Sunday 27th July 2025

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : अठासियौँ भाग (८८)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८०/०४/०१
…………………………………
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : चलेको, छलेको, जलेको, दलेको, फलेको, बलेको आदि मिल्दो ।
दोहोरिने अन्तिम शब्द :- आफूखुसी ।
अक्षर संख्या :- पाँचदेखि पच्चिससम्म ।
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
नोट: आज गुरुपूर्णिमा परेकाले सोही विषयवस्तुमा रहेर पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
पञ्चाङ्ग १
परिवर्तनको वहाव चलेको छ अचेल
कसले सक्छ उसले नै छलेको छ अचेल
अछुतो बस्न नसकिने रहेछ कतै पनि
एकको प्रगतिमा अर्को जलेको छ अचेल
शक्तिवानले निर्दोलाई दलेको छ अचेल ।
सविता के.सी., दक्षिणकाली-९, काठमाडौँ
पञ्चाङ्ग २
हुरी र बतास चलेको छ हेर
वेदनाको आगो बलेको छ हेर
आफ्नै मानिसले तानेपछि खुट्टा
अनुपम आस्था ढलेको छ हेर
आखिरी जीवन गलेको छ हेर ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग ३
अन्यायको बिरूद्धमा शङ्घर्ष चलेको हुन्छ
भ्रष्टाचारिहरूको हिम्मत नी गलेको हुन्छ
देश भरिका जनता एक ढिक्का नभर हो
जस्तै जस्तै भ्रष्टाचार देशमा फलेको हुन्छ
लेखि राखौँ देशको स्वाभिमान ढलेको हुन्छ ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
पञ्चाङ्ग ४
मान्छे थाकेर बिसाउदा पनि समय चाहिँ चलेको छ
कठोर परिस्थितिमा लुकेर समयलाई छलेको छ
यसरी समयलाई छल्न पाउँदा कति दङ्ग छ मान्छे
थाहा छैन आफ्नो अमुल्य समय चैं कसरी ढलेको छ
समयलाई चिन्न नसकेरै मान्छे चितामा जलेको छ ।
पशपती राई खोटाङ ।
पञ्चाङ्ग ५
चलन नयाॅ चलेको सुनियो
पुराना प्रथा ढलेको सुनियो
यसरी गुजारा नचल्नु पर्ने
भावीले आज छलेको सुनियो
समय त्यहै टलेको सुनियो ।
घनश्याम पौडेल, पोखरा
पञ्चाङ्ग ६
१.
अफवाहको चर्चा चलेको छ हजुर
बेकार कुरा फुलि फलेको छ हजुर
चिडाएर आनन्द लिनेे बानी कसैका
माया गर्छु भन्नेले छलेको छ हजुर
आगो हुनाले मन जलेको छ हजुर।
२.
नियतिले छल्न सम्म छलेको हुनाले
बिना संघर्ष कहर फलेको हुनाले
न वार न पार जस्तो भएको जीवन
सम्झिदा मन मस्तिष्क गलेको हुनाले
तनाव छ आँधीहुरि चलेको हुनाले ।
पृथक प्रकृति,झापा
पञ्चाङ्ग ७
विकासको नाममा छलेको देखियो
बन्दको बेला गाडी जलेको देखियो
आँखामा छारो हाल्ने परम्परै बन्यौ
हेर्दाहेर्दै भवन ढलेको देखियो
गरिबलाई अति दलेको देखियो ।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग ८
अनेकौँ समस्याले चलेको छ जीवन
भित्रभित्रै असाध्यै गलेको छ जीवन
बाहिर देखाउन पर्दछ छाती चिर्न
बिना आगो बेस्सरी जलेको छ जीवन
जिउँदो लाससरी ढलेको छ जीवन ।
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे
सम पञ्चाङ्ग ९
(१)
अस्ट्रेलिया जाने चलन चलेको छ अचेल
हुरुरु उमङ्गको आगो बलेको छ अचेल
हेर्दा हेर्दै गाउँ सहर रित्तिसके देशमा
उता दलालले सत्यता छलेको छ अचेल
भिसा नलाग्ने चैँ सुर्ताले जलेको छ अचेल।
(२)
शरीर बूडो भै गर्लम्म ढलेको छ अचेल
बा-आमाको मन खिन्न भै गलेको छ अचेल
विदेश‌ जाने ताँतीले कस्तो हालत बनायो
तरुण अर्कैको देशमा दलेको छ अचेल
बेरोजगारको बदला फलेको छ अचेल ।
अच्युत घिमिरे-भुटान
पञ्चाङ्ग १०
प्रकृतिले पनि छलेकोछ यहाँ
भित्र भित्रै आगो बलेकोछ यहाँ
बेमौसमी हुरी बतास आएर
कैयौं बोटहरु ढलेकोछ यहाँ
त्यसैले यो मन गलेकोछ यहाँ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग ११
चर्चाको भोको रहेछौ अचेल खुबै नाम चलेको छ
तर भित्रैदेखि सोच्दा तिम्रो त ज्यादै दिल जलेको छ
अर्कैको वैशाखीमा कति दिन चल्छ राग अनुराग
जसले जे भने पनि भित्रभित्रै नै आस्था गलेको छ
बाहिर मै हुँ भने पनि तिम्रो त विश्वास ढलेको छ ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग १२
नारीलाई बोक्सी आरोप लगाएर यो समाज चलेको छ
खिन्न हुन् लाग्यो मलाई त्यसैले मेरो मन सधैं जलेको छ
आफ्ना चेलीबेटीहरूलाई स्वर्गकि अप्सरा ठान्न सक्ने लौ
वियोग छन् कयौं नारी पापीहरूले दल्नु सम्म दलेको छ
कर्तव्य अबोध भयो त्यसैले मनभरी आगो बलेको छ ।
डिल्ली राज घिमिरे
भूमिकास्थान ९ अर्घाखाँची
पञ्चाङ्ग १३
जित्दै अभावका दौडमा रंग दलेको देखेकी छु
आएर होलान् कठिनाइ सँग छलेको देखेकी छु
माटाको अभावमा रोप्न नसक्ने ती खुसीका बीउ
कौसीमा उमार्दै उमंगमा पो फलेको देखेकी छु
कैयौंपटक प्रेम युद्धमा ऊ गलेको देखेकी छु ।
रेनुका मरासिनी
अर्घाखाँची हाल
बुटवल ११
रुपन्देही
पञ्चाङ्ग १४
सुन तस्करले सधै जनताको आँखा छलेको छ
तल देखि माथी सम्म नि यस्तै सेटिङ चलेको छ
मुलुकको प्रशासनको यस्तो हालत देखेपछि
स्वभाविक जनतामा बिद्रोहको ज्वाला बलेको छ
तिमीलाई थाहा छ सुन कुन रुखमा फलेको छ ?
भवानी पोखरेल (बाबू बिराज )
बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
पञ्चाङ्ग १५
मनभरी आगो बलेको छ
नभएको हल्ला चलेको छ
भन्दै हिडेछौ माया लाएको
डर लाग्छ खुट्टा गलेको छ
भाग्यलेनी किन छलेको छ ।
तारा घिमिरे सङ्खुवासभा
पञ्चाङ्ग १६
तिम्रा कुरा सुनेर पलायो मन
शिथिल शरीरले चलायो मन
भव्य र सभ्य कार्यभार सम्हाल्ने
दुस्प्रभावबाट त छलायो मन
बेहिसाब शुभ छ जलायो मन ?
जमुना आचार्य सिन्धुपाल्चोक


सम्बन्धित शीर्षकहरु

अर्ध-राज्य आधिकारिक समाचार साइट तस्निमले एक कथित प्रत्यक्षदर्शीको बयान जारी गर्‍यो जसले दाबी गर्‍यो कि "बन्दुकधारीहरू बीस वर्षका तीन जना…

तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट…

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

प्रतिकृयाहरू
...