Friday 20th June 2025

चित्रमा पञ्चाङ्ग, भाग – ७६


चित्रमा पञ्चाङ्ग
===========
भाग: ७६
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८०/०४/३१
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रावती अधिकारी
चित्र सङ्कलन
———————–
गुणनिधि घिमिरे
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको छयत्तरौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १
हाम्रो देशको नेता यस्तै छन् जस्तो लाग्छ
देशको सम्पत्ति च्याप्ने कति सस्तो लाग्छ
यसैगरी खाएका रहेछन् नि त बाबै
बालेनले गरेको काम नि, कस्तो लाग्छ
कुकर्म लुकाउँदै छ पाटी, यस्तो लाग्छ ।
सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।
पञ्चाङ्ग २
कुरा मात्रै गर्दा नि अब त यस्तो लाग्छ
नेताको मुखभित्र कुभिण्डो जस्तो लाग्छ
रावणका सोच्ने दस टाउका थिए रे
देश लुट्ने हजार हात छन् कस्तो लाग्छ
महँगो चाल छ तर बोली सस्तो लाग्छ ।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग ३
शक्तिको दुरुपयोग जस्ले पनि गर्दो रहेछ
फेला पारेसम्म बाँदर पेट पाल्न झर्दो रहेछ
सदन सडक नागरिकले बिरोध गर्दा मान्छे
जनताको आँखा छलेर पैसा भन्दा मर्दो रहेछ
अख्तियारको जाँच आलटाल गर्दै टर्दो रहेछ ।
सुरेश चन्द्र घिमिरे
हाल कपन
पञ्चाङ्ग ४
बाँदर पनि सारै लोभमा पर्यो जस्तो लाग्छ
हजूरलाई कस्तो लाग्यो मलाई यस्तो लाग्छ
प्रकृतिको देन हो सबैले खान पाउनै पर्ने
मेरा बिचारमा सबै स्वतन्त्र हौं कस्तो लाग्छ
पाखा पखेरामा अंझैपनि अंबा सस्तो लाग्छ ।
सुरेशकुमार पाण्डे
दाङ घोराही १८
पञ्चाङ्ग ५
लोभीको भाँडो उभिन्डो भरिन्न कहिल्यै
आफू त यस्तो लोभमा परिन्न कहिल्यै
धैर्यथा भन्ने देखिन्न किन हो धेरैमा
पाएको भन्दा आस क्यै गरिन्न कहिल्यै
यस्ताको भोक सजिलै टरिन्न कहिल्यै ।
घनश्याम पौडेल
,पोखरा
पञ्चाङ्ग ६
आज मात्रै होइन भोलिको पनि चिन्ता गरेको छ
बाँदरले पाए के बाँकी राख्थ्यो र स्कुस भरेको छ
अझ बारिमा कति बितण्डा मचाए छ थाह छैन
मेहनत गर्ने अर्क‌‌ै छ बाँदर फेला परेको छ
उसले जंगल छाडेर यहाँ नजिक‌ सरेको छ ।
नवराज भट्ट
कञ्चनपुर
पञ्चाङ्ग ७
लोभ र पाप भरिए पछि मनमा जे गर्छ
चोर्न र लुट्न पछि पर्दैन धनमा जे गर्छ
कलियुगको जमानामा खै के भयो बिकृति
अर्काको सित्तैमा पाए कोच्छ तनमा जे गर्छ
मनपरी मार्छ बलात्कार जनमा जे गर्छ ।
तारा घिमिरे स्वेच्छा
सङ्खुवासभा
पञ्चाङ्ग ८
बाँदर फेला परेको छ गाउँमा
चक्चक गर्न झरेको छ गाउँमा
हात मुख खुट्टा समेतले च्यापि
स्कुस ओसार्दै भरेको छ गाउँमा
जंगल बाट सरेको छ गाउँमा ।
सरस्वती श्रेष्ठ
इटहरी
पञ्चाङ्ग ९
गाउँ यही अनि शहर यही हो
सुन्दर खुशीको लहर यही हो
प्रवृत्ति सबैका फरक फरक
पेट पालनको ठहर यही हो
सान्सारिक मीठो रहर यही हो ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग १०
मेहनतको फल सजिलोसँग खान्छ बाँदरले
किसानको महत्त्वपूर्ण उमंग लान्छ बाँदरले
खेत बारीमा पस्छ घरीघरी शासन जमाउछ
सायद यसैगरी आफ्नो जीवन धान्छ बाँदरले
गर्दैन केही अरुको कमाई त छान्छ बाँदरले ।
#पृथक प्रकृति ,झापा
पञ्चाङ्ग ११
चिमोटि हाल्छ त अलिकति मुना पलायो भने
उठाउदैन सिन्का हावाले कतै ढलायो भने
नेताको आनीबानी कस्तो बाँदरे प्रवृति जस्तो
चिथोरी पो हाल्छ बिरोधले मुख चलायो भने
आफैंले कुम्ल्याउछन् किसानले क्यै फलायो भने ।
-पशपति राई खोटाङ्ग
पञ्चाङ्ग १२
देशैभरि सुनको खेती लगाए हुन्थ्यो
सुनकै गहना लगाउन पाए हुन्थ्यो
आकाशमा फल्छ पातालमा हराउँछ
पहेंलो फल बोटबोट फलाए हुन्थ्यो
बनकर स्यालहरूले नै खाए हुन्थ्यो ।
होम प्रसाद नेउपाने
धरान ,सुनसरी ।
पञ्चाङ्ग १३
लुट्नसम्म लुट्न जान्ने बाँदरझैँ नगर्नु बानी
अर्काको त्यो आफ्नै ठान्ने बाँदरझैँ नगर्नु बानी
मागी खानेको पेट जहिल्यै हुने रहिछ रित्तै
गलफुलो पनि तान्ने बाँदरझैँ नगर्नु बानी
नपाए त रिस मान्ने बाँदरझैँ नगर्नु बानी ।
टीकाराम जोशी, इमाडोल ।
पञ्चाङ्ग १४
हरियाली सुन्दर दृश्यमा व्यंग्यचित्र दिलको छ
रमाइला ती पलहरू अपार आफैँ खिलको छ
महत्वाकांक्षी लोकप्रियहरूको भार हुँदै जाँदा
चोखो माया हुँदैन होला भन्ने कुरा जटिलको छ
जीवनयात्रा कठिन अञ्जुली थापेँ मन्जिलको छ ।
डिल्ली राज घिमिरे
अर्घाखाँची
पञ्चाङ्ग १५
शक्तिको दुरुपयोग त जस्ले गरेका छन्
सित्तैको अलकत्रले त्योभुँडी भरेको छन्
नेताको बानी पनि बादर जस्तै देखियो ,
बिकास छाेडेर भ्रष्टाचारमा झरेका छन्
बरु बिकास हैन पैसा तिर सरेका छन् ।

आफ्नै देशमा सुन फलाए हुन्थ्यो
सबैले राम्रा गहना लाए हुन्थ्यो
तर के गर्नु ल्हासामा सुन छ रे
बल्ल ल्याको सुन नहराए हुन्थ्यो
आफ्नै देशमै सुन खानी पाए हुन्थ्यो ।

दुर्गा भट्टराई
मोरङ
पञ्चाङ्ग १६
लौ हेर न बाँदरले ईस्कुस खाएछ बरै
दुबै हात अनि मुखैभरी नै लाएछ बरै
प्राणीलाई पेटभरी खानैपर्ने हुन्छ हेर
यति घेरै ईस्कुस हेर कहाँ पाएछ बरै
भोक लागेर दिनहुँ यसले धाएछ बरै ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग १७
काम गर्ने कालू मकैँ खाने भालु भएको छ
भुँइमा झरेका फल कहाँ फालु भएको छ
लटरम्म फलेथ्ये स्कुस सपना सजाउँदै
सघर्षको खेती नाशिएर आलु भएको छ
वाँदरलाई पो आरनमा गालु भएको छ ।
सरिता काफ्ले कोहलपुर ८ पिपिरी बाँके
पञ्चाङ्ग १८
दुःखीले आँसु नझारेको दिन हुदैँन
सुखीले दुःखी नलुटेको छिन हुदैँन
लोभ भयो सब चकचकी गराउने
बांदरके इस्कुस च्याप्न झिन हुदैँन
नेताले विवरण छिन्न घिन हुदैँन ।
अच्युत घिमिरे, सरपाङ भुटान
पञ्चाङ्ग १९
लोभ जागेको नेता जस्तो यिनको चाल छ
दुबै हातमा फल पाउँदा कस्तो हाल छ
लोभले लाभ निम्ताउछ थाहाँ हुदापनि
काहिले नअगाउने त्यो अनौठो ताल छ
बाँदर भ्रष्ट नेता दुबै उस्तै बेहाल छ ।
संगीता खरेल
काठमाडौँ
पञ्चाङ्ग २०
खोसेर खाने सबैले अर्काकै हो
दैनिक धाउँदा उतै फर्काकै हो
सकिन्न रहेछ सहि बाटो हिडाउन
सयौंपटक उसलाई थर्काकै हो
वर्षौंदेखि दु:खले मुटु चर्काकै हो ।
प्रदीप के रिमाल
इटहरी, सुनसरी।
पञ्चाङ्ग २१
हिजो आज चोर बाँदरहरुको लर्को लाग्छ
तरकारी खान्छ सवै किन्न पनि चर्को लाग्छ
आफुले मात्रै खाने यो कस्तो प्रवृत्ति होलानी
महँगी भयो अतिनै सम्झिँदा त झर्को लाग्छ
किसानको दुख देख्दा मलाई त फड्को लाग्छ ।
उर्मिला के.सी.
धनकुटा !
पञ्चाङ्ग २२
दिग्दारीले जताएको छ
नोक्सानले बताएको छ
बाली भित्र्याउने बेलामा
मनैदेखि मताएको छ
बाँदरले सताएको छ ।
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे
पञ्चाङ्ग २३
पेट भरिए पनि मन खाली छ
खुवाउनै पर्यो घरमा काली छ
बाँडीचुँडी खाने हो मान्यता मेरो,
हेर्नै पर्यो आफ्नो साला र साली छ
दाइभाइ पछि उनकै पाली छ ।
वसन्त अनुभव
घोराही, दाङ


सम्बन्धित शीर्षकहरु

कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले आउदो ११ जुलाई २०२५ शुक्रवारको दिन छैटौं महाअधिवेशन कार्यक्रम गर्ने भएको छ…

अमेरिकी सरकारले नेपाललाई दिँदै आएको अमेरिकाको अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई निरन्तरता दिने भएको छ। अमेरिकी राष्ट्रपतिमा…

बुधबार, इरानले रातभरको आक्रमणको नयाँ चरणको रूपमा इजरायलमा हाइपरसोनिक मिसाइलहरू प्रहार गरेको दाबी गरेको छ। देशका शीर्ष नेता, अयातुल्लाह अली…

प्रतिकृयाहरू
...