Tuesday 15th September 2026

स्पेन नयाँ च्याम्पियन, इंग्ल्यान्ड को १ – ० ले हार


सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा आज भएको फाइनल खेलमा  कप्तान ओल्गा कारमोनाले २९औँ मिनेटमा गरेको स्तरीय गोलले नै स्पेनलाई नयाँ च्याम्पियन बनाएको हो।

महिला विश्वकपमा स्पेन पाँचौँ च्याम्पियन राष्ट्र बनेको हो। यसअघि अमेरिकाले चार, जर्मनीले दुई तथा जापान र नर्वेले समान एक–एकपटक उपाधि जितेका छन्।

स्पेनको मिडफिल्ड र रक्षापंक्ति तोड्न नसक्दा आकर्षक र प्रतिस्पर्धी फुटबल खेलेर पनि इंग्ल्यान्ड उपाधि उचाल्नबाट वञ्चित रह्यो। १६औँ मिनेटमा लौरेन हेम्पको कडा प्रहार क्रसबारमा लानु नै इंग्ल्यान्डका लागि दुर्भाग्य साबित भयो।

खेलमा १–० ले पछि परेपछि पनि लगातार आक्रमणको प्रयास गरेको इंग्ल्यान्डले स्पेनको डिबक्समा खासै तनाव दिन सकेन। उता, ६९औँ मिनेटमा पेनाल्टीको अवसर पाए पनि स्पेन अग्रता दोब्बर पार्ने अवसरबाट चुक्यो।

इंग्ल्यान्डकी गोलरक्षक मारी अर्पसले स्पेनकी जेनिफर हर्माेसोकले दायाँतर्फ प्रहार गरेको पेनाल्टी किकलाई उत्कृष्ट ढंगले बचाउ गरिन्। त्यसअघि र त्यसपछि पनि स्पेनका केही सशक्त प्रहारमा मारीले उत्कृष्ट बचाउ गरिन्।


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको मुस्लिम बहुल Bangsamoro Autonomous Region in Muslim Mindanao (BARMM) मा पहिलो पटक संसदीय चुनाव भइरहेको छ। यस चुनावमा करिब…

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक फेरी पल्टिएपछि बेपत्ता भएका १२९ जनाको खोजी कार्य तीव्र पारिएको छ। खराब मौसमका कारण आइतबार Virgo…

१८ दिनदेखि रातदिन नभनी खोला किनारमा जोखिम मोलेर उद्धारमा खटिएका सागर ढकालले विदेशी सञ्चारमाध्यममा प्रकाशित आरोप तथा नकारात्मक भाष्यप्रति आपत्ति…

प्रतिकृयाहरू
...