Saturday 3rd October 2026

बेलायती प्रधानमन्त्रीले गरे नयाँदिल्लीमा हिन्दु मन्दिरको दर्शन



बेलायती प्रधानमन्त्री ऋषि सुनक पत्नी अक्षता मूर्तिसँग आइतबार बिहान अक्षरधाम मन्दिर पुगेका छन् ।

यहाँ उनले सबै विधिपूर्वक भगवान स्वामी नारायणको दर्शन गरेका थिए । वर्षाको बीचमा प्रधानमन्त्री सुनक पत्नीसहित मन्दिर पुगेका हुन्। जी–२० शिखर सम्मेलनमा सहभागी हुन भारत पुगेका प्रधानमन्त्री सुनकले आफू हिन्दू भएकोमा गर्व गरेको बताएका थिए ।

बेलायती प्रधानमन्त्री ऋषि सुनक भर्खरै बेलायतमा आयोजित मोरारी बापुको कथामा पनि सहभागी भएका थिए । जहाँ उनले रामायणजीको आरतीसमेत गरेका थिए । सो कथालाई सम्बोधन गर्दै बेलायती प्रधानमन्त्रीले जय श्रीरामको नारा लगाएर शुरुवात गरेका थिए । यस क्रममा उनले हिन्दू धर्मले आफ्नो जीवनको हरेक पक्षमा मार्गदर्शन गर्ने र बेलायतको प्रधानमन्त्रीका रूपमा आफूलाई सक्दो गर्ने साहस दिएको बताए ।

सम्बोधनका क्रममा उनले सो कार्यक्रममा हिन्दू भएर आएको बताएका थिए । धर्म मेरो लागि व्यक्तिगत कुरा हो। प्रधानमन्त्री बन्नु ठूलो सम्मान हो तर यो सजिलो काम होइन। उनले भने कि हामीले धेरै कठिन निर्णयहरू, कठिन विकल्पहरू लिनु पर्छ र मेरो धर्मले मलाई मेरो देशको लागि राम्रो गर्नको लागि साहस र बल दिन्छ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...