Tuesday 3rd March 2026

कविता:लैनो गाई -नारायण कोइराला


म बिपी बन्न चाहन्छु
भन्ने उमेर ढल्की सक्यो
म बिपीको सिदान्त अगाल्छु भन्छु
झन बढी ठक्कर खान्छु
एउटा लैनो गाई खोज्छु
कतै भेटाउँदिन
लैनो गाई त
वडा,नगर,पालिकामा पसेछ
वडा,नगर लोकल गाई भएछ
जर्सी र दूधालु गाई खोज्न त
संघीय राजधानी र केन्द्रतिर जानुपर्ने भएछ
के म ती ठाउँमा जान सक्छु त ?
म सोच्छु बीपीलाई
उत्तर नै आउँदैन
आओस् कसरी
दाह्री कपाल सेतै फुलेको
प्रजातान्त्रिक लैनो गाई म
चाहेरपनि गरीब जनतालाई दुध बाँड्न सकिनँ
त्यसैले चुप बस्न ठीक मान्दछु म।

नारायण कोइराला


सम्बन्धित शीर्षकहरु

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

मध्यपूर्वमा बढ्दो क्षेत्रीय तनावका बीच शेख फहाद अल-युसुफ अल-सबाह ले कुवेतका सबै सुरक्षा र सैन्य निकायहरूलाई उच्च सतर्कतामा परिचालन गरिएको…

प्रतिकृयाहरू
...