Tuesday 13th October 2026

त्रिभुवन विमानस्थलबाट भन्सार जाँच पास भइ बाहिर आएको ८० किलो सुन बरामद


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार साँझ राजस्व अनुसन्धान विभागले गरेको अपरेशनमा ८० किलोभन्दा माथिको सुन बरामद भएको छ। विशेष सूचनाका आधारमा विमानस्थलबाट पास भएर बाहिर ल्याइसकिएको सुन बरामद भएको राजस्व अनुसन्धान विभागले जानकारी दिएको छ।

अध्यागमन र प्रहरीबाट समेत सुन पास गरेर अघि बढिसकेको अवस्थामा विभागले सुन नियन्त्रणमा लिएको हो। राजश्व अनुसन्धान विभागले बुधबार विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा सिनामंगलबाट झण्डै ८० देखि १०० किलो सुन बरामद भएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए।

उनका अनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ। विमानस्थलबाट पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजाने क्रममा बरामद भएको थियो।

सुन हङकङबाट आएको जहाजमा आएको खुलेको छ।

अनुसन्धान विभागका एक अधिकारीका अनुसार स्कुटरको पार्टस घोषणा गरेर सुन ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्कुटर पार्टसमा सुन पनि जोडेर ल्याएको बुझिएको छ ।

सुन तस्करीको वास्तविक मालिकको खोजी भइरहेको प्रहरी स्रोतले बतायो । अहिले भन्सार एजेन्ट राजेन्द्रकुमार राई र ट्याक्सी चालकलाई पक्राउ गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...