Sunday 6th September 2026

किरात राई यायोक्खा कुवेतको “प्रथम यायोक्खा सांगीतिक धमाका” आगामी १२ अप्रिलमा हुने



कुवेत – किरात राई यायोक्खा कुवेतको “प्रथम यायोक्खा सांगीतिक धमाका” आगामी १२ अप्रिल २०२४ मा हुने भएको छ ।

कुवेतको नेपाली समाजमा ‘भाषा, संस्कार, सस्कृतिको सरंक्षण, किरातिहरुको साझा अभियान’ भन्ने मुल नाराका साथ १४ मार्च २०१४ मा स्थापना भएको किरात राई यायोक्खा कुवेतले १०औं वार्षिकोत्सव तथा नयाँ वर्ष २०८१ को अवसरमा नेपाल बाट अतिथि कलाकार ल्याई “प्रथम यायोक्खा सांगीतिक धमाका” आगामी २०२४ अप्रिल १२ तारिख शुक्रबारको दिन गर्न लागिएको महासचिव रोशन राईले जानकारी दिएका छन ।

नेपालदेखि आउने अतिथि कलाकार र कुवेतको कुन स्थानमा कार्यक्रम गर्ने भन्ने बारेमा केही समय पश्चात् टुङ्गो लाग्ने महासचिव राईले बताए । कार्यक्रममा स्थानीय कलाकारको समेत प्रस्तुती रहनेछ । कुवेतको नेपाली समाजमा स्थापना भएका जातीय सस्था मध्य किरात राई यायोक्खा पनि हरेक गतिविधिमा सकृय छ । सस्थाले कुवेतमा मात्र नभई मातृभूमिमा समेत उल्लेखनीय मानवीय सेवा तथा सामाजिक कार्य गर्दै आएको छ ।

उक्त दिन कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ संस्थाका अध्यक्ष / प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी, व्यवसायी एवं बुद्धिजिवि र नेपाली दाजुभाई तथा दिदिबहिनिहरु “प्रथम यायोक्खा सांगीतिक धमाका” कार्यक्रममा उपस्थित भई शोभा बढाईदिनको निम्ति समेत किरात राई यायोक्खा कुवेतले अनुरोध गरेको छ । साथै उक्त दिन कुवेतमा रहेका नेपाली संघ सस्थाले कुनै पनि कार्यक्रम नजुधाईदिन पनि आग्रह गरेको छ ।

कार्यक्रम हुने मिति , स्थान र समय निम्न रहेको छ ।
मिति – १२ अप्रिल २०२४, शुक्रवार ।

स्थान – तय नभएको ।

समय- तय नभएको ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी…

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा…

इन्डोनेसियाको माउन्ट अनाक क्राकाटाउ (Anak Krakatau) ज्वालामुखी पुनः सक्रिय भएर ठूलो मात्रामा ज्वालामुखीय खरानी आकाशमा फैलाएपछि जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलको…

प्रतिकृयाहरू
...