“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८०/०५/०४
………………………………..
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : खिर, चीर, छिर झिर, तिर, धिर, नीर, पीर, भिर, शिर आदि ।
दोहोरिने अन्तिम शब्द :- आफूखुसी ।
अक्षर संख्या :- ५ देखि २५
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
नोट : इच्छार्थ भाव प्रकट गरिएको पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
पञ्चाङ्ग १
थोरै रिस अनि मनमा पीर दिएर
उठाउनु छ पञ्चाङ्गमा शिर दिएर
जन्मियो नेपाल लु .प्र साहित्य विधामा
जगाउने हो विश्वव्यापी तिर दिएर
चम्काउने हो रातो रंग नीर दिएर ।
डिल्ली राज घिमिरे
अर्घाखाँची
पञ्चाङ्ग २
ढल भित्र पस्ने दुवै खोला र तिर कस्तो
वर्षौँ बिते फुत्किँदैनन् त कुरा धिर कस्तो
गद्दारीमा इमानदारी कति विश्वासिलो
चोरी गरेर पनि ठाडो हुने शिर कस्तो
चोरी माथि ठग्न पाइन भन्ने पीर कस्तो ?
सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।
पञ्चाङ्ग ३
नाग पुज्दा शिर चाहिन्छ
पुजा गर्दा खिर चाहिन्छ
शिर हेरेर पूजा नाग्को
जता पाखो छ भिर चाहिन्छ
सर्प दुख पीर चाहिन्छ ।
म प्र धि
पञ्चाङ्ग ४
जस्तोसुकै विपद्मा नि धीर बनाएर
राख्नुपर्छ लक्ष्य भेट्ने तीर बनाएर
डराउन्नँ चुनौतीको चुली देखेर नि
देखाउँछु आफैँलाई निर बनाएर
बाँच्न पाऊँ सधैँ ठाडो शिर बनाएर ।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग ५
पञ्चाङ्गमा खुसी अनि पीर हुनुपर्छ
दुश्मनका लागि तिखो तिर हुनुपर्छ
सिङ्गो धर्ती बोकेको हुनुपर्छ पञ्चाङ्ग
वाचन गर्दा स्वादिलो खिर हुनुपर्छ
जगतमा सधैँ उचो शिर हुनुपर्छ ।
चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके
पञ्चाङ्ग ६
जानू कता यता खाल्टो छ उता भीर परेको छ
कतै बार कतै काँडै काँडा झिर परेको छ
के हो पञ्चाङ्ग र विधा नबुजेरै आज मैले
साथीभाईका ति वचनको तिर परेको छ
मनमा धेरै तनाव अनि पीर परेको छ ।
चेतना पोखरेल
मोरङ
पञ्चाङ्ग ७
अचेल झरीको झरी पिर मात्र भएको छ
यथार्थ हजुर दुख्ने शिर मात्र भएको छ
प्रकृतिसँग मान्छेको केही लाग्दैन रहेछ
नितान्त दुखाइ दिने तिर मात्र भएको छ
परिस्थिति पनि भिरै भिर मात्र भएको छ ।
#पृथक प्रकृति
झापा
पञ्चाङ्ग ८
जीवनमा थोरै खुशी अनि पीर हुनुपर्छ
अर्जुनको जस्तो निशाना र तिर हुनुपर्छ
जीवनमा केही गर्छु भन्ने लक्ष्यले हिँडेमा
बोली वचनमा पनि आफ्नो धिर हुनुपर्छ
हाम्रो जीवनमा सधैं उच्च शिर हुनुपर्छ ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग ९
भाईचाराको संस्कृतिले आज हाम्रो ठाडो शिर छ
चटकी जोगि बाबा आए भने सबैलाई पिर छ
भाँडभैलो गराउनेदेखि रहनु होसियार छ
काँध हालौँ एकता तल छियाछिया पार्ने भिर छ
मिठो बोलिबचनमा भुल्याउने ऊसँग तिर छ ।
टीकाराम जोशी, इमाडोल।
पञ्चाङ्ग १०
वेइमान थियो दोश लगायो म तिर उस्ले
मिठो तर विषालु खुवायो सधै खिर उस्ले
चिन्न गाराभयो दुश्मनलाई यो आवर्णमा
बोलाउँदा जैहिले पनि हुन्थे हाजिर उस्ले
छाप छोड्यो सधैलाई मस्तिकमै पिर उस्ले ।
सुरेशकुमार पाण्डे
दाङ घोराही १८
पञ्चाङ्ग ११
प्रयोगात्मक खिर छोप्यौ
अनौठो गरि झिर छोप्यौ
रहेछौ नौटङ्की नौरङ्गी
तृष्णाको लोभी तिर छोप्यौ
खसाल्नलाई भिर छोप्यौ ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग १२
हाँसी हाँसी जिन्दगीको भिर सम्झेर
रुन मन लागेको छ पिर सम्झेर
कस्तो होला भनी सोधेँ गोधूलिमा म
फेरि रोएँ दोभानको तीर सम्झेर
मुस्कुराएँ पन्ध्रौं चुली शिर सम्झेर ।
– आर्त अकुलीन
पञ्चाङ्ग १३
कतै खुसी कतै पीर दिएर
माछी जस्तै उन्ने झीर दिएर
बाँच्न बाध्य पार्यौ ए है निष्ठुरी
बाटो घाटो सबै भीर दिएर
अनि सधैँ झुक्ने शीर दिएर ।
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे
पञ्चाङ्ग १४
मुख मीठो पार्न खिर भए राम्रो
एक आपसमा धिर भए राम्रो
मान्छेलाई जति भए नि नपुग्ने
हर्ष साथ उच्च शिर भए राम्रो
धेरै खुशी थोरै पिर भए राम्रो ।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग १५
देशले माग्दा जसले रगत दिन्छ तब न उ वीर हुन्छ
गला रेटी चढाएर भेटी आउँदा पनि ठाडो शिर हुन्छ
यस्तो सौभाग्य कहाँ मिल्छ र पटक-पटक जो कोहीलाई
जसको एक दिन मरेर युगौ युग बाँच्ने तक्दिर हुन्छ
लोकको हातमा उसैलाई चढाउने फुल अबिर हुन्छ ।
-पशपति राई खोटाङ ।
पञ्चाङ्ग १६
यो दुनियाँमा कसलाई पीर हुँदैन,
मन नपर्नेलाई मिठो खिर हुँदैन,
गहिराईमा जीवन बिचित्र लाग्छ नि,
समतल त्यो भु-भागमा भिर हुँदैन,
मनमा शान्ति नभएमा धिर हुँदैन ।
शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग १७
जिन्दगीमा धेरै खुशी भन्दा बढी पीर हुन्छ
सक्षम ब्याक्तीको सधैं -सधैं ठाडो शिर हुन्छ
केही गर्छु भनी अठोट लिइ हिडेको मान्छे
कर्मठ मान्छेको बोलीमा निशानी तिर हुन्छ
असल व्यक्तिमा चाहिँ सत्यता र धिर हुन्छ ।
दुर्गा भट्टराई
मोरङ
पञ्चाङ्ग १८
भिम लडाउने विष भएको खिर छ यहाँ
रावणको नाभि छेड्ने धारिलो तिर छ यहाँ
सकारात्मक नकारात्मक देख्छ मानिसले
चक्रव्युहमा मर्ने अभिमन्यु वीर छ यहाँ
देशभक्तिमा झुक्ने हाम्रो उँचो शिर छ यहाँ ।
निर्मला सुवेदी,बागलुङ ।
पञ्चाङ्ग १९
उही बाहादुर, जो शिरमा उभियो
अप्ठ्यारो स्वीकारेर भिरमा उभियो
जहाँ इच्छा त्यहाँ उपाय निस्कने छ
अप्रत्यय छोडेर पीरमा उभियो
खटेर धैर्यशाली धीरमा उभियो ।
अच्युत घिमिरे, सरपाङ, भुटान
पञ्चाङ्ग २०
जिन्दगी भर न उँठ्ने सिर दिएर गयौ निष्ठुरी
खुःसि सबै लियौ मलाई पिर दिएर गयौ निष्ठुरी
आफ्नो भाग्य बलियो बनाउँछु भनेर टाडियौ
मलाई मेरै फाटेको तक्दिर दिएर गयौ निष्ठुरी
मलाई मात्र तनाब आखिर दिएर गयौ निष्ठुरी ।
मनोज राना बन्गाड
कुपिण्डे ३सल्यान