Saturday 31st January 2026

उर्मिला पन्त पाण्डेयका केही षड्ऋतुहरू


केही षडऋतुहरु

सर्ब जन प्राणी
बोलौँ मिठो वाणी
दुई दिने चोला
कसो गर्ने होला
नाचेर रमाऔँ
हाँसेर विताऔँ

विहानको सित
पातमा तप्केको
सूर्यको किरण
फूलमा टल्केको
मग मगाउँदो
वासना गम्केको

जाडोको समय
चिसोको मौसम
कसरी जोगिने
दु:खि गरिवले
छैन गाँस बास
कस्को गर्नु आश

हेमन्तको चिसो
मधुरो छ घाम
सबै मिलीजुली
खाऔँ तातो माम
माम खाए पछि
गरौँ आफ्नो काम

छोटोछ जिन्दगी
फाल्नुछ गन्दगी
समाजमा हाम्रो
सुधार गर्नुछ
संझाई बुझाई
सबजनलाई

ताना तानी हैन
मन मानी हैन
सबको भावना
राख्दै सद्भावना
बढौँ मिलीजुली
लागौँ विकाशमा

थोपा थोपा पानी
जम्मा भए नानी
भरिन्छ गागर
बन्दछ सागर
एक जुट मिली
पारौँ झिलीमिली

देशकै माटोमा
बहाऔँ पसिना
पसिना रोपेमा
सून फल्छ यहाँ
नजाऔँ विदेश
बनाऔँ स्वदेश

सितको लहर
जाडोको कहर
कसरी बाँच्नु लौ
वतास सरर
तातो ठाउँ बस्ने
लाग्यो नि रहर

मंसिर पुषको
जाडोको दिनमा
घाम छेकीदिनिछ
कालो बादलले
थरथरी काम्छ
मुट नै चिसोले

जाडोको याममा
घाम पनि छैन
बादल लागेको
आकाश ढाकेको
पानी पर्ला जस्तो
जाडो छ बढेको

सितको लहर
जाडोको कहर
कसरी बाँच्नु लौ
वतास सरर
तातो ठाउँ बस्ने
लाग्यो नि रहर

मंसिर पुषको
जाडोको दिनमा
घाम छेकीदिनिछ
कालो बादलले
थरथरी काम्छ
मुट नै चिसोले

जाडोको याममा
घाम पनि छैन
बादल लागेको
आकाश ढाकेको
पानी पर्ला जस्तो
जाडो छ बढेको

साहित्य सिर्जना
साहित्य वाचन
साहित्य लेखन
साहित्य श्रवण
संसार भ्रमण
ज्ञान संरक्षण

उर्मिला पन्त पाण्डेय
ज्ञानेश्वर , काठमाण्डौँ


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...