Tuesday 31st March 2026

अथक र सिंह काठमाडौंमा सम्मानित


पाल्पाली साहित्यकार एवं दुई दर्जन कृतिका लेखक पुष्कर अथक रेग्मी र साहित्यकार राजेन्द्र गोपाल सिंहलाई गुञ्जन नारी साहित्यिक संस्था काठमाडौंले सम्मान गरेको छ ।

गुञ्जनको रजत महोत्सव वर्षको अवसरमा आयोजित कार्यक्रममा नेपाली साहित्यको बिकास, संरक्षण , सम्बर्द्धन र प्रवर्द्धनका लाग पाल्पाबाट विभिन्न अभियानहरू संचनलन गरी साहित्य सेवामा समर्पित रहदै आएका अथक र रेग्मीको जोडीलाई गुञ्जन साहित्य सम्मान २०७९ द्वारा सम्मानित गरिएको हो । समारोहमा गुञ्जनकी सदस्य डा . रजनी ढकालद्वारा सम्मानित व्यक्तित्वमाथि प्रकाश पारिएको थियोे । समारोहमा विभिन्न व्यक्तित्वहरूलाई प्रमुख अतिथि बरिष्ठ साहित्यकार प्रा डा अभि सुवेदी , बिशिस्ट अतिथि साहित्यकार रमा शर्मा र अध्यक्ष जलेश्वरी श्रेष्ठले सम्मानित एवं पुरस्कृत गर्नुभयो । कार्यक्रममा गुञ्जनद्वारा प्रकाशित रजत जयन्ती स्मारिका विमोचन गरिएको थियोे ।

रजत महोत्सव समारोहमा गुञ्जनले साहित्यकार गीता कार्की , भुवन ढुङाना, राधिका लिम्बू ,बिश्वमोहन श्रेष्ठ ,रेवती राज भण्डारी र लक्ष्मीराज भण्डारीलाई बिभिन्र पुरस्कारद्वारा सम्मानित गरेको छ ।

“श्रष्टादेखि श्रष्टासम्म सम्पर्कको निरन्तरता : सिर्जनामा जिवन्तता” भन्ने नाराका साथ बि स २०५४ सालमा स्थापित गुञ्जन नारी साहित्य संस्थाले नेपाली साहित्यको क्षेत्रमा साहित्यिक यात्रा , लेखन,वाचन तथा प्रकाशन, सम्मान तथा पुरस्कार समर्पण लगायतका साहित्यिक गतिविधिहरू संचालन गर्दै आएको छ ।

होटल हार्दिक बागबजार काठमाडौंमा आयोजित रजत महोत्सव समारोह गुञ्जनकी अध्यक्ष जलेश्वरी श्रेष्ठको अध्यक्षता , उपाध्यक्ष इल्या भट्टराईको स्वागत र सचिव सन्ध्या पहारीको संचालनमा सम्पन्न भएको थियो ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...