“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८०/०४/२९
………………………………..
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : आफूखुसी ।
दोहोरिने अन्तिम शब्द :- आफूखुसी ।
अक्षर संख्या :- ५ देखि २५
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
नोट : इच्छार्थ भाव प्रकट गरिएको पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
पञ्चाङ्ग १
मृत्यु सजिलो होस्
नाता कसिलो होस्
इच्छा जीवनको
मुख हँसिलो होस्
जिउ रसिलो होस् ।
सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ
पञ्चाङ्ग २
कमिसनमा रमाउनेको, हातमा सत्ता छ
प्रभुको पाउ समाउनेको, हातमा सत्ता छ
तिमी सु-साशीत र, समृद्ध नेपाल खोज्छौ
जसरी हुन्छ कमाउनेको, हातमा सत्ता छ
बोल्यो कि नेल थमाउनेको, हातमा सत्ता छ ।
चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके
पञ्चाङ्ग ३
होस् नजिक प्रेममय बनोस् असाध्यै सफा मनले
हाम्रो जोडी रसिक छन् भन्छन् रच्नुछ कथा मनले
दु:ख र सुख साथमा रहने कसम खाउँ हामी
ममता खुलोस्, उदकले भरिएको घडा मनले
इच्छा पूर्ण होस् जिन्दगी नै पल्लवित लता मनले ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग ४
बसमा पनि त सधैभरी ठेलाठेल हुन्छ
राहदानी बनाउँदा पनि पेलापेल हुन्छ
धेरै अप्ठ्यारो बाटो उस्तै मौसम वर्षाको
समयमा नपुग्दा सबै योजना फेल हुन्छ
नेताको त भनाई र गराई वेमेल हुन्छ ।
सुरेशकुमार पाण्डे
दाङ घोराही १८
पञ्चाङ्ग ५
जनताको प्रिय राजा मार्ने देश नेपाल हो
पाण्डवले जस्तै सबै हार्ने देश नेपाल हो
कति लुट्छौ जनतालाई मरेर लानु छैन
नेपालीलाई बिचल्ली पार्ने देश नेपाल हो
जनतालाई नेताले दार्ने देश नेपाल हो ।
सोमनाथ लुइटेल ” रवि पाल्पाली ”
पञ्चाङ्ग ६
पुर्वमा उदाउँछ रवि बिहान उषाले डाकेपछि
बर्षात हुन्छ धरतीमा कालो बादलले ढाकेपछि
प्रकृतिको नियम कसले उलङ्घन गर्न सक्छ र
जानै पर्छ त संसार छोडेर दैबले नै ताके पछि
नझरी रहदैन बोटमा कहिले बाली पाकेपछि ।
तारा घिमिरे स्वेच्छा
सङ्खुवासभा खांदबारी – ३ मानेभञ्ज्याङ
पञ्चाङ्ग ७
आफ्नो अनुहार आफैंले देखिन्न ए हजुर
आफ्नो गल्ती पनि आफैंले भेटिन्न ए हजुर
माथि चढे झैँ लागे पनि यात्रा हुन्छ ओरालो
जबसम्म अरुको गाली थेगिन्न ए हजुर
आफन्तको झुटा प्रशंसा टेकिन्न ए हजुर ।
-पशपति राई खोटाङ ।
पञ्चाङ्ग ८
फलको रस राम्रो
कामको जस राम्रो
गाउँ घर समाज
विकासे टस राम्रो
खुसीमा बस राम्रो ।
– आर्त अकुलीन
पञ्चाङ्ग ९
नलाग्ने काम फटाह जाली मात्र भए
समाजमा सेवा गर्दा गाली मात्र भए
बलात्कारी थिएन समाजको निर्दोष
फूलको हत्यारा गर्ने माली भात्र भए
समाजमा विसङ्गती ताली मात्र भए ।
१
पञ्चाङ्ग
तताउनु सम्म ऊ तताउँदै छ झोल पारेर गयो
शहरको मान्छेले सताउँदै छ झोल पारेर गयो
नियतीले पनि ठग्नु सम्म ठगेको भएर होला लौ,
वैरी यस्तो शाब्दिक बताउँदै छ झोल पारेर गयो
बहर गोरु जस्तै रताउँदै छ झोल पारेर गयो ।
२
डिल्ली राज घिमिरे
अर्घाखाँची
पञ्चाङ्ग १०
चौतारीमा मलाई कुरी बस्नु
आएन भने खाल्डो पुरी बस्नु
आस गर्नु भरोसा नपर्नु है,
मेरा लालाबालाको जुरी बस्नु
एकै ठाउँ नभइ उरी बस्नु ।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग ११
नेता चैं सबै फटाहा जाली भए
राम्रो काम गर्नेलाई गाली भए
भ्रष्टाचारी सधैं पैसा मै उम्कने
सामाजिक बिकृतीमा ताली भए
फूल मास्ने बलात्कारी माली भए ।
दुर्गा भट्टराई
मोरङ
पञ्चाङ्ग १२
अँध्यारो नै देख्छु लाखौँ तारा लागे पनि
भ्रष्टाचार हराएन सारा लागे पनि
जालझेल षडयन्त्र गर्न पल्किएका
मान्छे किन टेर्थे जति नारा लागे पनि
कस्ले हेर्छ आमा आँसु धारा लागे पनि ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग १३
नेपालको सत्तामा जाली पाईन्छ यहाँ
राम्रो काम गर्नेले गाली पाईन्छ यहाँ
राजनेता बन्न खोज्ने भ्रष्ट नेताहरू
भ्रष्ट नेता परे नि ताली पाईन्छ यहाँ
मन्त्री बने सुनको थाली पाईन्छ यहाँ ।
शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा
पञ्चाङ्ग १४
पाकेको आँप झैँ रसिलो बनूँ म
पत्थर सरिको कसिलो बनूँ म
नमिठो नबोलूँ पराईसँग नि
सधैँ नै खुसी र हँसिलो बनूँ म
सब काम गर्दा जसिलो बनूँ म ।
श्रीकृष्ण शर्मा
पञ्चाङ्ग १५
हिजो थिएँ आज छु भोलि रहन्न
मेरो हो भन्दाभन्दै चोली रहन्न
अहंकार किन ? बाँच्न दुई दिन
मरेपछि कसैको बोली रहन्न
घाट सम्म लैजाने डोली रहन्न ।
होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
पञ्चाङ्ग १६
विकासे नारा लगाएर के भो
आँशुको धारा बगाएर के भो
बालबालिकाको हालत देख्दा
देखियो पारा भगाएर के भो
उज्यालो सारा जगाएर के भो ।
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे
पञ्चाङ्ग १७
रोएको दिललाई टार्नु परेकोछ
दुःख र पीडासँग हार्नु परेकोछ
आजीवन यात्रा चल्छ निरन्तरले
एक्लै पाइलाहरू सार्नु परेकोछ
जीवनको तुजुक मार्नु परेकोछ ।
अच्युत घिमिरे, सरपाङ भुटान
पञ्चाङ्ग १८
तिमी हेर्दाहेर्दै अर्कैको हात समाएर गयौ
नचाहिने सम्पत्ति खातैखात कमाएर गयौ
दैखाउने र लुकाउने छुट्टाछ्ट्टै दाँत हुँदा
साउनको झरीमा पनि ऑत घमाएर गयौ
आफ्नै बनेर नलागेको बात थमाएर गयौ ।
घनश्याम पौडेल, पोखरा
पञ्चाङ्ग १९
धानको बाला जस्तै जरिलो बन्न पाए हुन्थ्यो
केराउको कोसा झै भरिलो बन्न पाए हुन्थ्यो
यो जिन्दगानी हासखेल गर्दा गर्दै हजुर
सदाको झै नरम करीलो बन्न पाए हुन्थ्यो
बढिएका क्षेत्रमा दरिलो बन्न पाए हुन्थ्यो ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग २०
अन्याय भएको कुरा मात्र भनेँ के गल्ती गरेँ
लान्छना पाएर धेरै पर गनेँ के गल्ती गरेँ
खै किन होला पछि लाग्यो अनि खोइरो खन्यो
सोचेर बिख काट्न म बिख बनेँ के गल्ती गरेँ
छाडेर पुरानो बाटो नयाँ खनेँ के गल्ती गरेँ ।
#पृथक प्रकृति, झापा