Sunday 27th July 2025

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १६६ औं श्रृंखला बुढ्यौली विशेष कव्य गोष्ठीको रूपमा सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको १६६ औं श्रृंखला बुढ्यौली विशेष कव्य गोष्ठी यहि मिति २०८०।०४।२४ गते सम्पन्न भयो ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका सचिव सुधा बास्कोटा ढकालको सभापतित्व एवं वरिष्ठ कवि गंगा लिगलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हॅुदै लिगलले आफ्ना जीवन भोगाईका अनुभव सहित नारी सर्जकलाई उत्साह भर्ने जाँगर बोक्न अनुरोध गर्दै हिंशा र हत्या विरुद्धको सुन्दर कविता वाचन गर्नु भयो ।

चुडा निर्भिकको उद्धघोषण र ललिता खरेल दोषीबाट स्वागत गरिएको सो कार्यक्रममा आमन्त्रित अतिथि साहित्यकारहरु लक्ष्मी प्रसाद मिश्र सेलो लयमा बुढ्यौली सम्बन्धी खोरिया वाचन, ललिता खरेल कविता वाचन छोरा र छोरीमा विभेद र बुढेसकालमा छोरीको सहारा लिनुपरेको विषयमा कविता वाचन, तारा घिमिरे कोपिला,चन्द्रावती अधिकारी बुढ्यौली कविता,रेणु घिमिरे बुढ्यौली कविता यज्ञ सुवेदी बुढ्यौली सम्बन्धी तीनवटा उत्कृष्ट खोरिया वाचन, तीला लेकाली बुढ्यौली मुक्तक,सरला वाग्ले गद्य कविता,घनश्याम पौडेल बुढ्यौली कोपिला,उत्तम भेटुवाल छन्द कविता,बिनुबाबा घिमिरे कविता पन्चचामर छन्दमा, नीता गुरुङ्ग मुक्तक र सुन्दर चारु वाचन, सुधा बास्कोटा ढकालको इन्द्रवज्रा छन्दको बुढ्यौली सम्बन्धी कविता वाचन, चूडा निर्भीकले आफूले प्रवर्तन गरेको घुयँत्रो विधाको संरचना प्रष्ट्याउँदै व्यङ्ग्यपरक ५ वटा घुयँत्रो वाचन गर्नु भयो ।

अन्त्यमा सभापति सुधा बास्कोटा ढकालबाट समिक्षा सहित सम्पूर्ण उपस्थितिमा धन्यवाद सहित कार्यक्रम समापनको घोषणा गरिएको थियो ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट…

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

लन्डन: गाजा पट्टीमा बिरामीहरूको उपचार गर्न स्वयंसेवा गरिरहेका बेलायती स्वास्थ्यकर्मीहरूले इजरायली आक्रमण र सहायतामा प्रतिबन्धका कारण गम्भीर जलेको र छर्राको…

प्रतिकृयाहरू
...