Tuesday 29th July 2025

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : सतासियौँ भाग (८७)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८०/०३/२६
…………………………………
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : खाटो, घाटो, पाटो, साटो, फाटो, बाटो, भाटो, माटो, लाटो आदि मिल्दो ।
दोहोरिने अन्तिम शब्द :- आफूखुसी ।
अक्षर संख्या :- पाँचदेखि पच्चिससम्म ।
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
नोट: आज गुरुपूर्णिमा परेकाले सोही विषयवस्तुमा रहेर पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
पञ्चाङ्ग १
तिम्रो हाम्रो लक्ष्य उही बाटो फरक पर्यो
उस्तै हो कि घाउ भन्थेँ खाटो फरक पर्यो
चाप्लुसीले चिप्लै घस्छ, खरो बन्नुपर्छ म
पूर्व पश्चिम दुईटा पाटो फरक पर्यो
विश्वासमा घात लिँदा साटो फरक पर्यो ।

तिमीले हो बाटो लेराको
कसले हो फाटो लेराको
झुट मन पर्दैन भन्देँ
पुर्खाले हो माटो लेराको
मुर्खले हो भाटो लेराको ।
सविता के.सी., दक्षिणकाली-९, काठमाडौँ
पञ्चाङ्ग २
उकाली ओराली बाटो जिन्दगीको
घाउ लागेपछि खाटो जिन्दगीको
दु:ख र वेदना सहनै कठिन
नमेटिने भयो टाटो जिन्दगीको
आखिरीमा हुन्छ माटो जिन्दगीको ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग ३
आलो घाउको खाटो हो जीवन
जाने आउने बाटो हो जीवन
त्यसैले बाँचुन्जेल खुसी हौँ है
यहि असली पाटो हो जीवन
मरेपछि त माटो हो जीवन ।
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा-३काभ्रे
पञ्चाङ्ग ४
मुर्वा राङ्गो ल्यायो नागरिकताको साटो देशमा
हेर्दैन सरकार लथालिङ्गै छ बाटो देशमा
कस्को भर पर्ने हामी सोझा देशका नागरिक
खान थाल्यो दुश्मनले हाम्रो यही माटो देशमा
गासको खोजिमा युवा गए बेची पाटो देशमा ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
पञ्चाङ्ग ५
वर्षामा चिप्लो हुँदा लडाउन्छ माटो हेर
उप्काउन्छ टालिएको घाउको खाटो हेर
जीवनको यात्रामा पनि छन् बाधा अनेकौँ
हुँदैन सजिलो हरेकदिन बाटो हेर
सहारा लिनुपर्छ तर्न तब भाटो हेर ।
टीकाराम जोशी, टीकापुर।
पञ्चाङ्ग ६
दुई बिच फाटो पार्यौ किन
एक्लै हिड्ने बाटो पार्यौ किन
विश्वासघातीलाई के भन्नु
आपसमा खाटो पार्यौ किन
घर छेउ बाटो पार्यौ किन ?
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग ७
आँखाहरु गाड्छ हाम्रो देशको माटाेमा भारतले
अतिक्रमण गर्छन् सिमानाको पाटाेमा भारतले
नेपाल सरकार आफ्नो इन्द्रियहरु खिया पार्छन्
कहिलेकाहीँ चाहिँ लगाउछन् घाटोमा भारतले
तगारो हाल्छन् वारि पारी जाने बाटोमा भारतले ।

हामी हिँड्ने बाटो एउटै थियो
सधैं टेक्या माटो एउटै थियो
मात्रै हाम्रो गन्तव्य बेग्लाबेग्लै
अति दुख्या पाटो एउटै थियो
ती घाउको खाटो एउटै थियो ।

#पृथक प्रकृति झापा
पञ्चाङ्ग ८
भाइभाइ बीच अंशबण्ढा हुँदा फाटो हुने रैछ
बाबुआमा बोल्न नसकेर त्यहाँ लाटो हुने रैछ
सन्तान बराबर हुन लाग्दो होला बाआमालाई
जति झगडा गरेपनि सबैले खाने आँटो रैछ
झगडाको बिउ जसले जे पनेपनि माटो रैछ ।
नवराज भट्ट कञ्चनपुर
पन्चाङ्ग ९
जीवनमा खोज्नु उत्तम पाटो सही
असल गरी पक्री राख्नु बाटो सही
हात मिलाई अघि बढ्नु एकसाथ
चिनारी हाम्रो बन्छ यहि माटो सही
दु:खसुख बाडेर खानु आटो सही ।
अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा
पञ्चाङ्ग १०
अंशमा परेको एउटा बारीको पाटो थियो
असाध्य राम्रो पारिलो घाम लाग्ने माटो थियो
बाढी आई तहसनहस पारी दियो हरे
जीवन धान्न कमाई खाने राम्रो बाटो थियो
पुर्खाको नाम राख्ने सानो एउटा खाटो थियो ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग ११
सुख दुःख आईरहने पाटो जीवनको
ईश्वर नै तय गर्छन् यो साटोजीवनको
दुःख र सुख पार गर्दै अगाडि बढ्नुछ
उकालो र ओराली गर्दै बाटो जीवनको
अति महत्त्वपूर्ण कुरा माटो जीवनको ।
शोभा आचार्य गौतम काठमाडौँ
पञ्चाङ्ग १२

म पुरा गरि दिन्छु तिम्रो घाटो भन्नुहुन्थ्यो
नउक्काउनु है घाऊको खाटो भन्नुहुन्थ्यो
जे बोल्नुहुन्थ्यो त्यो पुऱ्याएको हुन्थ्यो बुवाले
आफैँ खन्छु सबै बारीको पाटो भन्नुहुन्थ्यो
मै दुःख गर्छु बरु तिम्रो साटो भन्नुहुन्थ्यो ॥

साथीभाईमा नगर्नु कहिल्यै फाटो भन्नुहुन्थ्यो
मौका परेमा तिनले त फेर्छन् साटो भन्नुहुन्थ्यो
हो बुवा होउञ्जेल कुनै गाह्रो थिएन मलाई
मेहनतले खोस्रिनु है आफ्नै माटो भन्नुहुन्थ्यो
आफैँले बनाउनु पर्छ आफ्नो बाटो भन्नुहुन्थ्यो ॥

भन्या नटेर्नेलाई हान्नु पर्छ भाटो भन्नुहुन्थ्यो
समाजको बिचमा नबन्नु है लाटो भन्नुहुन्थ्यो
पिताजी हामी बिच हुनुहुन्न सम्झना मात्र छ
संस्कार र संस्कृतिको नमेट्नु टाटो भन्नुहुन्थ्यो
जस्ले मह काढ्यो उसैले हात चाटो भन्नुहुन्थ्यो ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग १३
ए हजुर सक्नु हुन्छ बताउन यहाँ माटो कस्ले बनायो
समुन्द्री सतहको भित्र भित्रै भागमा बाटो कस्ले बनायो
छन् यहाँ मानवअधिकार सँग अनेकौं उठ्ने कुराहरू
नेतालाई सुख सयल त जनतालाई लाटो कस्ले बनायो
गरीब दु:खी वर्गहरू मारमा पर्ने पाटो कस्ले बनायो ।
डिल्ली राज घिमिरे भूमिकास्थान ९ अर्घाखाँची
पञ्चाङ्ग १४
कति कठिन लाग्न थाल्यो यो बाटो जिन्दगीको
आखिर एउटै भए पनि पाटो जिन्दगीको
चुनौतीका ढुङ्गैढुङ्गा देख्दा मन थामिएन
लौ न नि कतै छैन उर्वर माटो जिन्दगीको
हुँदैन रहेछ अरू केही साटो जिन्दगीको ।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग १५
यो देशको घाउभरि खाटो बन्छ कहिले
बिग्रिएको भत्किएको पाटो बन्छ कहिले
आजभन्दा भोलि झनै दुर्दशा छ देशको
तुईन चल्ने ठाउँभरि बाटो बन्छ कहिले
भरपेट गाँसबास आँटो बन्छ कहिले .।
चन्द्रावती अधिकारी
पञ्चाङ्ग १६
कतै भने मासुभात,कतै खाली आटो हुन्छ
कतै दरबार मिल्छ, कतै रित्तो पाटो हुन्छ
एकनास छैन नि है,दुनियाॅको बनोट यो
जसो गरी जिए पनि,जाने उही बाटो हुन्छ
मरेपछि आखिरीमा, शरीर यो माटो हुन्छ ।
घनश्याम पौडेल, पोखरा
पञ्चाङ्ग १७
एकनास कसैले दिन्न सुखको साटो दुनियाँमा
कोही कसैले सिधा देखाउँदैन बाटो दुनियाँमा
जस्तो पनि आँट्ने र ढाँट्ने देखिन थाले जताततै
आफ्नै स्वार्थ नलिने अब कुन छ लाटो दुनियाँमा
अस्थिरताले गाँजेपछि देखियो खाटो दुनियाँमा ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग १८
मृत्यु नै जन्मको साटो हो जीवनको
सुख दुःख टाटोपाटो हो जीवनको
जन्म पछिको मृत्यु निश्चित छ हेर
अभाव भन्ने उचाटो हो जीवनको
जिउनु एउटै बाटो हो जीवनको ।
अच्युत घिमिरे-भुटान
पञ्चाङ्ग १९
किन होला तिमी र म हिंड्ने बाटो फरक भयो
त्यसैले त होला काम गर्ने पाटो फरक भयो
लत्याएर गयौ सबै बाचा कसमहरू आज
छाडी गयौ बसोबास गर्ने माटो फरक भयो
कहिल्यै नमर्ने यो घाउको खाटो फरक भयो ।
उर्मिला के.सी. धनकुटा
पञ्चाङ्ग २०
गमलाको फूल मायाको साटो प्रेयसी
कान्ला माथिमुनी बारीकोपाटो प्रेयसी
घाम पानी सुख दुःख एउटै संझनु
तिमी फुल्ने फक्रिने झर्ने खाटो प्रेयसी
एउटै गन्तव्य हो हाम्रो माटो प्रेयसी ।
होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
पञ्चाङ्ग २१
इतिहासमा पुर्खाले खनेको बाटो हेर
कोदालोले पाखा भित्ता खनेको माटो हेर
तिमीले नि बारी बिराउ बाटो नबिराउ
सम्म मैदान भन्दा पखेराको पाटो हेर
त्यहीँ होला पुर्खाको रगतको टाटो हेर ।
-पशपती राई खोटाङ ।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघअन्तर्गत क्रियाशील विभिन्न बैदेशिक शाखाहरूले प्रतिनिधित्व र सहभागिताको सुनिश्चिततासहित चारबुँदे माग पेश गर्दै महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा…

वाशिंगटन: अमेरिकी अधिकारीहरूले विदेशी हस्तक्षेपको आशंकामा अर्बपति एलोन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल X मा फ्रान्सले गरेको आपराधिक अनुसन्धानको शुक्रबार…

निरेम प्रोडक्सनले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘निरेम सांगीतिक उत्सव’ को तेस्रो संस्करण यही आउँदो डिसेम्बर १२ मा हुने घोषणा गरेको…

प्रतिकृयाहरू
...