Sunday 5th April 2026

समय सुरु, नेपालले पहिले बलिङ गर्ने


नेपाली क्रिकेटले लामो समयदेखि प्रतीक्षा गरिरहेको ऐतिहासिक पल सुरु भएको छ । एसिया कमको पहिलो खेल सुरु भएको छ । खेलमा नेपालले टस हारेर पहिले बलिङको निम्तो पाएको छ । आज नेपाल आइसीसी बरियताको नम्बर एक टिम पाकिस्तानसँग उसकै होमग्राउण्ड मुल्तानमा खेल्दैछ ।

आजको खेलमा नेपाल रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रिँदैछ । नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), आरिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने र ललित राजवंशी मैदानमा उत्रिँदैछन् ।

यस्तै पाकिस्तानको तर्फबाट फखर जमाँ, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), आगा सलमान, इफ्तिकर अहमद, शदाब खान, मोहम्मद नवाज, शाहीन शाह आफ्रिदी, नसीम शाह र हरिश रउफ मैदानमा उत्रिँदैछन् । पाकिस्तानले आजको खेलको प्लेइङ ११ हिजै घोषणा गरेको थियो ।

आजको खेलमा नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिनेछ । १० टिम सहभागी एसीसी प्रिमियर कपको विजेताको रुपमा नेपालले एसिया कप खेल्दैछ । यसअघि एसिया कप खेलिसकेका युएइ, हङकङ जस्ता प्रतिस्पर्धीलाई उछिनेर यहाँ पुगेका नेपाली खेलाडीको मनोबल यसै पनि उच्च हुनेछ । यसबाहेक नेपालले विश्वकप लिग २ मा पनि पछिल्लो १२ मध्ये ११ खेल जितेको छ ।

आजको खेल नेपालको लागि प्रतिष्ठाको खेल हुनेछ । आइसीसीको पूर्ण सदस्य तथा एकदिवसीय बरियतामा शीर्ष स्थानमा रहेको पाकिस्तानसँग खेल्न पाउनु १५ औं बरियतामा रहेको नेपालको लागि निकै ठूलो अवसर हो । नतिजा जे भए पनि बलियो टिमसँगको यो खेलले नेपाली खेलाडीलाई धेरै सिक्ने अवसर दिनेछ । सिनियर टिमको रुपमा नेपालको यो कुनै पनि फरम्याटमा पाकिस्तानविरुद्ध पहिलो खेल हो ।


सम्बन्धित शीर्षकहरु

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

प्रतिकृयाहरू
...