Tuesday 15th September 2026

एसिया कप क्रिकेटः पाकिस्तानमाथि भारतको फराकिलो जित



एसिया कप क्रिकेटको सुपर फोरमा भारतले पाकिस्तानलाई फराकिलो अन्तरले हराएको छ।

कोलम्बोमा सोमबार भएको खेलमा भारतले पाकिस्तानलाई २ सय २८ रनले हराएको हो । भारतले दिएको ३ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले ३२ ओभरमा १ सय २८ रन मात्र बनाउन सक्यो।

पाकिस्तानका लागि सबैभन्दा बढी रनमा फखर जमानले २७ रन जोडे। त्यस्तै सलमान अलि र यफ्तकर अहमेदले समान २३–२३ रन बनाए। पाकिस्तानका कप्तान बाबर आजमले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङमा भारतका कुलदिप यादवले ५ विकेट लिएका थिए । त्यस्तै जस्प्रीत भुम्राह, हार्दीक पाण्ड्या र सार्दुल ठाकुरले एक–एक विकेट लिए ।

त्यसअघि आइतबार वर्षाले खेल प्रभावित भएपछि सोमबारदेखि सुरु भएको खेलमा भारतले २ विकेटको क्षतिमा ३५६ रन जोडेको थियो । भारतका लागि विराट कोहली र केएल राहुलले शतक प्रहार गरे ।

कोहलीले ९४ बलमा ९ चौका र ३ छक्काको मद्दतमा नटआउट १२२ रन र राहुलले १०६ बलमा १२ चौका र २ छक्काको मद्दतमा १११ रन जोडे । कोहलीले यसै खेलमा आफ्नो १३ हजार रन समेत पूरा गरेका छन् । कोहलीको यो ४७औं एकदिवसीय शतक हो।


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको मुस्लिम बहुल Bangsamoro Autonomous Region in Muslim Mindanao (BARMM) मा पहिलो पटक संसदीय चुनाव भइरहेको छ। यस चुनावमा करिब…

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक फेरी पल्टिएपछि बेपत्ता भएका १२९ जनाको खोजी कार्य तीव्र पारिएको छ। खराब मौसमका कारण आइतबार Virgo…

१८ दिनदेखि रातदिन नभनी खोला किनारमा जोखिम मोलेर उद्धारमा खटिएका सागर ढकालले विदेशी सञ्चारमाध्यममा प्रकाशित आरोप तथा नकारात्मक भाष्यप्रति आपत्ति…

प्रतिकृयाहरू
...