Tuesday 31st March 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १६६ औं श्रृंखला बुढ्यौली विशेष कव्य गोष्ठीको रूपमा सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको १६६ औं श्रृंखला बुढ्यौली विशेष कव्य गोष्ठी यहि मिति २०८०।०४।२४ गते सम्पन्न भयो ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका सचिव सुधा बास्कोटा ढकालको सभापतित्व एवं वरिष्ठ कवि गंगा लिगलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हॅुदै लिगलले आफ्ना जीवन भोगाईका अनुभव सहित नारी सर्जकलाई उत्साह भर्ने जाँगर बोक्न अनुरोध गर्दै हिंशा र हत्या विरुद्धको सुन्दर कविता वाचन गर्नु भयो ।

चुडा निर्भिकको उद्धघोषण र ललिता खरेल दोषीबाट स्वागत गरिएको सो कार्यक्रममा आमन्त्रित अतिथि साहित्यकारहरु लक्ष्मी प्रसाद मिश्र सेलो लयमा बुढ्यौली सम्बन्धी खोरिया वाचन, ललिता खरेल कविता वाचन छोरा र छोरीमा विभेद र बुढेसकालमा छोरीको सहारा लिनुपरेको विषयमा कविता वाचन, तारा घिमिरे कोपिला,चन्द्रावती अधिकारी बुढ्यौली कविता,रेणु घिमिरे बुढ्यौली कविता यज्ञ सुवेदी बुढ्यौली सम्बन्धी तीनवटा उत्कृष्ट खोरिया वाचन, तीला लेकाली बुढ्यौली मुक्तक,सरला वाग्ले गद्य कविता,घनश्याम पौडेल बुढ्यौली कोपिला,उत्तम भेटुवाल छन्द कविता,बिनुबाबा घिमिरे कविता पन्चचामर छन्दमा, नीता गुरुङ्ग मुक्तक र सुन्दर चारु वाचन, सुधा बास्कोटा ढकालको इन्द्रवज्रा छन्दको बुढ्यौली सम्बन्धी कविता वाचन, चूडा निर्भीकले आफूले प्रवर्तन गरेको घुयँत्रो विधाको संरचना प्रष्ट्याउँदै व्यङ्ग्यपरक ५ वटा घुयँत्रो वाचन गर्नु भयो ।

अन्त्यमा सभापति सुधा बास्कोटा ढकालबाट समिक्षा सहित सम्पूर्ण उपस्थितिमा धन्यवाद सहित कार्यक्रम समापनको घोषणा गरिएको थियो ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...