Sunday 6th September 2026

मोरक्को भूकम्पमा मृत्यु हुनेको संख्या २ हजार नाघ्यो ।



एजेन्सि शुक्रवार राति गएको भूकम्पमा मृत्यु हुनेको संख्या २००० नाघेको छ। भूकम्पले मोरक्कोमा ठूलो क्षति पुर्‍याएको छ, जसबाट मोरक्कोलाई पुनः प्राप्ति हुन लामो समय लाग्नेछ।

अमेरिकी भूगर्भ सर्वेक्षणको रिपोर्ट अनुसार मोरक्कोमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो। यस भूकम्पको केन्द्रबिन्दु माराकेशबाट ७२ किलोमिटर दक्षिणपश्चिममा थियो। मोरक्को सरकारले भूकम्पमा हालसम्म २०१२ जनाको मृत्यु भएको र २०५९ जना घाइते भएको बताएको छ।

जसमध्ये १ हजार ४ सय ४ जनाको अवस्था गम्भीर छ। यस्तो अवस्थामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

मोरक्कोको कासाब्लान्का र रबात सहरहरूमा पनि शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको मानिसहरूले बताएका छन्। एकजना वृद्ध महिलाले आफूहरू सुतिरहेका बेला अचानक ढोका ढल्किएको आवाज सुनेको बताइन्। यो देखेर उनी डराए र तुरुन्तै घरबाट भागिन्।

उत्तर अफ्रिकी देश मोरक्कोमा विगत १२० वर्षमा यो सबैभन्दा शक्तिशाली भूकम्प भएको बताइएको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी…

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा…

इन्डोनेसियाको माउन्ट अनाक क्राकाटाउ (Anak Krakatau) ज्वालामुखी पुनः सक्रिय भएर ठूलो मात्रामा ज्वालामुखीय खरानी आकाशमा फैलाएपछि जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलको…

प्रतिकृयाहरू
...