाना फेरियो
खाना बदलियो शरीरको नाना फेरियो ।

वसन्त अनुभव
घोराही, दाङ
पञ्चाङ्ग २१
कता कता भित्री मन डराएको छ
पुर्खाको स्मारक थैली हराएको छ
जमाना हेन्डब्याग, पर्स बोक्ने आयो
युवाले फ्यासन मन पराएको छ
इतिहासमा सङ्कोच भराएको छ ।
अच्युत घिमिरे, सरपाङ, भुटान
पञ्चाङ्ग २२
आधुनिकताले पैसा राख्ने थैली हराएको छ
अहिलेका नयाँ नयाँ फेसनले शैली हराएको छ
पटुकी अनि चौबन्धिमा सिउरिने थैली आज ,
ढिकी, जातो , हलो र,कोदालो पैली हराएको छ
आजभोलि गीत ,भजन र भैली हराएको छ ।
दुर्गा भट्टराई
मोरङ
पञ्चाङ्ग २३
पौराणिक धन राख्ने सुर्के थैली चर्चामा थियो
आधुनिक बाकस जस्तै उ पनि दर्जामा थियो
आयो जमानाअनुसारको सामान बुझी नसक्नु
उ हराएको बर्ष धेरै भयो लाग्छ कर्जामा थियो
खोजेर भेटन सकिन टासिंएको फर्दामा थियो ।।
क्षितिज बिरु राना
वनगाड कुपिन्डे नगरपालिका ३ बडापोखरा सल्यान

पञ्चाङ्ग २४
आमा तिम्राे कम्मरमा हुन्थ्याे सुर्के थैली
त्याे बेलाकाे समाजले चुन्थ्याे सुर्के थैली
टन्न भए लक्ष्मी माता खुसी हुन्थ्याे खुबै
अलिकति थाेरै भए रुन्थ्याे सुर्के थैली
कला हुने जतिले तुन्थ्याे सुर्के थैली
चन्द्रावती अधिकारी
काेहलपुर बाँके

पञ्चाङ्ग २५
धेरै मन पर्ने थैली मेरो
कमरमा बाँध्ने शैली मेरो
आफ्नै देशको ढाकाको हो त
पुर्खाले बाँधेको पैली मेरो
थैली बदलेको ऐली मेरो ।
धनमाया चौधरी कैलाली


सम्बन्धित शीर्षकहरु

अमेरिकी सरकारले नेपाललाई दिँदै आएको अमेरिकाको अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई निरन्तरता दिने भएको छ। अमेरिकी राष्ट्रपतिमा…

बुधबार, इरानले रातभरको आक्रमणको नयाँ चरणको रूपमा इजरायलमा हाइपरसोनिक मिसाइलहरू प्रहार गरेको दाबी गरेको छ। देशका शीर्ष नेता, अयातुल्लाह अली…

इरानको आणविक, सैन्य र अन्य साइटहरूमा इजरायली आक्रमणको प्रतिक्रियामा शुक्रबारदेखि लगातार छैटौं दिन इरानी क्षेप्यास्त्र प्रहार हुँदा इजरायलभरका शहरहरूमा साइरन…

प्रतिकृयाहरू
...